काठमाडौं- सर्वोच्च अदालतले नेपाल आयल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा नियुक्त भएका सहदेव बोगटीको नियुक्ति बदर गरेको छ।
न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रबार उनको नियुक्ति बदर गरेको हो।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको समयमा २०७७ माघ ११ गते बोगटी विज्ञ सदस्यका रुपमा नियुक्त भएका थिए। त्यसविरुद्ध उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले नेपाल आयल निगम बबरमहल काठमाडौं समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।