• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नियात्रा

नागार्जुन उक्लँदा सगरमाथाको सम्झना

भेषराज रिजाल शनिबार, भदौ २६, २०७८  १४:२३
1140x725

‘आधार शिविर, पहिलो क्याम्प, दोस्रो क्याम्प, तेस्रो क्याम्प, चौथो क्याम्प अनि समिट।’

सगरमाथा आरोहणसम्बन्धी जिज्ञासाको जवाफ दिँदै थिए, चौबीस वर्षे छिरिङ दोर्जे शेर्पा। पातलो गठिलो शरीर, सुनकेस्रे चुल्ठे कपाल, फ्रेमवाल सेतो चश्मा, चुस्स दाह्री र सेता मोहनी दाँतले जति सुन्दर देखिन्थे, त्यत्तिकै मिलनसार पनि थिए। कयौँपटक सगरमाथाको सफल आरोहण गरेका छिरिङका अनुभव सुन्न म उत्सुक थिएँ। त्यसैले त बालाजुको फूलबारी गेटबाट छिरेर नागार्जुन डाँडातिर उक्लँदा हरदम उनको नजिक पुग्न खोज्थेँ।

नागार्जुन उक्लन लालायित सबैलाई झुल्केघामको कलिलो स्पर्शले रक्तिम बनाइदिएको थियो। नदीको नागबेली, पवनको सुसेली र पसिनाले भिजेका परेली स्पर्शित थिए, सुनौला झुल्काले। जति तप्कन्थे तप्प तप्प पसिना, उति चम्कन्थे अनुहार। जति छोडिन्थे पैतालामुन्तिर एकएक पाइला, उति भुल्कन्थ्यो परेलामास्तिर नयाँ क्षितिज। मन उज्यालिएको थियो सगरमाथा उक्लँदाका अनेक भोगाइ सुनेर। मन चङ्गिएको थियो शिखर टेकेर सेरोफेरो नियाल्ने अभिलाषाले। शरीर रोमाञ्चित भएको थियो– जङ्गलका सिउर, डाँडाका थुम्का र थुम्कामाथि बादल देखेर। नीलो आकाशमा सफेद बादलका टुक्रा देख्दा लाग्छ, म तिनै बादलु रूमालमाथि चढेर नील गगनमा स्वच्छन्द कुदिरहेछु।       

भेषराज रिजाल

‘राती बाह्र एक बजेबाट सुरू हुन्छ आरोहण यात्रा अनि बिहान दश नबज्दै रोकिनु पर्छ शिविरमा,’ छिरिङको मुहारको चहकमा पनि बादल लागेझैँ भयो। 

सगरमाथा आरोहणका क्रममा कयौँपटक पहिरोबाट जोगिएको, हिउँमा पुरिँदा अरूले बचाएको आदि अनेक घटना सुन्न पाएँ, मैले। आरोहणसम्बन्धी सामग्री देखाउँदा लाक्पा शेर्पाले पनि केही यस्तै घटनाहरू सुनाएका थिए। उनले भनेथे– ‘हाइअल्टिच्यूडले गर्दा फोक्सो र मस्तिष्कमा पानी जम्न सक्छ। मकालु आरोहणका क्रममा झण्डै पागलजस्तै भएथेँ। अरूलाई देख्दा डर लागेर भाग्न खोजेथेँ।’

छिरिङका कुरा पनि उस्तै थिए– ‘शारीरिक समायोजन नहुञ्जेल चढ्न हुँदैन धेरै उचाइ।’ सगरमाथा आरोहण गरिसकेका गोरखाका अनुप, सङ्खुवासभाका पेम्बा र झापाका मदनले पनि थपेका थिए, आ–आफ्ना भोगाइ।    

हामी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रविभवनले आयोजना गरेको पर्वतारोहण सम्पर्क अधिकृतसम्बन्धी तालिममा सहभागी थियौँ। २०७० भदौ अन्तिम साताको कार्यक्रम थियो। त्यही मेसोमा एकदिन नागार्जुन उक्लन निस्कियौँ, हामी। पच्चीस जनाको टोलीको नेतृत्व गरिरहेका थिए, छिरिङले। टोलीमा थिए दिपक थापा, लक्ष्मी उपाध्याय, भूपेन्द्र थापा, प्रेम देवकोटा आदि केही चिनेका र धेरै अपरिचित साथीहरू। सगरमाथा आरोहण गरिसकेका प्रकाश दाहाल र बिना मगर पनि हाम्रै टोलीमा थिए। 

चराचुरूङ्गीका कलरब र वन्यजीवका पदचिन्ह खोजिरहेथेँ, बँदेलले भर्खरै खोस्रेर छोडेका ताजा पाइला देखिए। घस्रिरहेका गोब्रेकीरा र विरह उरालिरहेका झ्याउँकिरी देखिए। वनमा नभेटिने केही हुँदैन। मान्छेको जीवन पनि त वनबाटै गाउँबस्ती पसेको हो। 

Ncell 2
Ncell 2

वन्यजीवनमा रमाइरहेका जीवजन्तु देखेर शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुगेको आभास भइरहेथ्यो।        

सगरमाथाको आधार शिविरमा ओत लाग्ने ठाउँ बनाउँदाका अनुभव सुनाउँदै थिए छिरिङ दोर्जे। मैले भने अनेक बिम्व कल्पेर सोच्दै थिएँ– साँच्चै कस्तो होला सगरमाथा? सेता बादलका थुप्रोजस्तो! श्वेत कुमुदिनीको विस्तराजस्तो! कपासको सिरक ओढेर निदाएकी युवतीजस्तो! मनले उप्काउँदै थियो सगरमाथाको कौमार्य सुन्दरता। मभित्र उफ्रिरहेको थियो, हिउँ दुनियाँकी नवयौवनासँग जिस्किरहेको कामोन्माद तन्नेरी। त्यसैका भरमा उक्लिरहेको थिएँ, जिन्दगीको सगरमाथा।      

शिखर चढ्नु सन्तुष्टिको उचाइ चुम्नु जत्तिकै खुसीको कुरा थियो मेरा लागि। शिखरको पल्लोपट्टिको थुम्को र सेरोफेरो कस्तो होला? म यही रोमाञ्चक कल्पनामा भुलिरहन्छु सदा। 

एकाएक देखियो छेवैको पहरोमा भुसुना र प्युसाको झुण्ड। मन अड्याउन पनि नसकिने भीरमा कसरी झुण्डिएका होलान् ती भुसुना र प्युसाहरू? धन्य पहराको त्यो विशाल छाती जसले लाखौँ भुसुना र प्युसा धुरिएर टोक्दा पनि सहिरहेछ, नेपाल आमाले झैँ। आफ्नै आमालाई टोक्न धुरिनेप्रति आक्रोशित हुन्छु म। सुन्दरता नियाल्न खोजिरहेथेँ, आमाको घाइते र असहाय रोदनले चिरिएँ, छट्पटिएँ।

सामुन्ने उभिएको अजङ्गको उकालो उक्लिरहेँ। मनले चुचुरो टेकेको त उहिल्यै हो। तर, म घिस्रिरहेछु उभिन नसकेको पैताला मुन्तिरै। नहिँडे बूढो हुन्छ रे घोडा। म पनि उकालो ओरालो हिँड्न छोडेर भएको हुनुपर्छ थकित, शिथिल।  

गाह्रो हुँदो रहेछ कमजोर उत्साहसँग उक्लन। उत्साह गले कसरी देख्नु आरोहणको विजयी सपना। उत्साहको मलामी बन्दा न विपना निश्चिन्त हुन्छ, न त सुन्दर सपना नै। उदासीका हप्काले लपक्कै भिजाए मलाई। म टोलाइरहेँ मलिन घाम र कुहिरोमुन्तिरको घुर्मैलो छायाँमा उदास–उदास। मन घोरियो निकैबेर– कहिलेसम्म बस्नुपर्ने होला हिमतालझैँ फुट्न लागेको उदासीको भक्कानो थामेर? डर मिसियो मोदीमा कालीझैँ– भक्कानो थाम्न खोज्दा मुटु नै फुट्न के बेर! विनाडाक्टर थाहा पाएँ– घाइते भएको रहेछ मेरो मुटु त!

पहिले जीवन थियो, तर चाहनाहरू थिएनन्। निश्कलङ्कित रूपरङ थियो, तर भावनाहरू थिएनन्। अहिले चाहना र भावनाहरू छन्, तर जीवन छुटिसक्यो। आफ्नोभन्दा बढ्ता अरूका लागि घिस्रिरहेको मुढो शरीर मात्र छ आफूसँग। 

पहिले जीवन थियो, तर चाहनाहरू थिएनन्। निश्कलङ्कित रूपरङ थियो, तर भावनाहरू थिएनन्। अहिले चाहना र भावनाहरू छन्, तर जीवन छुटिसक्यो। आफ्नोभन्दा बढ्ता अरूका लागि घिस्रिरहेको मुढो शरीर मात्र छ आफूसँग। घाँसेभञ्ज्याङमा सुस्ताउँदै नागार्जुनको चुचुरोतिर हेरेथेँ मैले। त्यहाँ पनि डुलिरहेथे मेरैझैँ उदासी सुस्केराहरू।       

कलङ्कीबाट माइक्रोबस चढेर बिहानै पुगिएथ्यो, विशालनगर चोकस्थित पर्वतीय प्रशिक्षण प्रतिष्ठान। विशालनगर चोकबाट बालाजु फूलबारीचोकसम्म हामीलाई टुरिष्ट बसले ल्याएथ्यो। 

ढिलोको भयले लखेटिएर एकाबिहान बाफलदेखि दौडेरै पुगेथेँ कलङ्कीचोकसम्म। त्यसैले दुखेका होलान् गोडा। सकी–नसकी दौडँदा बल्झिएछ पीडा। थेग्न नसक्ने पीडा सङ्ग्रह हुँदो रहेछ, नशानशामा। चस्किरहेछ अहिले मुटु हल्लिने गरी, मन पोल्ने गरी, गोडा लड्खडाउने गरी। बल्किरहेछ कतै मथिङ्गल रिङाउने गरी, आँखा धमिलिने गरी...। उमेरले छोडेर जाँदा कस्तो होला अझ? कसैले भनेको सम्झन्छु, नपरी थाहा हुँदैन, नमरी स्वर्ग गइँदैन।      

पर्वतारोहणसम्बन्धी प्रशिक्षणका क्रममा पहाड आरोहण गर्न आवश्यक थुप्रै सामान प्रदर्शन गरेथे, लाक्पा शेर्पाले। मैले भने सामान्य चढाइ सम्झेर ल्याइनँ खासै केही। टिसर्ट भिजेर आपत भइरहेछ अहिले। फेर्ने एकजोर लुगा त छन् झोलामा, तर फेरि भिज्दा के गर्ने! बरु पहाड उक्लेर फेर्नुपर्ला भिजेका लुगा। 

कनीकनी हिँड्दाको दुःख लुकाउन मुस्काउन खोज्दा मुहारमा कुरूप चाउरी परे होलान्। ती चाउरीले आकर्षण गर्ने त कुरै थिएन, प्रतिक्रियासमेत पाएन साथीको। खुम्चिएका चिम्सा आँखा र ङिच्च परेका दाँत लुकाउने प्रयासमा आत्मग्लानीले गलिरहेको छु, म। 

मसिना निगालीका झ्याङ छिचल्दै उक्लिरहेको सिँढीदार बाटोले पुर्‍यायो थुम्कामा। नागार्जुन जामाचो गुम्बा रहेको थुम्काबाट देखियो वरपरको उज्यालो दृश्य। खुला आकास, हाँसेको हिमाल र तुवाँलोले नपुरिएका डाँडापाखा हेर्न नपाएको धेरै भएको रहेछ। उचाइ उक्लँदाको दुःख आफूले लिएर हलुङ्गो बनाइदिए तिनले मलाई। 

पारिपट्टि देखिए– इन्द्रदहको थुम्को, चन्द्रागिरि, बूढानीलकण्ठ डाँडा, ककनी, फूलचोकी, नगरकोट...। अनि तल समथरमा देखियो– लाखौँको दुःखदर्द सहन नसकेर बङ्लङ्ग उत्तानोटाङ लडेको काठमाडौं उपत्यका। 

जुगल र लामटाङ हिमश्रृङ्खलाका शीतल स्पर्शले छोइरहेको थियो। दैनन्दिन खस्रो सडकसँग खिइएका पयरलाई प्रकृतिको मुलायम गलैँचा मिलेथ्यो। उन्मुक्त मनको द्वारमा हर्षका तुल व्यानर टाँगिएका थिए। म गद्गद भएथेँ– प्रकृतिसँग खुला सम्वाद गर्न पाउँदा।   

म अनन्त आकास हेरर निश्वास लिन्छु। पहाडका माला उनेर आकासको गलामा झुण्ड्याइदिन्छु। हिमालका चुली जोडेर धर्तीका घाँटीमा उनिदिन्छु। प्रकृतिका छटासँग अनन्तमै हराउँछु। प्रकृतिमा कहाँ छ र पूर्णविराम? सर्वत्र छ अनन्त! अनन्त... महाअनन्त! सुन्दर, शान्त, मनोहर!

यताबाट निकाल्ने सडक। त्यताबाट उकाल्ने केबुलकार। यता बनाउने होटल रिसोर्ट। त्यतापट्टि थोत्रो टावरलाई विस्थापित गरी ठड्याउने नयाँ भ्यूटावर। यता डुल्नेछन्, चितुवाका बथान। उता दगुर्नेछन्, मृग जत्था। पल्तिरका रूखमा देखिनेछन् गिद्धका बथान...। व्यवस्थित नियम अनुसरण गर्दै टहलिने छन्, पर्यटकहरू। प्रकृतिसँग सम्वाद गर्दै मैले बनाएथेँ समृद्धिको खाका। शारदीय आँगनमा पाकेको आरुबखडा जस्तो लागेथ्यो प्रकृतिको खुलस्त र हँसिलो मुहार त्यति बेला।  

भर्खर बनाएको खाका पूरा हुन नपाउँदै उल्टै घोच्न थाल्यो त्यसले मलाई। जनतालाई ढाँट्न खप्पिस भएकाहरू साखुल्ले हुँदै टुपुल्किए। प्रविधि र विकासको फेर समात्दै समृद्धिको बाटो डोरिनुपर्नेमा भ्रष्टाचारको खेतीतिर निमग्न भयो वर्तमान। कसले भन्ला– यसरी बन्दैन मुलुक!

यथार्थ खोज्न भौतारिई रहेको बबुरो भ्रमको शरणमा पुगेको देख्दा मर्माहत हुन्छु। नदौडी पनि भएको छैन। नाटक मञ्चित छन् दैनन्दिन, हेरिरहेछु मूकदर्शकझैँ। सुधार गर्नुपर्ने घटनाहरू धेरै छन्। उद्दार गर्नुपर्ने दुर्घटनाहरू पनि धेरै छन्। कसरी गर्ने सुधार र उद्दार? म किंकर्तव्यविमुढ भएको छु जीवनका कहालीलाग्ने घुमाउरा मोडहरूमा।  

मुलुकको अधोगति चाहनेहरूप्रति आक्रोशित थियो युवाहृदय। मनका आक्रोश र उद्धेलित भावसँग बहकिइरहेका थिए, चेतनाका तरङ्ग। समयको गति विपरीत दौडनेहरूका पराकाष्टा एकदिन कतै ठोक्किएर रक्ताम्मे ढल्नेछन्। अधमरो कुरीति रित्तो आकासतिर उभिण्डो पल्टिने छ।  

म कल्पनाका डोबमा टेकेर उक्लँदै थिएँ सगरमाथा। एउटा आत्मीय भावनामा कसिए आरोहीहरू। तिनीहरूका गठिला शरीर र फरासिला व्यवहारले मोहित भएँछु। अरूले मिल्काएका फोहोर पनि बटुलबाटुल पारेर फोहोर फाल्ने ढ्वाङमा ल्याइपुर्‍याउँथे तिनीहरू। सहयात्रीका जिज्ञासा ध्यानपूर्वक सुनेर आरोहणसम्बन्धी थुप्रै अनुभूति सुनाउँथे। हिमसंसारमा पुग्दाका नितान्त निजी भोगाइहरू पनि सुनाउँथे, आनन्दमा निस्कने लयबद्ध उच्छ्वास जसरी। रोमाञ्चक सपनासरि लागेथे तिनका उच्छ्वास मलाई।   

‘हाइ लागेर सिकिस्त भई मर्ने बेलामा पनि सहयोगप्रति आभारी त्यो बूढो कुइरे..., जति आग्रह गरे पनि अनुशासन नमान्ने त्यो फुच्चे कोरियन केटी...!’ 

तिनीहरूले सुनाएका रोमाञ्चक आरोहण कथाले सधैँ कुत्कुत्याउने भयो मलाई। ‘हिमाल त हेर्नलाई मात्र हो’ भन्ने मभित्र पनि थाहै नपाई कतिबेला सगरमाथा पुग्ने अभिलाषा पलाएछ। 

सगरमाथा आरोहणप्रतिको मोह पालेर आएकै बाटो ओर्लेथेँ म।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेप्से परिसूचक १९ अङ्कले घट्यो
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, माघ १८, २०८२
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्