काठमाडौं– सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफसमेत माग गर्ने आदेश गरेको हो । न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।
यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले उनीहरुलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई पनि भनेको छ ।
ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । शनिबार प्रहरीले २३ र २४ भदौको घटनामा छानबिनका लागि ओली र लेखललाई पक्राउ गरेको थियो । त्यसविरुद्ध परिवारले सर्वोच्चमा गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निवेदन दिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।