काठमाडाै– काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउपछि उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको हो।
जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ रहेका रिजालमाथि भदौ २३ र २४ गते भएको आन्दोलनमा दमन गरेको आरोप लागेको छ। सोही घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई कारबाही सिफारिस गरेको थियो।
आज बिहान अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।