काठमाडौँ — नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउन रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाह र सभापति रवि लामिछाने छलफलमा जुट्ने तयारी गरेका छन् ।
शाह निकटका अनुसार उनीहरुबीच काठमाडौंको एक होटलमा बिहीबार राति छलफल गरिएका नामहरुलाई अन्तिम रुप दिन छलफल हुन लागेको हो ।
आज १२ : ३४ मा शितल निवासमा शपथ कार्यक्रम राखिएकाले त्यसअघि नै १८ देखि १५ जना मन्त्रीहरुको नाम टुंग्याएर उनीहरुलाई शपथको तयारी गर्न जानकारी दिने उनीहरुको तयारी छ।
बिहीबार राति अबेरसम्म छलफल गरेपनि केही नाममा भने थप छलफल आवश्यक भएपछि आज बिहान टुंग्याउने समझदारी भएको थियो ।
मन्त्रीका लागि हालसम्म स्वर्णिम वाग्ले,शिशिर खनाल,सोभिता गौतम,इन्दिरा रानामगर,सस्मित पोखरेल,सुनिल लम्साल लगायतको नाम निश्चित भएको छ।
महिला, जनजाति,भुगोल र अन्य वर्गपनि मिलाउनुपर्ने भएकाले त्यसमा छलफल भइरहेको रास्वपाका नेताहरुको दाबी छ ।
रास्वपाका एक नेताका अनुसार १० बजेसम्म मन्त्रीहरुको नाम फाइनल हुने छ र ११ बजे राष्ट्रपति कार्यालय जाने कार्यक्रम रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।