काठमाडौं–प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् ।
उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएका हुन् ।
बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए । ललितपुर स्थायी घर भएका बजगाईं पत्रकारितामा सक्रिय थिए ।
बाह्रखरी, नेपाल लाइभ लगायतका मिडियामा काम गरेका उनी बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा उनको सचिवालयमा रहेर प्रेस संयोजकको रूपमा कार्यरत थिए। राजनीतिक रूपमा विवेकशील अभियानमा जोडिएका उनी बालेनको झापा ५ को प्रचारमा सक्रिय थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।