• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

पौभाकलामा पाँच पुस्ता : जसलाई तिब्बती सरकार प्रमुखले रङ उपहार दिए 

64x64
ज्ञानेन्द्र विवश शनिबार, भदौ २६, २०७८  १२:०९
1140x725
आनन्दमुनि (बायाँ) र सिद्धिमुनि शाक्य

नेपाली पौभाकलाको विकास र विस्तारमा अग्रणी पाँच पुस्ता कलाकारको योगदान अतुलनीय छ। ती पाँच पुस्ता हुन्– राजमुनि शाक्य, आनन्दमुनि शाक्य, सिद्धिमुनि शाक्य, सुरेन्द्रमान शाक्य र प्रिया शाक्य। अफसोस, यी पाँच पुस्ताका कलाकारमध्ये राजमुनिका चित्रहरू भने देख्न पाइँदैन।

राजमूनिका छोरा आनन्दमुनि शाक्य नेपाली पौभाकलाका प्रख्यात सर्जक मानिन्छन्। उनी चामलका दानामा समेत देवीदेवताका चित्रहरू बनाउँथे रे। ती चित्र हाम्रा सामान्य आँखाले हेर्दा देख्न मुस्किल पथ्र्यो रे। त्यसका लागि ‘आइग्लास’ ले हेर्नुपर्थ्यो रे, जहाँ उनका मिहिन शिल्पकला र कलाकारी दक्षताको अनुपम नमूना दृष्टिगोचर हुन्थ्यो।

आनन्दमुनि आफ्नो समयका अद्वितीय चित्रकारका रूपमा चिनिन्थे। उनी चित्र, सङ्गीत र भ्रमणमा धेरै रूचि राख्थे। सानैदेखि जिज्ञासु स्वभावका थिए। बौद्धधर्म ग्रन्थहरूको अध्ययनमा पनि उनको रूचि थियो। त्यसैले उनले बनाएका कैयौँ परम्परागत चित्रकलामा बौद्ध धर्मको प्रयोग र प्रभाव पाइन्छ।

ज्ञानेन्द्र विवश

उनको जन्म १९५९ सालमा इटुम्बहाल, काठमाडौँमा भएको थियो। निधन २००१ सालमै भएको थियो। ४२ वर्षको छोटो उमेरमा पनि उनले कलाक्षेत्रमा गरेको काम अत्यन्त प्रशंसनीय छ। उनले धेरै माध्यम, शैली र विधामा सिर्जनात्मक काम गरेका छन्।

कलाकार आनन्दमुनिको कलायात्रा तत्कालीन छिमेकी देश तिब्बतको राजधानी ल्हासाबाट प्रारम्भ भएको थियो। १८ वर्षको उमेरमा उनी त्यहाँ पुगेर चित्रहरू सिर्जना गरेका थिए। उनले तिब्बत सरकारका प्रमुखको व्यक्तिचित्र यति सरल र सुन्दर किसिमबाट बनाएका थिए कि त्यसै चित्रकलाबाट उनी तिब्बतमा चिनिए। यसरी उनको कामबाट प्रभावित भएर ती सरकार प्रमुखले उनलाई केही बहुमूल्य खनिज उपहार दिएका थिए। त्यसैगरी उनले त्यहाँ अरू पनि केही यस्तै प्रशंसनीय चित्र बनाएका थिए।

ती खनिज पदार्थ वास्तवमा परम्परागत चित्रकलाका लागि चाहिने स्थानीय प्राकृतिक रङ थिए। चित्र बनाउने महत्वपूर्ण औजारका रूपमा लिइने त्यस प्रकारको प्राकृतिक रङको सौगात पाएपछि आनन्दमुनि आनन्दले लट्ठै पर्नु स्वाभाविक थियो। उनले पनि त्यसको रामै्र सदुपयोग गरेका थिए। 

आनन्दमुनि शाक्यले बनाएको पौभाकला।

आनन्दमुनिका सन्ततीहरुको भनाइमा उनी ल्हासामा लगभग एक वर्ष बसेका थिए। त्यसपछि बिहे गर्नका लागि नेपाल फर्किए। बिहेपछि उनी परम्परागत कलासिर्जनामै तल्लीन भए। धेरै कलाको सिर्जना उनले कोहिटीस्थित कुल साहुको घरमा बसेर गरेको कलासमीक्षक नारायणबहादुर सिंहले लेखेका छन्। यो भनाइलाई आधार मान्दा त्यति बेला उनले तिब्बतीयन शैलीका प्रशस्त पौभाचित्र बनाएका थिए। 

उनका कामबाट त्यो बेलाका जनरल रामराजा प्रभावित भएका थिए। उनले आनन्दमुनिलाई सोही किसिमका चित्रहरू बनाउन भारतको इलाहाबाद लगेका थिए। इलाहाबादमा आनन्दमुनि करिब पाँच महिना जति बसेर फर्किएका थिए। त्यहाँ रहँदा पनि उनले विभिन्न देवीदेवताका कलाकृति रचना गरेका थिए। परम्परागत शैलीका काममै उनले तत्कालीन समयमा राम्रो दक्षता प्रस्तुत गरेका थिए। 

Ncell 2
Ncell 2

उनको कलाकारिता त्यो समयको अवस्थालाई हेर्दा विश्वासै गर्न नसकिने किसिमको हुन्थ्यो। उनले कोसँग, कहाँ र कहिले चित्रकला सिके भन्ने प्रश्न पनि एकातिर छ। त्यस समयका ख्यातिप्राप्त चित्रकार पूर्णमानसँग उनको राम्रो चिनाजान थियो। उनी ल्हासा जानु अघिसम्म पूर्णमानको घर जाने–आउने गर्थे। 

सम्भवतः पूर्णमानसँग उनले चित्रकलाको केही न केही आधारभूत ज्ञान हासिल गरेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ। किनभने, उनको काम देखेर पूर्णमानले भनेका थिए– ‘मेरो शेषपछि नेपालमा चित्रकलाको परम्परागत जग बलियो बनाउने आनन्दमुनि हुने छन्।’ नभन्दै त्यही भयो। पूर्णमानको भविष्यवाणीलाई उनले वर्तमानमै देखाएका थिए। आफ्नो समयमा उनले साँच्चै प्रतिनिधिमूलक कलाकृति बनाएका थिए। उनले बनाएका केही महत्वपूर्ण कलामा पद्मपाणि, लोकेश्वर, भगवान बुद्ध लुम्बिनीमा भिक्षाटन, बुद्धको प्रभावमण्डल आदि छन्। 

भनाइअनुसार ज्यावहालको भजनमण्डलीमा भजन गर्दै उनी कैयौँ समय लीन हुन्थे। हुनसक्छ यही सङ्गीतकै प्रभावले पनि उनले असनका थिएटर र गुरू डम्बरमानका लागि नाटकका दृश्यहरु लेख्ने कामसमेत गरे। उनले बुद्धजीवनका विविध पक्षहरूलाई आफ्ना चित्रमा प्रवेश गराउनुको एउटा रहस्य थियो। उनका मितज्यू आनन्दमुनि बज्राचार्य बौद्ध धर्मका प्रसिद्ध विद्वान थिए। आनन्दमुनि उनीसँग बुद्ध धर्मका पक्षमा जानकारी लिने र चित्रमा तिनको उपयोग गर्ने गर्थे।

त्यस समयमा आनन्दमुनिले बनाएको लोकेश्वरको चित्र विशिष्ट प्रकारको थियो। चित्रमा उनले निकै परिश्रम गरी कलात्मक परिचय दिएका थिए। यसले गर्दा उनको पौभाचित्रमा कलात्मक सुन्दरताका साथै शास्त्रीय मान्यता र धार्मिक सन्दर्भका तथ्य विवरण समेटिएको पाउन सकिन्छ। उनले आफ्नो समयमा केही चेलासमेत तयार पारेका थिए। जस्तै, प्रियबहादुर रञ्जित, चैतन्यमुनि बज्राचार्य, देवरत्न शाक्य, अष्टवर सिंह आदि। उनका छोरा सिद्धिमुनि शाक्य, जसले परम्परागत पौभाकलाको पृष्ठभूमिमा ठूलो योगदान दिएको यहाँ स्मरणीय हुन्छ।

सिद्धिमुनिले बाबुको धर्मलाई अझ राम्ररी विस्तार गरे। उनको जन्म ५ साउन १९८९ मा भएको हो। उनको २० जेठ २०५८ मा निधन भएपछि यो क्षेत्रले एकजना कुशल कलाशिल्पीलाई गुमायो। 

सिद्धिमुनि शाक्यले बनाएको पौभाकला।

कलाकार सिद्धिमुनिले गुरू पारसमणि रञ्जितकारबाट ललितकलाको प्रशिक्षण लिएका थिए। यसबाहेक आफ्नै अध्ययन र अभ्यासद्वारा पिताको अभावलाई उनले केही हदसम्म पूरा गरेका थिए। आफ्नो क्षेत्रका उनी प्रतिनिधि हस्तीकै रूपमा थिए।

सिद्धिमुनि पनि पिता जस्तै प्रतिभाशाली कलाकार थिए। एउटा काममा लागेपछि त्यसलाई पूरा नगरी उनी घरबाट बाहिरसम्म निस्किन्न थिए। १० वर्ष लगाएर ‘चिन्तामणि लोकेश्वर’ को पौभाचित्र बनाउँदा उनी एकप्रकारले त्यसैमा लीन भएका थिए। त्यस चित्रमा उनकै छोरा समुद्रमान शाक्यले पनि संयुक्त रूपमा काम गरेका थिए। 

यो चित्र १०८ लोकेश्वरमध्येको एक अवतार करूणामयको हो। यसको अर्थ हुन्छ– सबैको भलो गर्ने। निकै गहिरो साधना र सिर्जनामै डुब्नुपर्ने हुँदा यस्ता कला निर्माणमा तान्त्रिक शक्ति वा तपस्याकै जरूरत पर्छ। सामान्य वा धैर्य गर्न नसक्ने मान्छेले यसक्षेत्रमा लागेर स्थायित्व पाउन सक्दैन। पौभाको काममा धैर्य गर्न नसक्ने अथवा कलामा समर्पणको भाव नहुने मानिसले यस विधामा सफलता पाउन सक्दैन।

सिद्धिमुनि शाक्यले सबैभन्दा बढी लोकेश्वरको चित्रहरू धेरै सङ्ख्यामा बनाए। उनी आफ्ना अधिकांश चित्रमा खनिज रङ प्रयोग गर्थे। उनले बनाएका केही महत्वपूर्ण पौभाचित्र तथा अन्य चित्रहरू यसप्रकार छन्– बज्रधरशक्ति (वि.सं. २०१०), भगवान बुद्धले पाँचसय भिक्षुहरूसँग धर्मदेशना गरेको (वि.सं. २०१५–२०१६), चिन्तामणि लोकेश्वर, चक्रसम्भर (वि.सं. २०२६–२०२८), बज्रबाराही मण्डल, बज्रदेवी, खड्गयोगिनी (वि.सं. २०३६), बसुन्धरादेवी (वि.सं. २०३७), मैत्रेय बोधिसत्व, सरस्वती, कर्तिक भैरव, करूणामय, षडक्षरी लोकेश्वर, महिषासुर मर्दिनी, बज्रसत्व, अपरिमिता, नौरङ्गी (वि.सं. २०४१), अमिताभ बुद्ध (वि.सं. २०४५), नौरङ्गी (नवगृह, वि.सं. २०४८–४९), आर्यावलोकितेश्वर (वि.सं. २०४९) आदि। 

यसैगरी उनले रचना गरेका रेखाचित्रहरूमा सहस्रभुज लोकेश्वर, हलाहल लोकेश्वर, हरिबहान लोकेश्वर, मिलोरेपा, तिलोपा, कुकुरीपा, वीरूपा, नागर्जुनपा, मछिपा, नारापा, आर्यतारा, गुरू कानकपा, निकुरीपा आदि छन्। कलाकार सिद्धिमुनि शाक्यले सिर्जना गरेका चित्रकलाहरूको शिल्प–दक्षताबारे उपत्यकाका विभिन्न स्थानमा स्थापित कृतिहरूबाट पर्याप्त विवरण पाउन सकिन्छ। काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथ मन्दिरमा १०८ लोकेश्वरको चित्र उनैले बनाएका हुन्। सो मन्दिरको आँगःघरको भित्तामा रहेका ठूला–ठूला चित्र पनि उनकै सिर्जना हुन्। दक्षिणकालीस्थित फर्पिङको बज्रयोगिनी र विजेश्वरीको मूर्तिमा परम्परागत किसिमले शृङ्गार गर्ने कार्यसमेत उनीबाटै हुने गर्थ्यो।

सिद्धिमुनिले क्रमशः २०२४, २०२५ र २०२६ सालमा भएका तृतीय, चतुर्थ र पाँचौँ राष्ट्रिय कलाप्रदर्शनीहरूमा परम्परागत विधातर्फ प्रथम पुरस्कार पाएका थिए। २०२५ सालमा एकै वर्ष तीनवटा महत्वपूर्ण पुरस्कार उनलाई प्राप्त भएको थियो। तीन वर्षसम्म प्रथम पुरस्कार पाउने कलाकारलाई प्रदान गरिने विशिष्ट किसिमको ‘वीरेन्द्र राष्ट्रिय कला स्वर्णपदक’ उनलाई सो वर्ष प्रदान गरिएको थियो। सो वर्षको परम्परागत विधामा प्रथम पुरस्कार तथा आधुनिक कलातर्फको द्वितीय पुरस्कारसमेत उनले नै पाएका थिए। २०२७ सालमा त्योबेलाको प्रसिद्ध ‘इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार’ पनि प्रदान गरिएको थियो। 

२०१३ सालमा उनको पहिलो एकल कलाप्रदर्शनी त्रिपुरेश्वरको घरेलु उद्योगमा भएको थियो। त्यसपछि २०२३ सालमा मच्छिन्द्रबहालमा पनि उनका प्रतिनिधि पौभाकला सार्वजनिक भएका थिए। सामूहिक कलाप्रदर्शनीका सन्दर्भमा राष्ट्रिय कलाप्रदर्शनीदेखि ‘एक्स्पो जापान’ मा पनि उनका कलाकृतिहरू प्रदर्शनी भएका थिए। 

चार पुस्ताका कलाकारमध्ये तेस्रो पुस्ताका बिँडो थाम्ने कलाकार हुन्, सुरेन्द्रमान शाक्य। उनी समकालीन पौभाकलामा स्थापित कलाकार हुन्। उनले सानै उमेरदेखि यसै विधामा काम गर्न थालेका थिए। पौभाकलाको शास्त्रीय मान्यतालाई आत्मसात गरी आफूले अत्यन्त मिहिन काम गर्दै आएको उनी बताउँछन्।

सुरेन्द्रमान शाक्यले बनाएको पौभाकला।

सुरेन्द्रमानको जन्म २०२३ सालमा काठमाडौँको इटुम्बहालमा भएको हो। नेपाली पौभाकलामा पुर्खौली विरासतलाई निरन्तरता दिँदै उनी अझै यसै विधामा क्रियाशील छन्। उनले बनाएको ‘विश्वरूप’ शीर्षकको पौभाचित्रमा कलाकारी कुशलता विशिष्ट किसिमको छ। चित्रका हरेक भागमा सानाभन्दा साना काम उत्तिकै दक्षतापूर्वक गरिएको हुन्छ। सो चित्रमा उनले ‘आइग्लास’ बाट हेर्नुपर्ने पौभारचना गरेका छन्। ‘आर्यावलोकितेश्वर’ शीर्षकको पौभाचित्र हातेघडी आकारको छ। सो चित्रलाई हेर्न पनि ‘आइग्लास’ नै चाहिन्छ।

पौभा कलाकार सुरेन्द्रमानले बुबा सिद्धिमुनिसँग संयुक्त रूपमा केही महत्वपूर्ण कलारचना गरेका छन्। उनका अनुसार ‘चिन्तामणि लोकेश्वर’, ‘वसुन्धरा’ र ‘श्वेत अवलोकितेश्वर’ मा सिद्धिमुनि र उनको मिहिनेत परेको छ। ‘चिन्तामणि लोकेश्वर’ पूरा गर्न दश वर्ष लागेको थियो। 

सुरेन्द्रमानका अनुसार ती चित्र बनाउन बुबा सिद्धिमुनिले सुरु गर्थे र बाँकी काम उनलाई लगाउँथे। मिनरल पिग्मेन्ट, गोल्ड र सिल्भर माध्यमबाट कटनमा ती चित्र बनाइएका हुन्। ‘वास्तवमा बुबाले मेरो परीक्षा गर्नुभएको रहेछ। उक्त चित्रहरूमा मैले गर्नुपर्ने बाँकी काम सकिएपछि बुबा खुसी भएर मलाई स्याबास भनी धाप मारेको क्षण मेरा लागि सदा प्रेरणादायी र अविस्मरणीय रहिरहने छ,’ सुरेन्द्र भन्छन्। चित्र तयार भएपछि सिद्धिमुनिलाई भनेका थिए– ‘छोरा, मेरो परीक्षामा तँ पास भइस्। अब हाम्रो पुख्र्यौली बिँडो थाम्ने दक्ष पुस्ता तयार भइसकेछ, मलाई खुसी लाग्यो।’ 

सुरेन्द्रमानका अनुसार ती चित्रहरू उनले तीन वर्ष (वि.सं. २०५३–०५५) लगाएर पूरा गरेका थिए। चित्रमा गरिएको काम देखेर विदेशी कलापारखी विद्वानहरू चकित परेका थिए। ‘अब त्यस्तो काम अरूले गर्न नसक्ने र त्यो दुर्लभ भएको’ उनीहरूले बताएको पनि सुरेन्द्र सम्झना गर्छन्। 

पौभाकलाका पाँचौँ पुस्ताका कलाकारका रूपमा सुरेन्द्रमानकी छोरी प्रिया शाक्य सक्रिय छिन्। सुरेन्द्रमान भन्छन्– ‘बुबा र छोरा मिलेर बनाएका पौभाचित्रहरूकै सन्दर्भमा मेरी छोरी र मैले मिलेर पनि केही चित्रहरू बनाएका छौँ। ती चित्र हुन्– ‘वैरोचन बुद्ध’, ‘बैरोचन बुद्ध’, ‘हरिततारा’ आदि।’

यसरी नेपाली पौभाकलामा आज पाँच पुस्ता कलाकारको संलग्नता छ। उनीहरुको चित्रकलाप्रतिको समर्पणले यो विधाको मौलिकता बचेर उचाइतिर लम्किँदै गइरहेको अनुभव गर्न सकिन्छ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, माघ १८, २०८२
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्