कठमाडौं- वैदेशिक रोजगारीका लागि कोरिया जान लिइने इपिएस भाषा परीक्षामा ठूलो संख्यामा नक्कली परीक्षार्थीहरु फेला परेको छन्।
शनिबार प्रहरीले काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट ४७ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला समेत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।
शनिबार र आइतबार हुने नवौं इपिएस परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी छन्। परीक्षाका लागि कोरियाबाटै विज्ञ टोली आएका छन्।
उनीहरु पैसा लिएर अर्काको परीक्षा दिन पुगेका थिए।
कहाँ कति पक्राउ परे ?
- जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना
- गोल्डेनगेट इन्टरनेशनल कलेज, बत्तीसपुतलीबाट १ जना
- भिएस निकेतन कलेज, तीनकुनेबाट ११ जना
- नोबल एकेडेमी, नयाँबानेश्वरबाट ५ जना
- युनिभर्सल कलेज मैतीदेवीबाट ५ जना
- जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट ४ जना
- टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट ८ जना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।