complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

गगन र विश्वप्रकाशको उम्मेदवारी घोषणा : कांग्रेसमा सुरु भो ‘ठाउँ कब्जा’को अभियान

64x64
किशोर दहाल बिहीबार, भदौ २४, २०७८  १९:३०
1140x725

काठमाडौं– नेपाली कांग्रेसको आउँदो मंसिरमा हुने १४औं  महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्न प्रवक्ता विश्वप्रकाश शर्मा बिहीबार सुन्दरीजल पुगे। महामन्त्रीमा उम्मेदवारी घोषणा गर्न काठमाडौंबाट झन्डै २० किलोमिटर यात्रा गरेर शर्मा त्यस्तो ठाउँ पुगेका थिए, जहाँ बीपी कोइराला ८ वर्षसम्म बन्दी बनाइएका थिए। बीपीको जन्मजयन्तीकै दिन शर्माले सुन्दरीजलमै पुगेर आफ्नो उम्मेदवारी घोषणा गरे।

'आज यो भूमिमा म बडा भावुकताका साथ नेतृत्व पंक्तिलाई स्मरण गर्न चाहन्छु। र, आजको दिनलाई नै नेपाली कांग्रेसको प्रवक्ताबाट माथिल्लो जिम्मेवारीमा जानलाई उम्मेदवारी घोषणा गर्नका लागि मैले उपयुक्त दिनको रुपमा ठहर्‍याएँ', सुन्दरीजलमा शर्माले भने, 'बीपी जन्मजयन्तीभन्दा सुन्दर दिन के हुन्छ?'

शर्माले केही बेर कांग्रेसका पहिलो पुस्ताका नेताहरुको संघर्ष, त्याग र समर्पणको चर्चा गरे। विशेषतः बीपीको सपनाको स्मरण गरे। खासगरी बीपीले १५ वर्ष समय पाए देशलाई उचाइमा पुर्‍याउने परिकल्पना प्रस्तुत गरेको, तर महेन्द्रले जेलमा राखेको बताए। अहिले पनि कांग्रेसले एउटा चुनाव जित्ने र अर्को हार्ने गरिरहेको भन्दै शर्माले लगातार तीनवटा चुनाव जिताउनका लागि आफू महामन्त्रीको उम्मेदवार बनेको बताए।

'आज म उद्घोष गर्न चाहन्छु, संकल्प गर्न चाहन्छु। नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा तपाईंहरु सबैको साथ, सहयोग र समर्थन लिएर एउटा सपनाको साथ नेपाली कांग्रेसलाई ड्राइभ गर्नुपर्छ भन्ने घोषणा गर्न चाहन्छु, ताकि नेपाली कांग्रेसले तीनवटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ', उनको भनाइ थियो।

यसरी आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी सार्वजनिक रुपमा घोषणा गरेका शर्मा दोस्रो व्यक्ति हुन्। यसअघि गगन थापाले पनि सार्वजनिक रुपमै सो पदमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। थापाले भदौ १४ गते उनकै निर्वाचन क्षेत्र अन्तर्गतको काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए।

जसरी शर्माले सुन्दरीजल पुगेर सुन्दर ठाउँ भन्दै उम्मेदवारी घोषणा गरे, थापाले आफ्नो उम्मेदवारी घोषणास्थललाई उसैगरी पवित्रस्थल भनेका थिए। 'मेरो लागि योभन्दा पवित्र ठाउँ अर्को हुँदैन। आज मेरो वडा, जसले मलाई राजनीति सिकायो, मलाई आधार दियो, मलाई ठूलो भरोसा दियो, सधैंभरी मलाई शुभेच्छा र आशिर्वाद दिएको छ, मेरो वडाका अग्रज र साथीहरुको बीचमा म बडो गौरवको साथमा १४औं अधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको उम्मेदवारीको घोषणा गर्छु', थापाको भनाइ थियो।

आफ्नो उम्मेदवारीको सन्दर्भमा थापाले सार्वजनिक गरेका अभिव्यक्तिहरुमा केही समान कुरामा जोड दिएको पाइन्छ। आफ्ना पछिल्ला धारणाहरुमा उनले कांग्रेसको क्रान्तिकारी छविको पुनरावृत्ति गराउने, पार्टीप्रति युवापुस्ताको आकर्षण बढाउने, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अगुवा बनाउने, क्रियाशील सदस्यता वितरणको भद्रगोललाई सधैंका लागि अन्त्य गर्ने र अन्य व्यवस्थापनका कुरा अगाडि सारेका छन्। मूलतः कांग्रेसलाई नीतिगत रुपमा स्पष्ट र कार्यशैलीमा चुस्त पार्ने उनको योजना सुनिन्छ।

'नेपाली कांग्रेसको वैचारिक पक्ष वा पोजिसन कस्तो हुने वा कांग्रेस कहाँ उभिने भन्ने हो। इतिहासको विश्लेषण गरेर समसामयिक विषयमा कसरी प्रस्तुत हुने भन्ने कुराको प्रस्तावक महामन्त्री हुन्छ। अहिले म पार्टीले यो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भन्ने भूमिकामा छु तर महामन्त्री हुँदा म यसलाई निर्णय गर्ने पोजिसनमा हुनेछु। यो निर्णय गर्ने अख्तियारवाला हुनेछु', भदौ १७ गते नेपाल लाइभसँगको अन्तर्वार्तामा उनले भनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गगनले खनेको बाटो
गगनले यसअघि १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने आँट गरेका थिए। त्यतिबेला उनले पार्टीका दुई प्रभावशाली नेताहरु शशांक कोइराला र अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला थापाले २० प्रतिशत मत पनि पाउन सकेका थिएनन्। कांग्रेस नेतृत्वको काँध थाप्ने जिम्मेवारी अब आफ्नो पुस्तामा आएको सन्देश दिन थापा सफल भए। परिणामतः अहिले उनी पार्टीका फरक समूहबाट पनि पहिलो रोजाइको महामन्त्रीको उम्मेदवार बन्न सकेका छन्। उनलाई आफ्नो महामन्त्रीको उम्मेदवार बनाउन सभापतिका सबै आकांक्षी तयार छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्- 'राजनीतिमा जसले जोखिम उठायो। जसले समयमै निर्णय गर्‍यो। त्यो अगाडि आइहाल्छ नि।'

त्यसो त थापा बाह्रौं महाधिवेशनकै सबैभन्दा 'लोकप्रिय' उम्मेदवार हुन्। खुलातर्फको २५ प्रतिस्पर्धीमा उनी पहिलो नम्बरको विजेता थिए। शर्मा भने तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा १४औँ नम्बरमा विजेता हुन्।

दुवै उम्मेदवारले आफ्नो सभापतिको उम्मेदवार खुलाएका छैनन्। सभापतिमा उम्मेदवारी घोषणाले पनि पूर्णता पाइसकेको छैन। तेह्रौं महाधिवेशनमा थापा 'तेस्रो धार' भनिने कृष्णप्रसाद सिटौलाको समूहबाट उम्मेदवार बनेका थिए। यसपटक उनले सभापतिका कुन चाहिँ उम्मेदवारको प्यानलबाट उम्मेदवार बन्ने खुलाइसकेका छैनन्। शर्माले पनि आफ्नो सभापतिको उम्मेदवार खुलाएका छैनन् तर, सभापति शेरबहादुर देउवानिकट भएको र प्रवक्तासमेत रहेकाले उनकै प्यानलबाट प्रतिस्पर्धी बन्ने आकलन गर्न सकिन्छ।    

सभापतिका आकांक्षी जस्तै महामन्त्रीका पनि धेरै आकांक्षी छन्। केन्द्रीय सदस्य प्रदीप पौडेल, प्रकाशशरण महत, बालकृष्ण खाँड, मिनेन्द्र रिजाल लगायतका नेताले महामन्त्रीको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्। उनीहरुले सार्वजनिक घोषणा नगरे पनि त्यसका लागि तयारी गरिरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसको पहिलो पुस्ताका नेताहरु थाकेको र उर्जाविहीन अवस्थामा पुगिसकेकाले युवा नेताहरुबाट व्यक्त भइरहेको घोषणाले कांग्रेसभित्र उत्साह सिर्जना गरेको बताउँछन्, विश्लेषक आचार्य। जो सभापति भए पनि कांग्रेसभित्र सधैं राज गर्ने २०/३० जनाको पंक्तिले पुनः आकांक्षा देखाए आफूहरुले ठाउँ छाडिदिनुपर्ला भनेर युवा नेताहरुले उम्मेदवारी घोषणामार्फत् ठाउँ ओगटेको उनको बुझाइ छ। 'अब दबाब सिर्जना भयो नि कांग्रेसभित्र', उनी भन्छन्, 'अर्कोतिर, सभापतिको उम्मेदवार जो भए पनि 'म महामन्त्रीको उम्मेदवार हुँ' भनेर पस्नको लागि ठाउँ ओगटियो।'

कांग्रेसको संशोधित विधान अनुसार पार्टीका दुवै महामन्त्री निर्वाचनबाट चयन हुनेछन्। त्यसैले सभापतिका प्रत्येक उम्मेदवारले सोही अनुसार महामन्त्रीका प्रतिस्पर्धी उभ्याउन सक्छन्। सभापतिका आधा दर्जनभन्दा बढी आकांक्षी देखिएको अहिलेको अवस्था महाधिवेशनको प्रतिस्पर्धामा पनि कायमै रहेमा एक दर्जन महामन्त्रीका उम्मेदवार हुनेछन्। तैपनि, सार्वजनिक चासोका हिसाबले भने कुशल वक्ताद्वय थापा र शर्मा नै केन्द्रमा रहने देखिन्छ।

दुई प्रभावशाली युवा नेताको उम्मेदवारी घोषणाले सभापतिका जोसुकै प्रतिस्पर्धीले अन्य पदाधिकारीमा युवाहरुलाई नै उम्मेदवार बनाउने वा युवाहरुले आँट गर्ने सहज बाटो खुलेको छ। 'भोलिका दिनमा जो सभापति भए पनि उसलाई खोपीको देउता बनाएर युवाहरु पार्टी चलाउने अभियानमा छन्। उनीहरु समझदारीमै कब्जा गर्न खोज्दैछन्। अब भोलिदेखि युवाहरुबाट उपसभापतिको उम्मेदवार बन्ने घोषणा पनि आउँछ। त्यसकारणले कांग्रेस राम्रै ट्रेन्डमा गएको छ', आचार्य भन्छन्।
 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्