काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै बागमती प्रदेश सभाका कांग्रेस सांसद नराेत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ।
बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले वैद्यको रिट खारेज गरेको सर्वाेच्च अदालतका सञ्चारविज्ञ किशोर पाैडेलले बताए।
वैद्यले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले रिट दायर गरेका थिए।
नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। जसअन्तर्गत शुक्रबार (भदौ १८गते) देखि वडा तहको अधिवेशन सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।