काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) ०.६२ अंकले घटेको छ।
बिहीबार कारोबार सुरु भएको आधा घण्टासम्म केही उकालो लागेको बजार पछि भने घटेर २८७५.९७ को बिन्दुमा पुगेर कारोबार बन्द भयो।
बिहीबार 'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.५३ अंकले घटेर ५३५.२९ बिन्दुमा पुग्यो।
बिहीबार जवलिद्युत्, जीवन बिमा, ट्रेडिङ र इन्भेस्टमेन्ट समूह बाहेक अन्य सबै समूहका परिसूचक घटेका छन्। जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ६२.७५ अंकले उकालो लाग्दा 'अन्य' समूहको परिसूचक सबैभन्दा धेरै २२.५१ अंकले घट्यो।
बिहीबार सेयर बजारमा ७ अर्ब ५ करोड रुपैयाँ बराबरको करोबार भयो। १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा सबैभन्दा बढी हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले आम्दानी गरे।
यस्तै, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।