काठमाडौं– नेपाली कांग्रेसको जारी १४औँ महाअधिबेशन अन्तर्गत सोलुखुम्बुबाट २१ वर्षीया पूजा फुयाँल क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्।
जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ मा भएको चुनावी प्रक्रियाबाट सबै भन्दा धेरै मत ल्याएर वडा अधिबेशनबाट सोलुखुम्बुमै कम उमेरकी फुयाँल खुला महिला प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
कुल २ सय ६३ मत खसेकोमा उनले २ सय २ मत प्राप्त गरेकी थिइन्। अहिले नेविसंघ सोलुको कोषाध्यक्ष रहेकी फुयाँल जिपी कोइराला फाउण्डेशनको जिल्ला सहसचिव छिन्।
५२ वटा वडा रहेको सोलुखुम्बुमा जम्मा २ वटा वडामा मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो। चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली कांग्रेसको सबै भन्दा बढी क्रियाशील सदस्य भएको वडा हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।