काठमाडौं- पुर्ख्यौली घर गोरखाको आँपपिपल पण्डितगाउँ पुर्याइएका डा उपेन्द्र देवकोटालाई केहीबेर अघि काठमाडौं फर्काइएको छ।
बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत डा देवकोटालाई उनकै इच्छा बमोजिम आज दिउँसो हेलिकोप्टरमार्फत पुर्ख्यौली घर पुर्याइएको थियो। त्यहाँको सिस्नेधारमा पानी पिएपछि घरको पिँढीमा उनी एकछिन सुस्ताएका थिए।
जन्मघरको पिँढीमा उनलाई छोरी बसुधाले धाराबाट गिलासमा ल्याएको पानी पिलाएकी थिइन्। डा देवकोटाको घरबाट सिस्नेधारा करिब ५ मिनेटको दुरीमा पर्छ।
काठमाडौं फर्काइएपछि उनलाई सिधै उपचारका लागि आइसियूमा लगिएको उनीसँगै गोरखा पुगेका डा सञ्जय कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।