• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

लोकप्रिय बन्दै 'रिमेक' : पुराना गीत, नयाँ स्वाद

64x64
युवराज भट्टराई मंगलबार, भदौ २९, २०७८  ०७:०३
1140x725

काठमाडौं– ‘फूलबुट्टे सारी’ बोलको गीत करिब ११ वर्षअघि नै सार्वजनिक भएको थियो। राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीत मार्मिक लामाले गाएका थिए।

तर, गीत खासै चलेन। मार्मिक लामा पनि यो गीतबाट खासै चिनिएनन्। उनको गायनले गति लिन सकेन।

यही गीतलाई ६ वर्षपछि प्याट्रिक गुरुङले पहिलो पटक कभरको रुपमा गाए। गितार र क्याजनमा गाइएको गीतमा गुरुङलाई उनका साथी विकास दराईले साथ दिएका छन्। तर, उक्त कभर गीतले पनि उस्तो चर्चा पाएन। 

तर, गत वर्ष एकाएक गीतको चर्चा चुलियो। टिकटक र फेसबुकमा ‘फुलबुट्टे सारी’ बज्न थालेको थियो। ११ वर्षअघि सार्वजनिक भएको गीत एकाएक चर्चामा आएपछि त्यसलाई पुनः उत्पादन गर्न तम्सियो, निर्माण कम्पनी ‘केन्द्र मोसन पिक्चर्स।’

त्यसअघि मार्मिककै आवाजमा गीतलाई पुनर्उत्पादन गरेर ‘देबिथान म्युजिक’ कम्पनीले युट्युबमा राखेको थियो। केन्द्र मोसनले भने गीतलाई ‘फिमेल भर्जन’मा निकाल्यो। मिलन नेवारले स्वर दिइन्। भिडियोमा पल शाह र मलिका महतले अभिनय गरे।

गत वर्ष डिसेम्बरमा गीत सार्वजनिक भयो। त्यसपछि गीतले झनै चर्चा पायो। राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा अभिनय गर्ने मलिका र पलको जोडी अत्यधिक रुचाइयो।

देविथान म्युजिकले युट्युबमा राखेको गीत हालसम्म २ करोडभन्दा धेरै पटक हेरिएको छ। केन्द्र मोसनले हालेको गीत हेर्नेको संख्या साढे ६ करोडभन्दा धेरै पुगिसकेको छ। 

२० वर्ष अघि गाइएको ‘तिम्रो मन बदलिएछ’ बोलको गीत यो वर्ष पुनर्उत्पादन भयो। त्यति बेला गीतलाई सपनाश्रीले गाएकी थिइन्। भूपेन्द्र बज्राचार्यको संगीत संयोजन थियो। अहिले यस कुमार र मिलन नेवारको स्वर छ। यस कुमारले संगीतमा नयाँपन दिएका छन्। एरेन्ज देवेश राइले गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘बले इन्टरटेनमेन्ट’ले पुनः उत्पादन गरेको गीतको भिडियोमा सागर लम्साल ‘बले’ तथा प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन्। यसको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। यो गीत युट्युबमा ६० लाखभन्दा धेरै पटक हेरिएको छ। 

११ महिनाअघि उर्गेन दोङ तामाङले ‘टाढा भएपछि’ गीत गाएका थिए। उक्त गीतमा शब्द तथा संगीत पनि उनकै थियो। गीत सार्वजनिक भएको चार महिनापछि पुनर्उत्पादन भयो। त्यसमा अस्मिता अधिकारीले स्वर दिएकी थिइन्। 

उर्गेनले गाएको गीत युट्युबमा हालसम्म ११ लाखभन्दा धेरै पटक हेरिएको छ। पुनर्उत्पादिन गीत ४४ लाखभन्दा धेरै पटक हेरिएको छ। विवेक रसाइलीले निर्देशन गरेको गीतको भिडियोमा पल शाह र मलिका महतले अभिनय गरेका छन्।

बढ्दै गीतको पुनर्उत्पादन
केही समय यता नेपाली संगीत क्षेत्रमा पुराना गीतलाई पुनर्उत्पादन गर्ने क्रम बढ्दो छ। वर्षौँअघि सार्वजनिक भएर हराएका गीतहरु पुनर्उत्पादनपछि चर्चामा आइरहेका छन्। पुराना गीतको सर्वाधिकार किनेर त्यसलाई नयाँ धुन र शैलीमा प्रस्तुत गर्दा दर्शकमा पनि त्यसले राम्रो छाप छाडिरहेको छ।

‘गीतहरु एउटा समयको लागि मात्रै हुँदैनन्,’ केन्द्र मोसन पिक्चर्सका व्यवस्थापकमध्येका एक सागर लामिछाने मगर भन्छन्, ‘पहिले नै गाएको गीतहरुलाई अहिलेका मानिसले पनि मन पराउँछन्। हामीले गीत पुनर्उत्पादन गर्दा त्यही विषय ध्यानमा राखेर गीत छान्छौं।’ केन्द्र मोसन पिक्चर्सले पुनर्उत्पादन गरेका प्रायः गीत सफल छन्। 

‘बले इन्टरटेन्मेन्ट्स’का संस्थापक सागर लम्सालका अनुसार आउँदो शुक्रबार उक्त कम्पनीले अर्को ‘रिमेक’ सार्वजनिक गर्दैछ। दुई दशकअघि प्रमोद निर्वाणले गाएको ‘किन यसरी’ बोलको गीतलाई पुनर्उत्पादन गरिएको हो। लम्साल भन्छन्, ‘हामीले पहिले गरेको रिमेक सफल भयो। त्यसपछि अरुले पनि रिमेकमा ध्यान दिनुभएको देखिन्छ।’

स्रोताले सुनिसकेका, तर अहिले सम्झनामा नभएका गीतहरुलाई रिमेकमार्फत फेरि बाहिर ल्याउन सकेको लम्साल बताउँछन्। पुराना गीतसँग स्रोताको पनि पुराना यादहरु जोडिएको हुने भएकाले फेरि उत्पादन गरेको उनी बताउँछन्।

निश्चित समयको लागि निर्माण भएको गीतमा सोही परिवेशअनुसारको संगीत संयोजन र लय निर्धारण गरिएको हुन्छ। कतिपय शब्द पनि परिवेशअनुसार नै लेखिएका हुन्छन्। गीतलाई पुनर्उत्पादन गर्दा संगीत, शब्द, लयलगायत सबै कुरामा काम गर्नुपर्ने लामिछाने बताउँछन्। रिमेकमा पुरानो गीतलाई नयाँ शैली र स्वरुपमा प्रस्तुत गरिने उनी बताउँछन्। 

‘मान्छेले एक पटक सुनिसकेको गीत फेरि बजारमा ल्याउँदा केही न केही रुपमा चर्चा हुन्छ भन्ने सोचले पनि रिमेकमा बढिरहेका छन्’, उनी भन्छन्, ‘तर, रिमेकमा नयाँ गीत निर्माण गर्नेभन्दा धेरै जोखिम छ। खर्चिलो पनि उत्तिकै छ। पुरानो गीतको मर्म नमारि नयाँपन दिनु सजिलो कुरा होइन्।’

संगीत क्षेत्रका लागि सकरात्मक
गीतकार तथा संगीतकार राजनराज सिवाकोटी गीत पुनर्उत्पादन हुनुलाई सकारात्मक मान्छन्। ‘गीत समयअनुसार निर्माण भएको हुन्छ,’ उनी भन्छन्, ‘कुनै गीत सार्वजनिक हुँदा चल्दैनन्। वर्तमान परिस्थिति र समयभन्दा अघि वा पछिको लागि बनेका गीतलाई रिमेकले समय सान्दर्भिक बनाइदिन्छ।’

गीत रिमेक हुँदा नयाँ पुस्ताले पनि सुन्न पाउने सिवाकोटी बताउँछन्। पुराना गीतहरुसँग जोडिएको याद ताजा हुने वा गीत सुन्दै नसुनेको पुस्ताले नयाँ स्वादसहित सुन्न पाउने उनी बताउँछन्।

२० वर्षअघि निस्किएका गीत त्यो बेला नचलेर अहिले पनि चर्चामा आएका छन्। सिवाकोटीकै गीत पनि ११ वर्षपछि चर्चामा आयो। उनी भन्छन्, ‘फूलबुट्टे सारीसँग भएको पनि त्यही हो। पहिले चलेन। पछि दर्शकले मन पराएपछि रिमेक बनाइयो। सर्जकको लागि पनि रिमेकले आफ्ना पुराना गीतलाई फेरि दर्शकमाझ पुर्‍याउने मौका दिन्छ।’

रिमेकमा जोखिम 
पहिल्यै दर्शक/स्रोतामाझ पुगेको गीतलाई पुनर्उत्पादन गर्दा पुरानो गीतको मर्मलाई हरदम बचाउने कोसिस गर्नुपर्ने हुन्छ। पहिल्यै सार्वजनिक हुँदाको भावसँगै त्यसमा नयाँपन पनि आवश्यक हुन्छ। केन्द्र मोसन पिक्चर्सका लामिछाने भन्छन्, ‘अहिले त झन् भिडियोको जमाना छ। भिडियोमा पनि दर्शकलाई देखाउन कथा निर्माण गर्नुपर्छ। सबै काम गर्दा पुरानो गीतमा लगानी गरेर त्यसलाई नयाँ बनाउनु जोखिमयुक्त हुन्छ।’

‘फुल बुट्टे सारी’ गीतलाई फिमेल भर्जनमा पुनर्उत्पादन गर्दा संगीतदेखि शब्दमा पनि परिमार्जन गरेको उनी बताउँछन्। गीतलाई पुनर्उत्पादन गर्दा खर्च पनि उत्तिकै धेरै हुन आउँछ। गीतको सर्वाधिकार किन्नेदेखि पुनः संगीत भर्ने, नयाँ भिडियो निर्माण गर्ने लगायतका काममा थप खर्च हुन्छ। 

गीतकार तथा संगितकार सिवाकोटीका अनुसार गीतलाई रिमेक गर्दा दर्शक/स्रोताको मनमा ‘ओरिजिनल’ गीतले बनाएको दृश्य मर्न दिनु हुँदैन। पहिल्यै सार्वजनिक भएको गीतको लय, शब्द, गायनको शैली, गायकको आवाज लगायतलाई लिएर दर्शक/स्रोताको मनमा स्थापित छवि नबिगारी नयाँ छवि निर्माण गर्नुपर्ने भएकाले रिमेक जोखिमयुक्त हुने उनी बताउँछन्। 

‘पहिल्यै निस्किएको गीत त्यही परिवेशको लागि बनाइएको हुन्छ्,’ सिवाकोटी भन्छन्, ‘त्यसलाई फेरि रिमेक गर्दा गीतले मान्छेको मनलाई छुन नसक्ने डर हुन्छ। गीतमा समय र परिस्थिति जस्ता विषयले असर गर्ने हुँदा रिमेक गर्नु जोखिमले भरिएको छ। दर्शकको मनमा गीतले पहिल्यै पारेको छबिलाई पनि ख्याल गर्नुपर्छ।’

बले इन्टरटेन्मेन्ट्सका लम्सालका अनुसार रिमेकको तुलनामा नयाँ गीत कम खर्चिलो समेत हुने गरेको छ। पुरानो गीतलाई रिमेक गर्दा भने कपिराइटदेखि संगीत, लय, शब्द सबै कुरामा खर्च गर्नुपर्छ। उनी भन्छन्, ‘२० वर्षअघिको गीत अहिले फेरि ल्याउँदा गीत नचल्ला भन्ने डर हुन्छ। त्यो बेलाजस्तो अहिले समय छैन। दर्शकले पुरानो गीतसँग तुलना गरेर सुन्दा मौलिकता नमरेको र नयाँपन सहितको भएमा मात्रै मन पराउँछन्।’

पुरानो गीतलाई अहिलेको परिवेशमा उतार्दा दर्शकले मन पराउने/नपराउने पनि ध्यानमा राख्नुपर्छ। गीतको मर्ममा प्रहार नगरी त्यसको मौलिकतालाई बचाउँदै नयाँ शैलीमा ल्याउनु जोखिम मोल्नु भएको लामिछाने बताउँछन्। उनी भन्छन्, ‘मौलिकता मर्यो भने दर्शकले गीत मन पराउँदैनन्। तर, पुरानै भयो भने पनि त्यो ठीक हुँदैन। मौलिकपन बचाएर पुरानो स्वादसँगै नयाँपन र नयाँ शैलीसहित बनाउनुपर्छ। गीत दर्शकले रुचाउने/नरुचाउने भन्ने अर्को जोखिम त छँदै छ।’

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्