• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

लोकप्रिय बन्दै 'रिमेक' : पुराना गीत, नयाँ स्वाद

64x64
युवराज भट्टराई मंगलबार, भदौ २९, २०७८  ०७:०३
1140x725

काठमाडौं– ‘फूलबुट्टे सारी’ बोलको गीत करिब ११ वर्षअघि नै सार्वजनिक भएको थियो। राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीत मार्मिक लामाले गाएका थिए।

तर, गीत खासै चलेन। मार्मिक लामा पनि यो गीतबाट खासै चिनिएनन्। उनको गायनले गति लिन सकेन।

यही गीतलाई ६ वर्षपछि प्याट्रिक गुरुङले पहिलो पटक कभरको रुपमा गाए। गितार र क्याजनमा गाइएको गीतमा गुरुङलाई उनका साथी विकास दराईले साथ दिएका छन्। तर, उक्त कभर गीतले पनि उस्तो चर्चा पाएन। 

तर, गत वर्ष एकाएक गीतको चर्चा चुलियो। टिकटक र फेसबुकमा ‘फुलबुट्टे सारी’ बज्न थालेको थियो। ११ वर्षअघि सार्वजनिक भएको गीत एकाएक चर्चामा आएपछि त्यसलाई पुनः उत्पादन गर्न तम्सियो, निर्माण कम्पनी ‘केन्द्र मोसन पिक्चर्स।’

त्यसअघि मार्मिककै आवाजमा गीतलाई पुनर्उत्पादन गरेर ‘देबिथान म्युजिक’ कम्पनीले युट्युबमा राखेको थियो। केन्द्र मोसनले भने गीतलाई ‘फिमेल भर्जन’मा निकाल्यो। मिलन नेवारले स्वर दिइन्। भिडियोमा पल शाह र मलिका महतले अभिनय गरे।

गत वर्ष डिसेम्बरमा गीत सार्वजनिक भयो। त्यसपछि गीतले झनै चर्चा पायो। राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा अभिनय गर्ने मलिका र पलको जोडी अत्यधिक रुचाइयो।

देविथान म्युजिकले युट्युबमा राखेको गीत हालसम्म २ करोडभन्दा धेरै पटक हेरिएको छ। केन्द्र मोसनले हालेको गीत हेर्नेको संख्या साढे ६ करोडभन्दा धेरै पुगिसकेको छ। 

२० वर्ष अघि गाइएको ‘तिम्रो मन बदलिएछ’ बोलको गीत यो वर्ष पुनर्उत्पादन भयो। त्यति बेला गीतलाई सपनाश्रीले गाएकी थिइन्। भूपेन्द्र बज्राचार्यको संगीत संयोजन थियो। अहिले यस कुमार र मिलन नेवारको स्वर छ। यस कुमारले संगीतमा नयाँपन दिएका छन्। एरेन्ज देवेश राइले गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘बले इन्टरटेनमेन्ट’ले पुनः उत्पादन गरेको गीतको भिडियोमा सागर लम्साल ‘बले’ तथा प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन्। यसको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। यो गीत युट्युबमा ६० लाखभन्दा धेरै पटक हेरिएको छ। 

११ महिनाअघि उर्गेन दोङ तामाङले ‘टाढा भएपछि’ गीत गाएका थिए। उक्त गीतमा शब्द तथा संगीत पनि उनकै थियो। गीत सार्वजनिक भएको चार महिनापछि पुनर्उत्पादन भयो। त्यसमा अस्मिता अधिकारीले स्वर दिएकी थिइन्। 

उर्गेनले गाएको गीत युट्युबमा हालसम्म ११ लाखभन्दा धेरै पटक हेरिएको छ। पुनर्उत्पादिन गीत ४४ लाखभन्दा धेरै पटक हेरिएको छ। विवेक रसाइलीले निर्देशन गरेको गीतको भिडियोमा पल शाह र मलिका महतले अभिनय गरेका छन्।

बढ्दै गीतको पुनर्उत्पादन
केही समय यता नेपाली संगीत क्षेत्रमा पुराना गीतलाई पुनर्उत्पादन गर्ने क्रम बढ्दो छ। वर्षौँअघि सार्वजनिक भएर हराएका गीतहरु पुनर्उत्पादनपछि चर्चामा आइरहेका छन्। पुराना गीतको सर्वाधिकार किनेर त्यसलाई नयाँ धुन र शैलीमा प्रस्तुत गर्दा दर्शकमा पनि त्यसले राम्रो छाप छाडिरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘गीतहरु एउटा समयको लागि मात्रै हुँदैनन्,’ केन्द्र मोसन पिक्चर्सका व्यवस्थापकमध्येका एक सागर लामिछाने मगर भन्छन्, ‘पहिले नै गाएको गीतहरुलाई अहिलेका मानिसले पनि मन पराउँछन्। हामीले गीत पुनर्उत्पादन गर्दा त्यही विषय ध्यानमा राखेर गीत छान्छौं।’ केन्द्र मोसन पिक्चर्सले पुनर्उत्पादन गरेका प्रायः गीत सफल छन्। 

‘बले इन्टरटेन्मेन्ट्स’का संस्थापक सागर लम्सालका अनुसार आउँदो शुक्रबार उक्त कम्पनीले अर्को ‘रिमेक’ सार्वजनिक गर्दैछ। दुई दशकअघि प्रमोद निर्वाणले गाएको ‘किन यसरी’ बोलको गीतलाई पुनर्उत्पादन गरिएको हो। लम्साल भन्छन्, ‘हामीले पहिले गरेको रिमेक सफल भयो। त्यसपछि अरुले पनि रिमेकमा ध्यान दिनुभएको देखिन्छ।’

स्रोताले सुनिसकेका, तर अहिले सम्झनामा नभएका गीतहरुलाई रिमेकमार्फत फेरि बाहिर ल्याउन सकेको लम्साल बताउँछन्। पुराना गीतसँग स्रोताको पनि पुराना यादहरु जोडिएको हुने भएकाले फेरि उत्पादन गरेको उनी बताउँछन्।

निश्चित समयको लागि निर्माण भएको गीतमा सोही परिवेशअनुसारको संगीत संयोजन र लय निर्धारण गरिएको हुन्छ। कतिपय शब्द पनि परिवेशअनुसार नै लेखिएका हुन्छन्। गीतलाई पुनर्उत्पादन गर्दा संगीत, शब्द, लयलगायत सबै कुरामा काम गर्नुपर्ने लामिछाने बताउँछन्। रिमेकमा पुरानो गीतलाई नयाँ शैली र स्वरुपमा प्रस्तुत गरिने उनी बताउँछन्। 

‘मान्छेले एक पटक सुनिसकेको गीत फेरि बजारमा ल्याउँदा केही न केही रुपमा चर्चा हुन्छ भन्ने सोचले पनि रिमेकमा बढिरहेका छन्’, उनी भन्छन्, ‘तर, रिमेकमा नयाँ गीत निर्माण गर्नेभन्दा धेरै जोखिम छ। खर्चिलो पनि उत्तिकै छ। पुरानो गीतको मर्म नमारि नयाँपन दिनु सजिलो कुरा होइन्।’

संगीत क्षेत्रका लागि सकरात्मक
गीतकार तथा संगीतकार राजनराज सिवाकोटी गीत पुनर्उत्पादन हुनुलाई सकारात्मक मान्छन्। ‘गीत समयअनुसार निर्माण भएको हुन्छ,’ उनी भन्छन्, ‘कुनै गीत सार्वजनिक हुँदा चल्दैनन्। वर्तमान परिस्थिति र समयभन्दा अघि वा पछिको लागि बनेका गीतलाई रिमेकले समय सान्दर्भिक बनाइदिन्छ।’

गीत रिमेक हुँदा नयाँ पुस्ताले पनि सुन्न पाउने सिवाकोटी बताउँछन्। पुराना गीतहरुसँग जोडिएको याद ताजा हुने वा गीत सुन्दै नसुनेको पुस्ताले नयाँ स्वादसहित सुन्न पाउने उनी बताउँछन्।

२० वर्षअघि निस्किएका गीत त्यो बेला नचलेर अहिले पनि चर्चामा आएका छन्। सिवाकोटीकै गीत पनि ११ वर्षपछि चर्चामा आयो। उनी भन्छन्, ‘फूलबुट्टे सारीसँग भएको पनि त्यही हो। पहिले चलेन। पछि दर्शकले मन पराएपछि रिमेक बनाइयो। सर्जकको लागि पनि रिमेकले आफ्ना पुराना गीतलाई फेरि दर्शकमाझ पुर्‍याउने मौका दिन्छ।’

रिमेकमा जोखिम 
पहिल्यै दर्शक/स्रोतामाझ पुगेको गीतलाई पुनर्उत्पादन गर्दा पुरानो गीतको मर्मलाई हरदम बचाउने कोसिस गर्नुपर्ने हुन्छ। पहिल्यै सार्वजनिक हुँदाको भावसँगै त्यसमा नयाँपन पनि आवश्यक हुन्छ। केन्द्र मोसन पिक्चर्सका लामिछाने भन्छन्, ‘अहिले त झन् भिडियोको जमाना छ। भिडियोमा पनि दर्शकलाई देखाउन कथा निर्माण गर्नुपर्छ। सबै काम गर्दा पुरानो गीतमा लगानी गरेर त्यसलाई नयाँ बनाउनु जोखिमयुक्त हुन्छ।’

‘फुल बुट्टे सारी’ गीतलाई फिमेल भर्जनमा पुनर्उत्पादन गर्दा संगीतदेखि शब्दमा पनि परिमार्जन गरेको उनी बताउँछन्। गीतलाई पुनर्उत्पादन गर्दा खर्च पनि उत्तिकै धेरै हुन आउँछ। गीतको सर्वाधिकार किन्नेदेखि पुनः संगीत भर्ने, नयाँ भिडियो निर्माण गर्ने लगायतका काममा थप खर्च हुन्छ। 

गीतकार तथा संगितकार सिवाकोटीका अनुसार गीतलाई रिमेक गर्दा दर्शक/स्रोताको मनमा ‘ओरिजिनल’ गीतले बनाएको दृश्य मर्न दिनु हुँदैन। पहिल्यै सार्वजनिक भएको गीतको लय, शब्द, गायनको शैली, गायकको आवाज लगायतलाई लिएर दर्शक/स्रोताको मनमा स्थापित छवि नबिगारी नयाँ छवि निर्माण गर्नुपर्ने भएकाले रिमेक जोखिमयुक्त हुने उनी बताउँछन्। 

‘पहिल्यै निस्किएको गीत त्यही परिवेशको लागि बनाइएको हुन्छ्,’ सिवाकोटी भन्छन्, ‘त्यसलाई फेरि रिमेक गर्दा गीतले मान्छेको मनलाई छुन नसक्ने डर हुन्छ। गीतमा समय र परिस्थिति जस्ता विषयले असर गर्ने हुँदा रिमेक गर्नु जोखिमले भरिएको छ। दर्शकको मनमा गीतले पहिल्यै पारेको छबिलाई पनि ख्याल गर्नुपर्छ।’

बले इन्टरटेन्मेन्ट्सका लम्सालका अनुसार रिमेकको तुलनामा नयाँ गीत कम खर्चिलो समेत हुने गरेको छ। पुरानो गीतलाई रिमेक गर्दा भने कपिराइटदेखि संगीत, लय, शब्द सबै कुरामा खर्च गर्नुपर्छ। उनी भन्छन्, ‘२० वर्षअघिको गीत अहिले फेरि ल्याउँदा गीत नचल्ला भन्ने डर हुन्छ। त्यो बेलाजस्तो अहिले समय छैन। दर्शकले पुरानो गीतसँग तुलना गरेर सुन्दा मौलिकता नमरेको र नयाँपन सहितको भएमा मात्रै मन पराउँछन्।’

पुरानो गीतलाई अहिलेको परिवेशमा उतार्दा दर्शकले मन पराउने/नपराउने पनि ध्यानमा राख्नुपर्छ। गीतको मर्ममा प्रहार नगरी त्यसको मौलिकतालाई बचाउँदै नयाँ शैलीमा ल्याउनु जोखिम मोल्नु भएको लामिछाने बताउँछन्। उनी भन्छन्, ‘मौलिकता मर्यो भने दर्शकले गीत मन पराउँदैनन्। तर, पुरानै भयो भने पनि त्यो ठीक हुँदैन। मौलिकपन बचाएर पुरानो स्वादसँगै नयाँपन र नयाँ शैलीसहित बनाउनुपर्छ। गीत दर्शकले रुचाउने/नरुचाउने भन्ने अर्को जोखिम त छँदै छ।’

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्