सल्यान- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी वडा अधिवेशनमा युवा पुस्ताको पनि प्रतिनिधित्व बढिरहेको छ।
विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापति, उपसभापति, सचिवमा युवा निर्वाचित हुने क्रम बढेको छ।
दैलेख दुल्लु–३ मा १९ वर्षे स्वस्तिका महत १९ वर्षमै वडा सभापति भएर चर्चामा छिन्।
यसैक्रममा सल्यानका १८ वर्षका एक किशोर वडा उपसभापतिमा निर्वाचित भएका छन्। नेपाली कांग्रेस वनगाड कुपिन्डे नगरपालिका-७ वडा समितिको उपसभापतिमा सुसन केसी निर्वाचित भएका हुन्।
उनी देशकै सबैभन्दा कान्छो वडा उपसभापति भएको दाबी गरिएको छ। उनी नेविसंघ र तरुण राजनीति गर्दै पार्टी राजनीतिमा आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।