काठमाडौं- बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको छ। केही दिनअघि मुम्बईस्थित हिरानन्दनी अस्पतालमा उपचारका लागि भर्ना भएकी भाटियाको बुधबार बिहान निधन भएको हो। उनी ७७ वर्षकी थिइन्।
आफ्नो आगामी फिल्म ‘सिन्ड्रेला’को छायांकनका लागि भारत बाहिर रहेका अक्षय आमाको स्वास्थ्य बिग्रिदै गएपछि भारत फर्किएका थिए। केही समयदेखि अस्वस्थ्य रहेकी अक्षयकी आमालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन।
बुधबार बिहान आफ्नी आमाको निधनलाई पुष्टि गर्दै अक्षयले ट्विटरमा लेखेका छन्, ‘उनी मेरो लागि सबथोक थिइन्। म आफूले सहनै नसक्ने पीडा महसुस गरिरहेको छु।’
हाल अक्षय विभिन्न ९ प्रोजेक्टमा काम गरिरहेका छन्। सिन्ड्रेला तीनैमध्ये एक हो। कुल ८ वटा फिल्म र एउटा वेब सिरिजमा अक्षयले अहिले काम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।