• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कांग्रेस संस्थापक तथा पहिलो नेपाली फिल्मका निर्देशक परिहारको संस्मरण सार्वजनिक

64x64
नेपाल लाइभ शनिबार, जेठ २६, २०७५  ११:४३
1140x725

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक तथा पहिलो नेपाली फिल्म 'राजा हरिश्चन्द्रका' निर्देशक डिबी परिहार (परियार) को संस्मरणमा आधारित पुस्तक 'फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी' सार्वजनिक भएको छ।

अध्येता शंकर तिवारीले सम्पादन गरेको पुस्तकको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्माता/निर्देशक यादव खरेल लगायतले शनिबार काठमाडौंमा आयोजित पुस्तक प्रदर्शनीस्थलमा विमोचन गरे।

पुस्तकमाथि टिप्पणी गर्दै कांग्रेस उपसभापति निधिले कांग्रेसको संस्थापकको हिसाबले पनि नेपाली कांग्रेसका साथीहरुले डिबी परियारलाई 'स्यालुट' गर्नुपर्ने बताए। 'कांग्रेस स्थापनापछि बनारस, कलकत्ता र दिल्लीमा च्याप्टर बनेको थियो। बनारसमा कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो, कलकत्तामा डिबी परियार,' निधिले भने, 'अधिनायकवादप्रति र ब्रिटिस साम्राज्यवादप्रति विद्रोह गर्नुपर्छ र नेपाल-भारतले नै आजादी पाउनुपर्छ भन्ने विचारमा उहाँ सधैं अग्रसर हुनुहुन्थ्यो।' 

सुवासचन्द्र बोस नजरबन्दमा छँदा ६ वर्षको उमेरमै रोटी पुर्‍याउने र चिठी आदानप्रदान गर्ने परियारको आँटी स्वाभावबारे पुस्तकमा चर्चा गरिएको उनले बताए। 'स्वतन्त्रताका लागि सुवासचन्द्र र गान्धीको विचारसँग जोडिनुपर्छ भन्ने चेत बाल्यकालमै विकसित भएको रहेछ,' उनले भने। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसकै संस्थापकका रुपमा चिनिएका परियारले नेपाल र भारतमा बिताएको राजनीतिक, सामाजिक जीवनका धेरै तथ्य पुस्तकले उजागर गरेको भन्दै उनले सम्पादक तिवारीको प्रशंसा गरे।

लेखक तथा पत्रकारका रुपमा रिपोर्टिङ सम्पादन गर्दा पनि विद्वानहरुले सम्पादक पद नदिएको प्रसंग र भारतीय लेखक भोला चटर्जीलाई आफ्नो गुनासोसहित लेखेको लामो चिठी समावेश गरेकाले पुस्तक तथ्यपरक बन्न गएको निधिले बताए। 'यो किताब नआएको भए परियारका बारे यति धेरै जानकारी पाउने थिइन,' उनले भने, 'भावी पुस्तालाई शंकरजीले महत्वपूर्ण सम्पत्ति दिनुभएको छ।'

nimb
nimb
Ncell 2
Ncell 2

अहिले पब्लिक पोलिसी पाठशालाले अंग्रेजीमा छापेको पुस्तकलाई नेपालीमा अनुवाद गर्न पनि निधिले आग्रह गरे।

यस्तै, फिल्म निर्माता/निर्देशक यादव खरेलले फिल्म 'राजा हरिश्चन्द्र'बारेको बहस र विवादलाई ठूलो रुपमा लिन नहुने भन्दै यही नै पहिलो नेपाली फिल्म भएको प्रस्ट पारे। 'पहिलो नेपाली फिल्म आमा भनेर धेरैले भन्ने गरेका छन्। तर राजा हरिश्चन्द्रभन्दा आमा धेरै पछि बनेको हो,' उनले भने, 'लक्ष्मीनाथ शर्माको किताबले पनि यसलाई पुष्टि गर्छ।' 

तत्कालीन शाही नेपाली चलचित्र संस्थानको आफू अध्यक्ष हुँदा राजा हरिश्चन्द्र फिल्मबारे अध्ययन गर्दा डब गरेको नपाएको उनले बताए। 'यसको पोस्टरमा डिबीको नाम नहुँदा कतिपयले उनको फिल्म नभएको र पछि  नेपालीमा डबिङ गरेको पनि भन्ने गरेका छन् तर त्यस्तो होइन।'

मर्न लागेको इतिहास खोतलेर तिवारीले प्रशंसनीय काम गरेको भन्दै खरेलले थपे, 'जसरी भानुभक्तलाई मोतीरामले चिनाएका थिए, डिबी परियारलाई शंकर तिवारीले उसैगरी सबैको सामु चिनाउने काम गर्नुभएको छ।'

अर्का वक्ता कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले २००४ सालमै कलकत्ताबाट काठमाडौं आएर परियारले कांग्रेसको पर्चा छाडेको प्रसंगबाट पनि राणाशासन हटाउन उनी कति सक्रिय थिए भनेर पुष्टि हुने बताए। सम्पादकले धेरै खोज अनुसन्धाबाट परियारबारे नयाँ तथ्यहरु प्रस्तुत गरेको उनको भनाइ थियो।

गान्धी दर्शन अध्ययनका लागि भारत गएका बेला भोला चटर्जीलाई पढेपछि नै डिबी परियारसम्म पुगेको तिवारीले रचनागर्भ सुनाए। 'बिपी कि गणेशमान पहिले काठमाडौं जाने भनेर छलफल हुँदा २००४ सालमा १४ वर्षको उमेरमा डिबी परियार आउनुभयो,' उनले भने, 'सानैदेखि उहाँ क्रान्तिकारी स्वाभावका हुनुहुँदो रहेछ भन्ने यसले पनि बताउँछ।' देवव्रत परियार पूरा नाम रहेका उनले आफ्नो थर परिवर्तन गरेर कतिपय ठाउँमा डिबी परिहार पनि लेखेका छन्। 

आफूले २००४ सालदेखि उनका समकालीन साथीहरुसँग कुरा गरेर सामग्री तयार गरेको भन्दै तिवारीले २०४१ फागुनमा सुरु गरी २०४२ बैसाखमा पूरा गरेर चटर्जीलाई पठाएको लामो चिठीबाट पनि त्यसबेलाको निरासा, व्यावहारिक समस्यालाई चित्रण गरेको बताए। 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  ११:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्