काठमाडौं– अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ। शर्माले काठमाडौंको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।
ऋचा संलग्न रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ले आफ्नो फेसबुक पेजमार्फत ऋचालाई पुत्रलाभ भएकाे जानकारी दिएको छ।
ऋचा गत वर्ष दिपेक्षविक्रमण राणासँग विवाह बन्धनमा बाधिएकी थिइन्। ‘लुट’ ‘कोहलपुर एक्सप्रेस’, ‘सुनकेशरी’, ‘भिसागर्ल’लगायत फिल्ममा अभिनय गरेकी ऋचा केही समय यता रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायकको रुपमा देखिएकी थिइन्।
गत सातादेखि भने उनलाई चिकित्सकले आराम गर्न भनेकाले शोबाट बाहिरिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।