काठमाडौं- गायक तथा संगीतकार यम बरालको नयाँ गीत ‘अझ वर वर आऊ’ सार्वजनिक भएको छ। बरालसँगै प्रविशा अधिकारीको स्वर रहेको गीत सोमबार ‘ओएसआर डिजिटल’को युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।
उज्वलराज भट्टराईले लेखेको गीतमा संगीत गायक बरालले नै गरेका छन्। गीतमा एरेन्ज बलराम समालको रहेको छ भने यसलाई बिक्रम कार्कीले मिक्सिङ गरेका छन्।
अभिनेत्री बेनिशा हमाल र मोडल जोर्डन राजभण्डारीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई विकास थापाले सम्पादन गरेका छन्। बुद्ध थापा र उनको समूहले म्युजिक भिडियो खिचेको छ।
हाल म्युजिक भिडियोमा नदेखिएकी अभिनेत्री हमालले लामो समयपछि बरालको गीतमा अभिनय गरेकी छिन्। म्युजिक भिडियो नगरकोट वरपरको क्षेत्रमा छायांकन गरिएको छ। गीतका शब्दको भावजस्तै म्युजिक भिडियोमा पनि दुईबीचको प्रेमलाई प्रश्न गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।