काठमाडौं- निर्देशक सुदर्शन थापाले इंगेजमेन्ट गरेका छन्। थापाले मोडल तथा समाचारवाचिका सुप्रिया कटुवालसँग इंगेजमेन्ट गरेका हुन्। आफ्नो जन्मदिनको छेको पारेर थापाले आफ्नी प्रेमिका कटुवालसँग इंगेजमेन्ट गरे।
'म यस्तो गीत गाउँछु २', 'मेरो एउटा साथी छ', 'प्रेम गीत'जस्ता प्रेम कथामा आधारित फिल्म बनाएका थापा विगत ६ महिनादेखि कटुवालसँग प्रेम सम्बन्धमा थिए।
सोमबार उनीहरुले काठमाडौंको एक होटलमा इंगेजमेन्ट गरेका छन्। कार्यक्रममा केही चलचित्रकर्मी र आफन्त सहभागी थिए।
विगत केही वर्षअघि म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त कटुवाल केही समययता टेलिभिजन पत्रकारितमा थिइन्। हाल एपिवान टेलिभिजनमा कार्यरत कटुवाल र थापाले यसअघि प्रेम सम्बन्धबारे अस्वीकार गरेपनि एकाअर्कालाई डेट गरिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।