हुम्ला– जिल्ला प्रहरी कार्यालय हुम्लाबाट शुक्रबार बिहान कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त फरार भएका छन्।
ज्यान मार्ने अभियोग लागेका खार्पुनाथ गाउँपालिका–३ चंखेलीका लोकेन्द्र बुढा र सार्वजनिक अपराधमा थुनामा रहेका लेख्य परियार फरार भएका थिए।
फरार भएको केही घन्टापछि नै बुढालाई कर्णाली पारीको मेलगाढाबाट नियन्त्रणमा लिइसकिएको र परियारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।