काठमाडौं– शनिबार बिहान ललितपुरमा बस दुर्घटना भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।
कलंकी–भक्तपुर चल्ने मध्य उपत्यकाको बा ४ ख ३८ नम्बरको बस अनियन्त्रित भएर एकान्तकुनास्थित सडकमा पल्टेको हो।
ललितपुर प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन्। दुर्घटनापछि चालक भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
चालकको लापरबाहीका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।