प्रतिकात्मक तस्बिर।
खोटाङ- खोटाङ हलेसी तुवाचुङ नगरपालिका-१० बाट प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ४९ वर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन्। भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा शनिबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनहरुको घर खानतलासी गर्दा दुवैजनाको घरबाट अवैध रुपमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक बरामद गरेको हो।
बन्दुक बरामद भएपछि उनीहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।