काठमाडौं– कोभिड–१९ दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबलकार आइतबार (आज) देखि पुनः सञ्चालनमा आएको छ।
स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै केबलकार सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
कोभिडको संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई–सेवा, फोन–पेजस्ता डिजिटल माध्यमबाटै यात्रुले टिकट खरिद गर्नसक्ने व्यवस्था गरेको छ।
केबलबारसँगै कम्पनीले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेस्ट पनि सञ्चालनमा ल्याएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।