काठमाडौं– कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द रहेको मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ।
स्वास्थ्य मापदण्ड पालना गरेर केवलकार सञ्चालनमा ल्याउने तयारी गरिएको चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।
कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबार इ–सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था मिलाएको जनाएको छ।
केबलकार सञ्चालनमा आए पनि मनकामना मन्दिर भने खुलेको छैन। मन्दिर खोल्नेबारे जिल्ला प्रशासन कार्यालय गोरखाले छिट्टै निर्णय गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।