काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सिन्धुपाल्चोकको बाह्रबिसेमा सुविधा सम्पन्न नयाँ शोरुम 'सिन्धु अटो कन्सर्न प्रालि' सञ्चालनमा ल्याएको छ।
बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम सञ्चालनमा ल्याएको हो। यस उद्देश्यलाई सार्थक बनाउन सिन्धु अटो कन्सर्न प्रालिका प्रोपाइटर राजेश श्रेष्ठलाई डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ।
'बजाज ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम महत्त्व प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ। नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ। यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ।'
नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताए। 'हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। बाह्रबिसेमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने छन्,' गोल्छाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।