काठमाडौं– रियालिटी शो कमेडी च्याम्पियनमा निर्णायकको भूमिकामा रहेकी अभिनेत्री ऋचा शर्माले केही समयलाई उक्त शोबाट विदा लिएकी छिन्।
उक्त शोको दोस्रो संस्करणको अन्तिम तीन छनोट हुँदासम्म निर्णायको रुपम रहेकी ऋचा आफ्नो आमा बन्ने मिति नजिकिएकाले शोबाट केही समयलाई बाहिरिएकी हुन्।
कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा छानिएका छन्। प्रतियाेगिताकाे फाइनल असोज २ गतेलाई तोकिएको छ। यो समयमा आफूलाई चिकित्सकले आराम गर्न भनेकाले शोबाट बाहिरिएको ऋचाले बताएकी छिन्।
‘मलाई डाक्टरले दिएको आमा बन्ने डेट पनि यही समयमा हो,’ ऋचाले भनेकी छिन्, ‘आजसम्म उपस्थित हुन सकेपनि अब आराम गर्नुपर्छ।’
हालसम्म शोमा देखिएकी ऋचा अब भने उपस्थित हुने छैनन्। असोज २ गते हुने फाइनलमा अन्य निर्णायक सन्तोष पन्त, मनोज गजुरेल र प्रदीप भट्टराई देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।