काठमाडौं- रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करणको अन्तिम तीनमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाले स्थान बनाएका छन्।
निर्णायकको छनोटबाट भरतमणि गत साता शोको फाइनलमा पुगेका थिए। विक्की, सन्तोष र हिक्मतबीच भने दर्शकले दिने भोटमार्फत प्रतिस्पर्धा भएको थियो। अन्तिम चारसम्म पुगेका हिक्मत, विक्की र सन्तोषमध्ये हिक्मत बाहिरिएका छन्।
शोको निर्माण पक्षका अनुसार आगामी असोज २ गते फाइन हुनेछ। हाललाई उत्कृष्ट तीनमा पुगेका प्रतिस्पर्धिहरु आफ्नो गृहजिल्ला भ्रमणमा गएका छन्। अब उनीहरु फर्किएपछि फाइनल हुनेछ।
उत्कृष्ट तीनमा प्रतिस्पर्धा गरिरहेका भरतमणि ताप्लेजुङबाट आएका हुन् भने सन्तोष गोर्खाबाट आएका हुन्। विक्की भने भारतको सिक्किमबाट नेपाल आएर कमेडी च्याम्पियनको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।