पर्सा– एक नक्कली इन्सपेक्टर पक्राउ परेका छन्।
आफु सिआईबीको इन्सपेक्टर हुँ भन्दै धम्काउने सखुवाप्रसौनी गाउँपालिका १ शितपुर बस्ने १९ बर्षीय श्रीराम महतोलाई प्रहरीले पक्राउ गरेको हो।
उनले आफु सादा पोशाकमा हिड्ने इन्सपेक्टर हुँ भन्दै व्यवसायीहरुलाई धम्काएका थिए। उनीसँग प्रहरीको नक्कली परिचयपत्र समेत बरामद भएको पर्साका डिएसपी राजन लिम्बुले बताए।
ठगी मुद्दामा उनीविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।