फाइल तस्वीर
काठमाडौं– कोभिड–१९ संक्रमणकै बीच नेपाल भित्रने विदेशीको संख्या बढेको छ। अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अगस्टमा करिब छ हजार विदेशी नेपाल आएका छन्।
यो संख्या जुलाईको तुलनामा दोब्बर बढी हो। जुलाईमा दुई हजार ९९१ जना विदेशी नेपाल भित्रिएका थिए।
अगस्टमा नेपाल भित्रिएकामध्ये सबैभन्दा धेरै भारतबाट एक हजार ९८५ आएको तथ्यांक छ । त्यसपछि संंयुक्त राज्य अमेरिकाबाट एक हजार २४४, बेलायतबाट ४१६ र चीनबाट २५३ जना विदेशी भित्रिएको विभागले जनाएको छ।
विभागका अनुसार अगस्टमा विभिन्न ३३ वटा देशबाट विदेशी नेपाल आएका छन्। जसमध्ये सार्क क्षेत्रका पाँच देशबाट दुई हजार १९२, सार्कबाहेक अन्य आठवटा एसियाली देशबाट ४२३, युरोपबाट एक हजार १५, अस्ट्रेलिया र न्युजिल्यान्डबाट संयुक्त रूपमा ७० जना विदेशी नेपाल आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।