काठमाडौं– गण्डकी प्रदेशको पोखरा र प्रदेश २ को सिमराबचि सीधा उडान सुरु भएको छ। बुधबारदेखि बुद्ध एयरले साताको तीन दिन पोखरा–सिमरा उडान थालेको हो। अन्तरप्रदेश उडानले दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सरोकारवालाको भनाइ छ।
लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश २ ले विशेष पहल गरेका थिए।
पोखरा–सिमरा हवाई सेवाबाट जोडिएका अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ एवं बुद्ध एयरको सहकार्यमा बुधबार उडानमार्फत सिमरा आएको गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलसहितको टोलीले विभिन्न सरोकारवाला निकायसँग छलफल एवं अन्तक्र्रियासमेत गरेको थियो।
अन्तरक्रियामा वक्ताले पोखरा–सिमरा उडानले दुवै प्रदेशबीचका सम्बन्धलाई थप प्रगाढ बनाउँदै पर्यटकीय साझेदारीका साथै औद्योगिकलगायतका हरेक क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्था मन्त्री कँडेलले भारतीय पर्यटकसहित वीरगञ्ज र समग्र प्रदेश नं २ का पर्यटकलाई मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्राका लागि उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे। उडानबाट गण्डकी प्रदेश र प्रदेश नं २ दुवै लाभान्वित बन्ने विश्वास उनको छ।
प्रदेश नं २ का उद्योग, पर्यटन मन्त्री रामनरेश राय यादवले प्रदेश हवाई उडानमार्फत जोडिनु महत्त्वपूर्ण उपलब्धि भएको जनाउँदै यसलाई व्यवस्थित र नियमित बनाउनेतर्फ सबैको चासो पुग्नुपर्नेमा जोड दिए।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।