काठमाडौं- नेपाली सेनाका कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र इजरायली राजदूत हानन गोदेरबीच भेटवार्ता भएको छ।
प्रधानसेनापतिको कार्यकक्षमा बुधबार दिउँसो भेटवार्ता भएको जंगी अड्डाले जनाएको छ। भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।