काठमाडौं- यस वर्षको अटम सिजनमा मनास्लु हिमाल आरोहणका लागि दुई टोलीले अनुमति पाएका छन्। पर्यटन विभागले आज दुई टोलीलाई मनास्लु आरोहणका लागि स्वीकृति दिएको हो।
आरोहण अनुमति पाउने पहिलो टोलीमा १५ जना रहेका छन्। जसमा महिला पाँच र पुरुष १० जना रहेको विभागले जनाएको छ। यो टोली यस वर्षको अटम सिजनका लागि अनुमति पाउने पहिलो हो।
यसैगरी आजै अनुमति पाएको दोस्रो टोलीमा १० जना रहेका छन्। उनीहरु सबै पूरुष रहेको विभागले जनाएको छ।
विश्वको आठौं अग्लो हिमाल मनास्लुको उचाई ८,१६३ मिटर रहेको छ।
दुई टोलीबाट आरोहणका लागि अनुमति दिएबापत् २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।