• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘स्पेस’को खोजीमा ईश्वर पोखरेल

64x64
डिबी खड्का मंगलबार, भदौ १५, २०७८  २०:१६
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेले आउँदो मंसिर १० देखि १२ सम्म काठमाडौंमा दशौं महाधिवेशन गर्ने मिति तय गरेको छ। २०७९ वैशाखभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा रहेको एमालेले अन्तिम समयसीमाभन्दा पाँच महिनाअगावै महाधिवेशन गर्ने तयारी गरेको हो। भर्खरै पार्टी विभाजन भोगेको एमाले आसन्न महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन चाहन्छ। 

एमालेले आफ्नो विधानमै ‘प्यानलगत’ प्रतिस्पर्धा हुन नदिने व्यवस्था गर्न लागेको छ। अध्यक्ष र केन्द्रीय सदस्य मात्र महाधिवेशनबाट चयन गर्नेगरी, बाँकी पदाधिकारी केन्द्रीय कमिटीबाट छान्ने तयारी अघि बढेसँगै नेतृत्व तहका आकांक्षी नेताहरु त्यहाँ आफ्नो ‘स्पेस’ खोज्न थालेका छन्। अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने निश्चित देखिन्छ। त्यो अवस्थामा ओलीसँग भिड्ने हिम्मत अहिलेको एमालेमा बाँकी नेताहरुले जुटाउन सक्ने सम्भावना देखिँदैन। कथं ओली नेतृत्वमा नदोहोरिने अवस्था बन्यो भने त्यसका लागि आफू आकांक्षी मात्रै होइन, योग्य समेत रहेको दाबी ती नेताहरुले गर्न थालेका छन्। 

त्यसको सुरुआत महासचिव ईश्वर पोखरेलले गरेका छन्। महाधिवेशनबाटै दुई पटक महासचिव निर्वाचित भएका पोखरेललाई तेस्रो पटक महासचिव बन्न एमालेको विधानले दिँदैन। अब उक्लिनुपर्ने ठाउँ अर्थात् अध्यक्षको कुर्सी ओलीले खाली गर्ने सम्भावना कम छ। त्यसो भए पोखरेलको ठाउँ कहाँ त? त्यही ठाउँ आफूले खोजिरहेको संकेत उनले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गरे।

अध्यक्षका लागि आकांक्षा
पार्टीमा चुलिएको विवादका कारण विभाजनकै मार खेपेको एमालेले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’को समूहलाई पनि सन्तुष्ट राख्नुपर्नेछ। साथै, एमालेकै नेताहरुलाई पनि व्यवस्थापन गर्नुपर्नेछ। निश्चित पदमा आकांक्षीको संख्यो ठूलो भएकै कारण नेताहरुले आफ्ना लागि ‘स्पेस’ खोज्ने वा त्यस्तो ‘स्पेस’ सिर्जना गर्न लगाउनुपर्ने अवस्था निर्माण भएको हो। सायद त्यसकै लागि आफ्नो योगदान, इतिहास, रुची र क्षमता ‘सम्झाइरहनु’ पर्ने आवश्यकता पनि उनीहरुले देखिरहेका छन्। 

एमालेको पूर्ववत् विधानअनुसार ‘रिटायर्ड’ हुनुपर्ने उमेरमा पुगेका अध्यक्ष ओली नदोहोरिँदा आफू अध्यक्षको स्वाभाविक दाबेदार रहेको महासचिव पोखरेल बताउँछन्। सोमबार राजधानीमा आफैंले आयोजना गरेको एक अनौपचारिक छलफलमा उनले आफ्नो इतिहास, योगदान र निष्ठाले अध्यक्षका लागि ‘लायक’ बनाइसकेको दाबी प्रस्तुत गरे। आफ्नो ‘योगदान’लाई शृंखलाबद्ध रुपमा पेस गरेका पोखरेललाई पत्रकारले सोधेका थिए, ‘यो सबै उल्लेख गरेर तपाईंले एमालेको अध्यक्षमा दाबी गर्न खोज्नुभएको हो?’

पोखरेलको जवाफ थियो, ‘व्यक्तिगत हिसाबले मेरो इतिहास, निष्ठा, क्षमताले म डिजर्भ गर्छु भनिरहनै परेन। तर, त्यो संवेदनशील घडी (महाधिवेशनको समय)मा आवश्यकता के बन्छ? देशभरिका कार्यकर्ताको चाहना के हुन्छ? परिस्थिति के बन्छ? त्यो कुरालाई हेक्का राख्नुपर्छ।’

दाबी पुष्टि गर्न सम्झाएको इतिहास
पोखरेलले आफू २०३२ सालदेखि वाम राजनीतिको केन्द्रमा रहेको स्मरण गरे। विस्मृतितर्फ धकेलिँदै गएको आफ्नै इतिहासलाई ‘फ्ल्यासब्याक’ भन्दै क्रमबद्ध सम्झिए। आफ्नो इतिहासमा उनले त्याग, धैर्य, निष्ठा र सक्रियताको अन्तरघुलन गराए। 

आफू २०३३ सालमा को–अर्डिनेसन केन्द्रको सदस्य भएको स्मरण गरेका पोखरेलले २०३५ सालमा को–अर्डिनेशन केन्द्रको तेस्रो सम्मेलन हुँदा त्यसको आयोजक र व्यवस्थापक आफू रहेको समेत उल्लेख गरे।  

nimb
nimb
Ncell 2
Ncell 2

त्यो सम्मेलनमा नख्खु जेल ‘ब्रेक’ गरेर निस्कने सिपी मैनालीलगायत नेता तथा पुष्पलाल समूहबाट बिद्रोह गरेर आएका मुक्ति मोर्चाका मोदनाथ प्रश्रित, जीवराज आश्रित, मदन भण्डारीलगायत रहेको उनले सुनाए। पोखरेलले सम्झिए, ‘त्यो सम्मेलनको व्यवस्थापन मैले गरेको रहेछु। त्यो ठाउँ धनुषा जिल्लाको भूमिहीनको बस्ती थियो।’ 

२०३५ पुस ११ गते माले बन्यो। माले बनिसकेपछि त्यसलाई शक्तिका रुपमा स्थापित गर्न आफ्नो योगदान रहेको पनि पोखरेलले सुनाए। उनले भने, ‘२०३७ सालमा त्यसबेलाको मालेले चिनियाँ कम्युनिस्ट पार्टीसँग सहकार्य गर्नुपर्छ भनेर हामी लाग्यौं। म र सिपी मैनाली भिसा लिएर होइन, हिमाल क्रस गरेर चीन पुगेका थियौं। त्यस्तो गरेको होइन होला जस्तो लाग्छ अहिले। हामीलाई चीन जाने बाटो खोज्न तीन महिना लाग्यो। सिन्धुपाल्चोकको बाटोबाट गएका थियौं।’ 

चीनबाट कम्युनिस्ट पार्टीलाई कसरी जनतामाझ लोकप्रिय बनाउने भन्नेबारे चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव लिएर फर्केको उनले सुनाए।  

२०४६ सालमा भएको चौथो महाधिवेशनमा पनि आफू आयोजक र व्यवस्थापक रहेको पोखरेलले स्मरण गरे। ‘तपाईंहरुलाई अचम्म लाग्ला, त्यो पनि सिरहामा मेरै कार्य क्षेत्रमा भयो। त्यसको आयोजक र व्यवस्थापक पनि म नै थिएँ,’ उनले सुनाए, ‘जुन महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुन्यो, आकांक्षी अरु पनि थिए। भण्डारीको व्यक्तित्व नै त्यस्तो थियो, त्यसैले कसैको केही चलेन।’

मालेको सातौं केन्द्रीय कमिटी बैठकको व्यवस्थापन पनि आफूले गरेको उनले बताए। पोखरेलका अनुसार त्यो बैठक महोत्तरी र सिन्धुलीको बीचमा कालापानी भन्ने ठाउँमा गरिएको थियो। 

सधैँ मूलधारमा रहेको दाबी 
कम्युनिस्ट पार्टीहरुमा आरोह अवरोह आइरहे। तर, आफू सदा मूलधार (अहिलेको एमाले)मा रहेको उनले दोहोर्‍याए। तत्कालीन को–अर्डिनेशन केन्द्रदेखि मालेसम्म आफूले मूल नेतृत्वमाथि भएका प्रहार रोकेको र साथ दिएको उनको संकेत थियो। 

को–अर्डिनेशन केन्द्रका विषयमा उनले भने, ‘त्यसबेला भर्खर आगो बल्दै थियो, झिल्का निस्किँदै थियो। झापा आन्दोलन भएको थियो। उग्रवाद सच्याउने प्रयास गर्दैै थियौं। पार्टीमाथि हमला हुन थाल्यो।’

त्यहीबेला एक पक्षबाट को–अर्डिनेशन केन्द्रको ‘नेतृत्व दक्षिणपन्थी भयो, बिग्रियो’ भनेर हमला सुरु गरिएको उनको भनाइ छ। अर्को पक्षबाट ‘को–आर्डिनेशन केन्द्र उग्रवामपन्थ नै छ, सच्याउने नामोनिशान छैन’ भन्दै आलोचना भएको उनले सम्झिए। ‘एउटा हमला गर्ने केन्द्रकै नेता रामचन्द्र यादव हुनुहुन्थ्यो, उहाँ पोलिटब्यूरोमा हुनुहुन्थ्यो। भारतको हुनुहुन्थ्यो, नेपालमा जुटमिलको मजदुर। यो पार्टी दक्षिणपन्थी भयो भन्ने उहाँको दाबी थियो। अर्कोतर्फ यो को–अर्डिनेशन केन्द्र उग्रवामपन्थी भयो, चारु मजुम्दारको लाइनबाट अघि बढेको छ भनेर हमला भयो’, पोखरेलले भने, ‘त्यसको अगुवाई मणिलाल राईले गर्नुभएको थियो। सिरहाको उहाँ तेजतरार, जाज्वल्यमान, श्रमजीबि वर्गबाटै आएको, पढेलेखेको मान्छे हुनुहुन्थ्यो।’

त्यो हमलाको निष्कर्श ‘बमवार्ड द हेडक्वार्टर’ रहेको उनको बुझाइ छ। भने, ‘हमला  छेउछाउमा बसेकाले गरेको होइन, पार्टीकै हस्तीहरुबाटै भएको हो। लौ न नि के गर्ने? भनेर हामी तलमाथि भएनौं। त्यो हमला भइरह्यो। त्यसपछि माले बनायौं।’

माले बनिसकेपछि त्यो बलियो शक्तिका रुपमा स्थापित भएको उनले स्मरण गरे। तत्कालीन समयमा सञ्चारमाध्यमले ‘तेस्रो शक्तिको उदय’ भएको भनेर लेखेको पनि उनले सम्झिए। 

२०३९ सालमा फेरि नेतृत्व अप्ठ्यारोमा परेको स्मरण गर्दै पोखरेलले भने, ‘त्यसबेला सिपी मैनाली महासचिव हुनुहुन्थ्यो। उहाँको त्यो बिम्ब अहिले याद आउँछ। उहाँको बिम्ब कस्तो भने कुनै वायुपंखी घोडामा नायक चढेको, हातमा तरबार चम्काएर जित्दै हिँडिरहेको, विजयी राजकुमार जस्तो। त्यस्तो सिपी मैनाली पार्टीभित्र, केन्द्रीय कमिटीभित्र पूर्णतः एक्लो, केही चिज गर्न नसक्ने, कसैका कुरा नसुन्ने हुनुभयो।’ 

बाहिरको दुनियाँले सिपी मैनालीले नेतृत्व गरेको माले भनेर बुझेको, तर पार्टीभित्र मैनाली स्खलित भएर पार्टी चलाउन नसक्ने अवस्थामा रहेको पनि उनले उनले उल्लेख गरे। त्यस्तो समयमा बसेको बैठकलाई आफूले व्यवस्थापन गरेको दाबी गर्दै उनले भने पनि, ‘त्यो बैठकमा हाम्रो मनस्थिति नै अस्थिर थियो। अब को हो नेता? सिपीपछि को हो? कसले बोल्ने? एउटालाई धकेलेर महासचिव बन भन्दा म हुन्न कि हुन्न भन्ने। अर्कोले पनि हुन नखोज्ने।’ 

त्यस्तो समयमा आफूले पार्टीलाई सम्हाल्न सक्दो कोशिस गरेको कुरालाई उनले संकेतका रुपमा प्रस्तुत गरे। 

ओलीसँग नलड्ने, अरुलाई नछाड्ने
पोखरेलले आगामी महाधिवेशनमा ओलीसँग नलड्ने, तर अरुलाई नछाड्ने संकेत गरेका छन्। ओलीका विषयमा उनको स्पष्ट बुझाइ छ, ‘अहिले राष्ट्रिय राजनीति दुई ध्रुबमा विभाजित छ। एक ध्रुबको नेतृत्व केपी ओलीले गरेको वास्तविकतालाई अस्वीकार गर्न सकिँदैन।’ 

ओली स्वयंले पनि आगामी महाधिवेशनबाट आफू अध्यक्षमा दोहोरिने संकेत गरिसकेका छन्। पार्टी फुटबाट गुज्रिएकाले यस्तो अवस्थामा ओलीले नै नेतृत्व लिनुपर्ने मतहरु एमालेमा पनि प्रभावशाली बन्दै गएका छन्। 

तर, राष्ट्रिय राजनीतिमा आउने बद्लाव र पुस्तान्तरणको कुराले मंसिरसम्म अर्कै माहोल बनाइदिन सक्छ। त्यो अवस्थाको आकलन पनि नेतृत्वका आकांक्षीहरुले गरिरहेका छन्। जस्तो कि, गत भदौ ११ गते एमालेको पत्रकार सम्मेलनमा ओलीले आफूलाई ‘अर्को व्यवस्था नभएसम्म’का लागि अध्यक्ष भनेका थिए। उनको भनाइ थियो, ‘स्वाभाविक रुपमा म अनुकूल समयमा जिम्मेवारी हस्तान्तर गर्ने कुराको पक्षमा हुन्छु। त्यसमा विश्वास गर्छु।’ हालसम्म ‘कक्षा नदोहोर्‍याएको’ बताउने ओलीका लागि आगामी महाधिवेशन जिम्मेवारी हस्तान्तरणका लागि ‘अनुकूल समय’ पनि बन्न सक्छ। 

तर, ओलीले हस्तान्तरण गर्दा अध्यक्षको जिम्मेवारी पाउने लाइनमा पोखरेल मात्रै छैनन्। पार्टीको अन्तरसंघर्षका समयमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका उपाध्यक्ष भीम रावल एमालेमै बसेका छन्। उनले अध्यक्ष ओलीसँग ‘दोस्रो वरियता’को डिल गरेको चर्चा अझै सेलाएको छैन। 

नेकपा कालमा उपमहासचिव विष्णुप्रसाद पौडेलले महासचिव पोखरेललाई उछिनिदिए। तत्कालीन पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरेलको ठाउँमा पौडेललाई महासचिवको जिम्मेवारी दिए। यसैगरी सुवास नेम्वाङलाई पनि दाबेदारका रुपमा हेरिएको छ।

आगामी महाधिवेशनमा ओलीले अध्यक्ष नदोहोर्‍याउने अवस्था आउँदा यी नेताहरु अघि सर्ने अवस्था बन्न सक्छ। यही ‘जे पनि हुन सक्ने’ अवस्थालाई आकलन गरेर पोखरेलले सक्रियता बढाएको स्पष्ट देखिन्छ। 

नेकपाः सुन्दरीको दिमाग र विद्वानको अनुहार
नेकपाको कालखण्ड ईश्वर पोखरेलका लागि सहज रहेन। पार्टीको कार्यकारी अधिकारबाट सुरुमै पर धकेलिएका पोखरेलले मन्त्रालय पनि आमजनसँग जोडिएको पाउन सकेनन्। उपप्रधानमन्त्री तथा रक्षामन्त्री रहेका उनी पछिल्लो समय मन्त्रालयबिहीन उपप्रधानमन्त्रीमै सीमित हुनुपर्‍यो। 

नेकपाकाललाई पोखरेल ‘सुन्दरीको दिमाग र विद्वानको अनुहार’का रुपमा व्याख्या गर्छन्। एमाले र माओवादी केन्द्रको असफल एकताले उनले दोहोर्‍याइरहने यो उक्तिलाई पुष्टि गरेको छ। त्यही उक्ति सोमबार पनि दोहोर्‍याए । जुन यस्तो छ:
साहित्यका लागि नोबेल पुरस्कार विजेता जर्ज बनार्ड शालाई एक दिन एउटी सुन्दरीले प्रस्ताव गरिन्– ‘तपाईं र म बिहे गरौं। म जस्तै सुन्दर र तपाईं जस्तो विद्वान भएको सन्तान जन्मियो भने त्यो विलक्षण हुन्छ।’ 

शाको उत्तर थियो, ‘यदि तिम्रो जस्तो दिमाग र मेरो जस्तो अनुहार भयो भने नि! त्यस्तो अवस्थामा के होला सुन्दर?’

एमाले र माओवादी एकतामा शाको संशय यथार्थमा परिणत भएको पोखरेलको निक्र्योल छ। उनको बुझाइ छ, ‘यी दुई पार्टीका नराम्रा कुरा मिले। माओवादीको संगठन व्यवस्थित थिएन। विचार थिएन। एक्काइसौं शताब्दीको जनवाद के हो? प्रचण्डपथ के हो? स्पष्ट थिएन। एमाले विचार, संगठनका हिसाबले सुगठित पार्टी थियो। जनतामा स्थापित नेता थिए। पार्टी जीवनको लोकतन्त्रीकरणको नाममा हामी प्यानलका कारण विभाजित थियौं।’

माओवादी र एमाले मिसिँदा एमालेको गुटबन्दी र माओवादीको भद्रगोल मिलेको उनले बताए। उनले भने, ‘माधव नेपालसँग केन्द्रीय कमिटीमा ४५ प्रतिशत पकड थियो। तर, उहाँले नेतृत्वका लागि कहिल्यै प्रतिस्पर्धा गर्नुभएन। नवौंमा गर्नुभयो, पराजित हुनुभयो। माओवादी अध्यक्ष प्रचण्डमा विरोधमा खेल्ने र ढाडमा टेकेर टाउकोमा हान्ने स्वभाव थियो। उहाँहरुको मिलन सुन्दरीको बुद्धि र विद्वानको अनुहार मिलेजस्तो भयो।’ 

नेकपाको बिग्रहपछि एमालेमा आएको विभाजनले पार्टीलाई नयाँ तरिकाले अघि बढ्नुपर्ने ठाउँमा ल्याइपुर्‍याएको उनको आत्मस्वीकृति छ। नेता नेपालको बहिर्गमनपछि अवस्था धेरै बिग्रिएको धेरैको बुझाइलाई उनले इन्कार गरे। माले कालमा सिपी बाहिरिए जस्तै नेपालको ‘एक्लो बहिर्गमन’ भएको संकेत उनले गरे। 

त्यसैले विगतको समीक्षा गरेर अघि बढ्नुपर्ने उनले बताए। भने, ‘पार्टीको पुनःव्यवस्थापन, आन्दोलनको पुनःव्यवस्थापनको काम प्रारम्भ गर्दैछौं। त्यो पुनःव्यवस्थापन भनेको के हो भने नीतिलाई थप व्यवस्थित बनाउने, वर्तमान संरचनालाई थप व्यवस्थित गर्ने र नेतृत्वको विषयलाई पनि थप व्यवस्थित गर्ने हाम्रो सोच हो।’

पार्टीलाई पुनःसंरचना गर्दैगर्दा एउटा इतिहास र अनुभव भएको व्यक्तिको आवश्यकता पोखरेल आफैंले औंल्याएका छन्। ओलीको विकल्पमा अध्यक्ष वा ओलीको नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी उनको अपेक्षा हो। महासचिवबाट बिदा हुँदै गर्दा ‘स्पेस’को खोजी नै पोखरेलको सक्रियताको कारण हो। 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान सोमबारका दिउँसाे २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनकाे अधिवेशन आह्वान गरिएकाे हाे । मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफार... मंगलबार, वैशाख २२, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्