complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
इतिहासमा कांग्रेस–९

कांग्रेसको छैटौं महाधिवेशन : बीपीको समर्थन सुवर्ण शमशेरलाई, गणेशमान पराजित

64x64
किशोर दहाल आइतबार, भदौ २०, २०७८  २१:०२
1140x725

राणा शासनको पतनपछि स्थिर सरकार गठन हुन सकेको थिएन। पार्टीहरुबीच मात्र नभइ पार्टीभित्रै पनि असझदारी बढिरहेको थियो। राजा त्रिभुवनले आफू अनुकूल सरकार र परामर्शदातृ सभा गठन र विघटन गरिरहेका थिए। २००७ को क्रान्तिको उद्देश्य र आगामी कार्यभार अलपत्र पर्दै थियो। नेताहरुबीच दरबारको दाहिना हुने र प्रधानमन्त्री हुने प्रतिस्पर्धा चल्न थालेको थियो।

यही बेला कांग्रेस विभाजित भएको थियो। मातृकाप्रसाद कोइरालाले छुट्टै पार्टी गठन गरेका थिए। यसले कार्यकर्तामा निराशा बढाएको थियो। पार्टी विभाजनपछि कैयौं नेता तथा कार्यकर्ता अर्को समूहतिर लागेका थिए।

यसैबीच २०१२ माघ ९ मा कांग्रेसको छैटौं महाधिवेशन सुरु भयो। वीरगन्जमा भएको यो महाधिवेशनले पार्टीको प्रजातान्त्रिक समाजवादी घोषणापत्रलाई स्वीकृत गर्‍यो। जहाँ, पार्टीको सामाजिक दृष्टिकोण, राजनीतिक व्यवस्था, आर्थिक नीति, शैक्षिक नीति, प्रगतिशील मजदुर नीति तथा विदेश नीति उल्लेख छ।

सो घोषणा-पत्रमा पार्टीको उद्देश्य समाजवादको स्थापना गर्ने राखियो। नेपालमा बेलायतको जस्तो लचिलो राजतन्त्र रहने पनि उल्लेख भयो। त्यस्तै, सर्वव्यापी बालिग मताधिकार, एक सदन भएको संसद्, विकेन्द्रित प्रशासन, स्वतन्त्र न्याय विभाग, लिंग, वर्ण एवम् जाति निरपेक्ष राजनीतिक तथा नागरिक अधिकारको व्यवस्था गर्ने लगायतका राजनीतिक उद्देश्य राखियो। कृषि उत्पादन बढाउन सरकारी आर्थिक सहयोग प्रदान, ऋण खारेज, बिउ एवम् मलखादको वितरण, अनुसन्धान केन्द्रहरुको स्थापना तथा नमूना कृषि फार्मको सञ्चालन लगायतका नीति उल्लेख गरियो।

‘नेपाली कांग्रेसको वैदेशिक नीति भिन्न–भिन्न राष्ट्रसँग मित्रता कायम गर्नु एवम् विश्व शान्तिका लागि प्रयत्न गर्नु हो। नेपाली कांग्रेसले कुनै पनि सामरिक गुटमा नगई संयुक्त राष्ट्रसंघको आफ्नो सदस्यलाई शान्तिको पक्षमा पूर्ण सदुपयोग गर्ने छ,’ घोषणा-पत्रको वैदेशिक नीतिमा उल्लेख छ।

त्यतिबेला बीपी कोइराला कांग्रेसलाई समाजवादी पार्टीको रुपमा स्थापित गर्न चाहन्थे। सोही अनुसार वीरगन्ज महाधेशनमा पार्टीको नीति ‘प्रजातान्त्रिक समाजवाद’ भएको घोषणा गरिएको थियो। त्यति मात्रै होइन, कांग्रेसले ‘एसियाली समाजवादी संगठनको सदस्यता प्राप्त गरोस्’ भन्ने प्रस्ताव पनि पारित गरियो।

पार्टीको विधानमा पनि समाजवादी व्यवस्था प्राप्त गर्ने उद्देश्य रहेको उल्लेख गरियो। ‘नेपाली कांग्रेसको उद्देश्य नेपालमा श्री ५ महाराजधिराजको वैधानिक नायकत्वलाई स्वीकार गरी बालिग मताधिकारको आधारमा चुनिएका विधान परिषद्‌द्वारा शोषणरहित, प्रजातन्त्रवादी, उत्तरदायी र प्रतिनिधित्व गर्ने व्यवस्था कायम गर्नु हुनेछ, जसमा सामाजिक र आर्थिक न्याय प्रत्येक नेपालीलाई प्राप्त हुनेछ र भेदभावरहित समानतापूर्ण प्रगतिशील समाजको निर्माण हुनेछ। यसको लक्ष्य प्रजातान्त्रिक पद्धतिद्वारा पूर्ण समाजवादी व्यवस्थाको अन्त्य गर्ने हो’, नयाँ विधानको प्रस्तावनामा भनियो।

सो महाधिवेशनले कांग्रेसमा नयाँ नेतृत्व चयन गर्‍यो। मतदानबाट सुवर्णशमशेर जबरा सभापतिमा चयन भएका थिए। उनको प्रतिस्पर्धी गणेशमान सिंह थिए।

Ncell 2
Ncell 2
nimb
nimb

वीरगन्ज सम्मेलनमा पार्टीको दुई वटा बलियो समूह थियो। एक समूह राजासँग सम्झौताको नीति अपनाई अन्तरिम समयको सरकारमा सहभागी हुन चाहन्थ्यो। यो समूहले सुवर्णशमशेरलाई सभापति बनाउन चाहेको थियो। 

यो पनि पढ्नुहोस्

पाँचौं महाधिवेशन : बीपी र मातृका विवादले पार्टी विभाजन

अर्को समूह गणेशमान सिंहको नेतृत्वमा थियो। जसको विचार ‘निर्वाचन नभएसम्म संघर्षको नीतिलाई नै जारी राख्नुपर्छ’ भन्ने थियो। यसरी दुई विचारधाराले वीरगन्ज महाधिवेशनमा निर्वाचन लडेका थिए।

उक्त निर्वाचनमा सुवर्णशमशेरले विजय प्राप्त गरे। उनले २२६ मत पाएका थिए। गणेशमान सिंहले १७२ मत मात्र प्राप्त गरेका थिए। सुवर्णशमशेरको विजयले त्यतिखेर नेपाली कांग्रेसमा सम्झौतावादीहरु नै बढी रहेको पुष्टि हुन्छ। (नेपालको  प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग–२, राजेश गौतम)

सो महाधिवेशनमा निवर्तमान सभापति बीपीको समर्थन सुवर्णशमशेरलाई थियो। ‘मलाई गणेशमानजीमाथि उति भर थिएन। सुवर्णजीलाई बनाउनुपर्छ पार्टीको अध्यक्ष भनेर मैले वर्किङ कमिटीमा सुझाव गरेको थिएँ, म त हट्छु भनेको थिएँ। अध्यक्ष भएको हुनाले मैले सुवर्णजीको निम्ति प्रचार गर्न जान पनि भएन। तर, सबैलाई थाहा थियो, म सुवर्णजीलाई समर्थन गरिरहेको थिएँ। गणेशमानजीले ठूलो अभियान गर्नुभयो। सायद मेरो परिवार पनि विभाजित भयो। गिरिजाले गणेशमानलाई मत दियो कि के गर्‍यो, मलाई थाहा छैन’, बीपीको आत्मवृतान्तमा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

छैटौं महाधिवेशनपछिको कार्यसमिति सभापतिमा सुवर्णसमशेर, महामन्त्रीद्वयमा विश्वबन्धु थापा र डा.तुलसी गिरी रहे। त्यस्तै, सदस्यहरुमा, कृष्णप्रसाद भट्टराई, श्रीभद्र शर्मा, गिरिजाप्रसाद कोइरालालगायत चयन भए।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्