काठमाडौं- बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो प्रशंसकले लेखेको एक कवितामा आफूले आवाज दिएका छन्।
बच्चनले वाचन गरेको कवितालाई उनी अभिनित नयाँ फिल्म ‘चेहरे’का निर्माता आनन्द पण्डितले युट्युबमा राखेका छन् भने बच्चन आफैंले पनि आफ्नो इन्स्टाग्राममार्फत उक्त कविता बाचन गरेको भिडियो सार्वजनिक गरेका छन्।
बच्चनले वाचन गरेको कविता उनी अभिनित नयाँ फिल्म ‘चेहरे’को सेरोफेरोमा रहेर लेखिएको छ। उनका प्रशंशक विकासले लेखेका यी कविता लेखेका हुन्।
इन्स्टाग्राममा आफूले वाचन गरेको कविताको भिडियो सार्वजनिक गरेका बच्चनले यसको बारेमा आफ्नो ब्लगमा पनि लेखेका छन्। कविताको श्रृङ्खलामा पाँच वटा कविता रहेको उनले आफ्नो ब्लगमा उल्लेख गरेका छन्। दैनिक एक एक कविता सार्वजनिक हुने उनले बताए।
अमिताबको नयाँ फिल्म चेहरे २६ अगस्टबाट प्रदर्शनमा आएको छ। फिल्मलाई रुमि जेफरीले निर्देशन गरेका छन् भने रञ्जित कपुरले यसको कथा लेखेका छन्।
फिल्म सन् १९५६ मा सार्वजनिक भएको सोही नामको उपन्यासमा आधारित छ, जसलाई फेडरिक डुरेनम्याटले लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।