काठमाडौं– बैंकिङ कसुरको मुद्दामा प्रहरीले एक शाखा अधिकृतलाई पक्राउ गरेको छ।
बर्दियाको गेरुवा गाउँपालिकामा कार्यकारी अधिकृतका रुपका कार्यरत भीम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको पत्रका आधारमा बर्दिया प्रहरीले उनलाई पक्राउ गरेको हो। बर्दिया प्रहरीले पक्राउ गरी महाराजगञ्ज प्रहरीमा बुझाएको छ।
खातामा पैसा नभएको चेक दिएर ठगी गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। १० लाख रुपैयाँभन्दा धेरै रकमको चेक दिएर उनले ठगी गरेको उजुरी महाराजगञ्ज वृत्तमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।