• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत १६, २०८२ Mon, Mar 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

चाडपर्वमा फुर्सद नहुने कलाकारलाई अहिले छैन निम्ता, विकल्प खाेज्ने चिन्ता

64x64
युवराज भट्टराई मंगलबार, भदौ १५, २०७८  ०७:०४
1140x725

काठमाडाैं– गायक पशुपति शर्माले दुई वर्षदेखि कुनै पनि सांस्कृतिक कार्यक्रममा गाउन पाएका छैनन्। न त उनलाई गाउनका लागि विदेशबाट नै निम्ता आएको छ।

सामान्य अवस्था हुन्थ्यो त यतिबेला शर्मालाई भ्याइ–नभ्याइ हुन्थ्यो। प्रायः वर्षैभरि देश/विदेशका सांस्कृतिक कार्यक्रममा व्यस्त हुने उनलाई चाडबाडको बेला त फुर्सदै हुँदैन थियो।

तर, कोरोना महामारीले सांस्कृतिक कार्यक्रम र महोत्सव दुई वर्षदेखि ठप्प छन्। २०५८ सालदेखि लोकगायनमा सक्रिय शर्माले अहिलेसम्म यस्तो अवस्था भोगेका थिएनन्। ‘जनयुद्ध होस् वा भूकम्पको समय, यसरी कार्यक्रमविहीन हुनु परेको थिएन,’ उनी भन्छन्।

शर्माले दुई वर्षयता गाएका केही गीत युट्युबमा रिलिज भएका छन्। यो अवधिमा उनले करिब दुई दर्जन गीत गाए। उनले आवाज दिएको तीजको गीत ‘दाजुभाइ तीज’ गएको ६ भदौमा युट्युब च्यानलमा रिलिज भएको छ। 

विभिन्न कम्पनीले तयार पार्ने गीतमा आफ्नो आवाज दिएवापतको निश्चित पारिश्रमिक अहिले उनको आम्दानीको स्रोत हो। शर्मा भन्छन्, ‘पहिले कमाएको आम्दानीले नै अहिले खर्च चलिरहेको छ। आफ्नो खर्चदेखि छोराछोरीको स्कुलको फीसम्म पहिलेकै कमाइ हो।’

कोरोना महामारी सुरु भएयता मनोरञ्जन क्षेत्रसँगै बेलाखबत भइरहने सांस्कृतिक कार्यक्रम बन्द भएपछि कलाकारहरुको आम्दानी सुकेको छ। महामारीमा कलाकारहरुले भोग्नु परेको आर्थिक र सामाजिक नोक्सानी हिसाब नै गर्न नसकिने गायक प्रकाश सपुत बताउँछन्। ‘आर्थिक हिसाबमा कार्यक्रमहरु नहुँदा नोक्सानी त भएको छ, त्योबाहेक हामी दर्शकसम्म पुग्न पनि सकेका छैनौं, हाम्रो सिर्जनशिल समय यत्तिकै गएको छ। यसको भरपाई कुनै पनि हिसाबमा हुँदैन,’ उनी भन्छन्।

कतिपय कलाकार त कला क्षेत्रबाटै विस्थापन हुनपर्ने चिन्तामा छन्। लोकगायिका रमिला न्यौपाने महामारीका कारण कलाकारलाई समस्या भइरहँदा यो क्षेत्रमा लागिरहन समस्या हुने बताउँछिन्। उनले गत वर्ष तीजको छेको पारेर एउटा गीत निकालेकी थिइन्। यो वर्ष तीज विशेष दुई गीत निकालिन्। त्यसबाहेक कोरोना कहरकै बीच उनको ‘नाई भन्न पाई’ एल्बम पनि निक्लेको थियो।

न्यौपाने विभिन्न निर्माण कम्पनीसँग सहकार्यमा काम गरिरहेकी छन्। उनको आफ्नै युट्युब च्यानल र निर्माण कम्पनी छैन। स्टेज कार्यक्रम नहुँदा केही कम्पनीका गीत गाएर दैनिकी चलाइरहेकी छन्। 

Ncell 2
Ncell 2

गायिका मञ्जु पौडेलका लागि वैशाखदेखि नै तीज सुरु हुन्थ्यो। दसैं, तिहारजस्ता चाडबाडको समयमा सांस्कृतिक कार्यक्रममा व्यस्त हुन्थिन्। तर, दुई वर्षयता आफ्नो आम्दानीको मुख्य स्रोत नै गुमेको उनको भनाइ छ। 

विकल्प खोज्दै कलाकार
गायिका न्यौपानेलाई अहिले गायनसँगै अरु कुनै क्षेत्रमा पनि लाग्नुपर्ने महसुस भएको छ। यसअघि कमाएको आम्दानीबाटै अहिले दैनिकी चलाइरहेको उनी बताउँछिन्। ‘अहिले बाँच्न गाह्रो हुने अवस्था आएपछि गीत–संगीतसँगै अर्को कुनै व्यवसायमा हात हाल्नु पर्ने रहेछ भन्ने लागेको छ,’ उनी भन्छिन्, ‘यो क्षेत्रमा मात्रै संलग्न हुँदा विस्थापित भइने डर हुन थालेको छ।’

महामारी सुरु भएयता रेकर्ड हुने गीतमा पनि कमी आएको छ। स्टेज कार्यक्रमको तुलनामा थोरै आम्दानी हुने व्यावसायिक गायन पनि नहुँदा कलाकारलाई दोहोरो मार परेको छ। युट्युबमा सार्वजनिक भएका गीत हेर्नेको संख्या पनि घटेको कलाकारहरु बताउँछन्।

गायिका पौडेलले यो वर्ष तीज विशेष गीत निकालिनन्। आफू अहिले गायन र सांगितिक कार्यक्रमबाट निस्क्रिय भएको उनी बताउँछिन्। ‘महामारी सुरु भएपछि निरन्तर कमाइ हुने अन्य क्षेत्रमा पनि संलग्न हुनुपर्ने रहेछ भन्ने लागेको छ,’ उनी भन्छिन्, ‘आफैँलाई पानीविना छटपटिएको माछोजस्तो लागेको छ। कार्यक्रम नुहँदा दर्शक-स्रोतासँग साक्षातकार पनि हुन सकेको छैन, आम्दानी नहुँदा विकल्पमा अर्को पेसा चाहिने रहेछ भन्ने महसुस भएको छ।’

दर्शकसँगको साक्षात्कारबाट टाढा
गायक प्रकाश सपुत आफूले आर्थिक पाटोभन्दा बढी दर्शक/स्रोतासँगको साक्षात्कारको अभाव महसुस गरिरहेको बताउँछन्। आफू दर्शक माझबाटै उठेर आएकोले यो समयमा दर्शकको अभाव महसुस गरिरहेको उनको भनाइ छ। ‘म दोहोरी प्रतियोगिताहरुबाट यहाँसम्म आइपुगेको हुँ। दर्शकसँग जोडिने महोत्सव, सांस्कृतिक कार्यक्रमहरु नहुँदा त्यसको अभाव महसुस भएको छ,’ उनी भन्छन्।

गायिका पौडेल पनि कार्यक्रमहरुमा जान नपाउँदा त्यो माहोललाई धेरै सम्झिरहेको बताउँछिन्। ‘अघिल्लो वर्ष यो बेला धेरै नै कार्यक्रमहरु स्थगित भएका थिए,’ उनी भन्छिन्, ‘यो वर्ष पनि कार्यक्रम हुने माहोल छैन। पहिलेका कार्यक्रम, महोत्सवहरुमा हुने दर्शकसँगको साक्षात्कारलाई सम्झिरहेको छु।’

सहज परिस्थितिको पर्खाइ
गायक पशुपति शर्मा कहिले सहज परिस्थिति सिर्जना होला भनेर कुरिरहेका छन्। उनलाई फेरि कार्यक्रममा जान, गीत गाएर दर्शक नचाउन मन लागिरहेको छ। उनी भन्छन्, ‘अब त बिस्तारै खोप वितरण भइरहेको छ। पहिलेजस्तै भिडभाडसहित कार्यक्रम नहोला। तर, छिट्टै फेरि दर्शक र कलाकार भेट्ने माहोल बन्छ भन्ने लागेको छ।’

अहिले गीत गाउन जाँदा पनि डराउनुपर्ने, सुटिङमा पनि उस्तै त्रासमा काम गर्नुपर्ने भएकाले सहज समय पर्खिरहेको उनको भनाइ छ। शर्मा भन्छन्, ‘अहिले भएका अलिअलि काम पनि मास्क लगाएर, डराएर गर्नुपरेको छ। चाँडै यो अवस्था सकिएर सहज रुपमा काम गर्न पाइयोस भन्ने छ।’

गायिका पौडेल भने अवस्था सहज भएपछि दर्शक-श्रोताले मनोरञ्जन क्षेत्र र यससँग सम्बन्धित कलाकारलाई थप प्रेम गर्ने विश्वास व्यक्त गर्छिन्। लामो समयसम्म बन्द कोठामा थुनिएका मान्छेहरुलाई फेरि पहिलेकै शैलीमा मनोरञ्जन चाहिने उनको भनाइ छ। उनी भन्छिन्, ‘भोलि सहज परिस्थिति आएपछि  मान्छेहरु फेरि स्टेजमा नाँच्न आइपुग्छन्। मनोरञ्जन क्षेत्रप्रतिको प्रेम झन् बढ्छ।’ त्यत्तिञ्जेल कलाकारहरुले यो क्षेत्रमा टिक्न सक्नु ठूलो उपलब्धि हुने उनको भनाइ छ।

गायक सपुत भने यस्तो बेला कलाकारलाई कला क्षेत्रमा जोगाइराख्न राज्यले पनि केही कदम चाल्नुपर्ने बताउँछन्। महामारीका कारण कलाकारले भोगेका अभावलाई न्युनीकरण गर्न राज्यले सहज परिस्थितिको निर्माण गरिदिनुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘बिस्तारै कार्यक्रमहरु आयोजना गर्नेदेखि कलाकारहरुलाई विस्थापन हुनबाट जोगाउन राहतका विषयमा राज्यको ध्यान जानुपर्छ। हामी हाम्रो तर्फबाट गर्नुपर्ने काम गर्छौं, राज्यले आफ्नोतर्फबाट केही गर्नुपर्छ।’

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
जनताप्रतिको बोली व्यवहार सुधार्नु प्रहरीलाई गृहमन्त्रीको निर्देशन सोमबार, चैत १६, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
आगामी बजेटबारे ४ मन्त्रालयसँग योजना आयोगको छलफल सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, चैत १५, २०८२
ओली र लेखकको म्याद थपको बहस सकियो, निर्णय केही बेरमा आइतबार, चैत १५, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय आइतबार, चैत १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्