• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

असफल शेरधन र अलपत्र पहिचानसहितको प्रदेश नामकरण

64x64
विश्वरसिंह मेवाहाङ सोमबार, भदौ १४, २०७८  ०९:३०
1140x725

शेरधन राई २ फागुन २०७४ मा प्रदेश १ को पहिलो मुख्यमन्त्री भए। गएको १० भदौमा राजीनामा दिएर बाहिरिनुअघि पनि उनी ‘प्रदेश १’कै मुख्यमन्त्री थिए। अधिकांश जनताको आशा चाहिँ उनी बाहिरिँदा प्रदेशको पहिचानसहितको छुट्टै नाम हुन्छ भन्ने थियो। 

सातमध्ये पाँच प्रदेशले नामकरण गर्दा प्रदेश १ र २ ले मात्र अहिलेसम्म आफ्नो प्रदेशको नाम पाउन सकेका छैनन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग ढिलो भए पनि अझै समय छ। अन्य प्रदेशमा पहिलो मुख्यमन्त्रीले नै नामको टुंगो लगाउन सफल भए। तर, शेरधन राई असफल भए। अब उनले नामकरण गर्न असफल भएको दोष मेट्न सक्ने छैनन्। भविष्यमा पनि उनलाई विरोधीले राजनीतिक आक्षेप लगाउनुपर्दा यो विषय बारम्बार उठाउने छन्।

नेकपा (एमाले) विभाजनको संघारमा उभिएको बेला उनले मुख्यमन्त्री पद आफ्नै पार्टीका भीम आचार्यलाई सुम्पिए। उनको कदमले केही प्रदेश सांसद नेकपा एमालेमै रहे होला, तर यतिमै उनको राजनीतिक भविष्य कायम हुने होइन। उनले गरेको कामको मूल्यांकन अब सुरु हुनेछ।

विश्वरसिंह मेवाहाङ

शेरधन राईले मुख्यमन्त्रीको सपथ लिइरहँदा उनीमाथी किराँत समुदायको ठूलो भरोसा थियो। प्रदेश १ जनजाति बाहुल्य क्षेत्र हो। त्यसमा पनि किराँत समुदाय अर्थात्, राई, लिम्बू, सुनुवार, याख्खाको बसोबास छ। प्रदेश नामकरणलाई लिएर यहाँ पटकपटक आन्दोलन भएको निवर्तमान मुख्यमन्त्रीलाई जानकारी नै थियो। यहाँका जनजातिले चाहेको किराँत पहिचानसहितको प्रदेशको नाम हो। यहाँको ऐतिहासिकताले पनि त्यो मागलाई बल दिएको छ।

पहिचानसहितको संघीयताको मुद्दा २०६४ सालदेखि नै पेचिलो बन्दै आएको हो। २०६४ सालको पहिलो संविधानसभामा ‘पहिचानसहितको संघीयता’ चाहनेहरुको बाहुल्यता थियो। तर, पहिचानसहितको संघीयता विरोधीहरुसँगको रस्साकस्सी चल्दै गर्दै संविधान सभालाई ‘मार्ने’ काम भयो। दोस्रो संविधान सभामा पहिचानको मुद्दालाई कमजोर बनाउने अनेक षडयन्त्र भए।

दोस्रो संविधान सभामा पनि पहिचानको कुरा जोडतोड उठ्न थालेपछि नामकरणलाई सम्बन्धित प्रदेशतिर सारेर संविधान बनाइयो। आफ्नो नाम आफैं राख्न पाउनु प्रदेश सभाको लागि पनि गर्वको विषय थियो। प्रदेश १ मा पहिलो मुख्यमन्त्री किराँत समुदायबाटै चुनिएपछि पहिचानसहितको नामकरण हुने आशा बढेको थियो। 

तर, शेरधन राईले साढे तीन वर्षसम्म यो विषयलाई लगातार पन्छाए। अहिले नामकरणको विषय अलपत्र पारेर मुख्यमन्त्रीबाट बिदा भएपछि उनीसँग सिङ्गो किराँत समुदाय सन्तुष्ट छैन। यसले उनको भावी राजनीतिमा पक्कै प्रभाव पर्नेछ। उनको राजनीतिक भूगोल भोजपुर जिल्ला हो, जहाँ राई समुदायको बाहुल्य छ।

प्रदेशको नामकरणका लागि शेरधन राईलाई जति सहज अबका मुख्यमन्त्रीलाई नहुन सक्छ। उनी सुविधाजनक बहुमतका प्रधानमन्त्री थिए। अझ तत्कालीन नेकपा कायम हुँदा त राईसँग दुईतिहाइ बहुमत थियो। प्रदेश सभामा रहेको कुल ९३ सिटमध्ये एमालेको ५१ र माओवादीको १६ सिट थियो। उनका लागि दुईतिहाइ बहुमतको सरकार एउटा दुर्लभ अवसर थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनको पहिलो वर्ष बधाई र शुभकामना ग्रहण गर्दा र मुख्यमन्त्रीको ‘शक्ति अनुमान र मापन’ गर्दैमा बित्यो। दोश्रो वर्ष पार्टी एकीकरणको तालमेल र सत्ता समीकरणमा बित्यो। तेस्रो वर्ष बडो मुस्किलले प्रदेशको राजधानी टुंगो लगाए। चौँथो वर्ष सुरु नहुदै पार्टीमा आन्तरिक किचलो चल्न थाल्यो। पार्टी टुटफुट र विभाजनको दलदलमा फस्दै गयो। अन्त्यमा राईले आफ्नो पद नै गुमाए।

संघीय सरकारको ‘कठपुतली’
राईको चाहना प्रदेशको नामकरण सर्वसम्मत गराउने थियो। त्यसैले चौँथो अधिवेसन सुरु हुनु अगावै उनले नामकरणको प्रस्ताव ल्याउने घोषणा पनि गरेका थिए। त्यही बेला तत्कालीन नेकपाभित्रको विवाद उत्कर्षतिर लाग्यो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक ५ पुस २०७५ मा प्रतिनिधि सभा विघटन गर्दा त्यसको प्रभाव प्रदेशमा पनि पर्‍यो। राईको सरकारमा सामेल प्रचण्ड र माधवकुमार नेपाल समूहका मन्त्रीले राजीनामा दिए। 

सत्ता संकटमा परेका बेला राईले नामकरण प्रस्ताव सदनमा लैजाने साहस गरेनन्। त्यसै पनि प्रदेशको नामकरण पेचिलो थियो। सदनमा एक थरि पहिचानको र अर्को थरि भूगोलको आधारमा नामकरण हुनु पर्छ भन्ने मत थियो। तत्कालीन नेकपाभित्र पनि यी दुई थरि मत राख्ने सांसद थिए। तर, नेकपाभित्र पहिचान पक्षधरताकै बाहुल्य थियो।

Xtrem

Xtrem

संभवत राई पनि पहिचानको पक्षमा थिए। तर, अध्यक्ष केपी शर्मा ओली पहिचानलाई रुचाउँदैनन् र राई त्यही गुटमा छन्। पहिचानको मुद्दा सुन्नै नचाहने ओलीले उनलाई भूगोलको आधारमा नामकरण राख्न दबाब दिए। उनी पार्टीभित्रको आफ्नै गुटमा पनि अल्पमतमा परे।

अर्कोतर्फ पहिचानवादीहरुमा पनि मतैक्य थिएन। पहिचानसहितको तीन वटा नाम आएका थिए, किराँत, लिम्बुवान र खम्बुवान। उनीहरुबीच नै एक–अर्काको आलोचना चलिरहेको थियो।  

यो अवस्थामा बागमती र गण्डकीमा जस्तो तत्कालीन नेकपाको केन्द्रीय कमिटीबाट सिधै हस्तक्षेप भई नामकरण हुने ठूलो सम्भावना थियो। त्यसो हुँदा पहिचानसहितको नामकरणको लेस पनि संभावना थिएन। राई ‘कठपुतली’ मुख्यमन्त्री जस्तो मात्र हुन्थे। यो खतराबाट बच्न राईले नामकरणको विषय नै थाती राखिदिए।

तर, उनी ‘कठपुतली’ मुख्यमन्त्री हुनबाट बच्न भने सकेनन्। ओलीको चाहनाविपरीत जान नसक्दा नै उनले प्रदेशको नामकरण गर्ने प्रस्ताव सदनमा लैजान नसकेका हुन्। र ओलीको चाहनाअनुसार नै अहिले मुख्यमन्त्रीबाट राजीनामा दिएर बाहिरिएका छन्।

यसै पनि उनी अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कृपाले अहिलेको उचाइसम्म आइपुगेका हुन्। उनको क्षमताको परीक्षण त प्रदेशको नामकरणमा भइसकेको छ। अबको उनको राजनीति पनि ओलीले देखाएको बाटोमा हिँड्ने छ र त्यसैले निर्धारण गर्नेछ।

राईको असफलता र आचार्यलाई चुनौती 
नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको पनि परीक्षा प्रदेशको नामकरणमा नै हुनेछ। तर, उनी सरकारले पूर्णता नपाउँदै अल्पमतमा परिसकेका छन्। नेकपा एमालेमा आएको फुटसँग १० सांसद नेकपा एकीकृत समाजवादीतर्फ लाग्ने प्रष्ट भएको छ। अब एमालेमा ४१ सिट मात्र कायम हुनेछन्, जुन बहुमतका लागि पर्याप्त होइन।

अहिले पनि प्रदेश १ को नामकरणको मुद्धा उस्तै पेचिलो छ। तर, सरकार कमजोर छ। आचार्यले पहिचानसहितको नाम चाहनेहरुलाई आश्वासन भने दिएका छन्। पहिचानसहितको नामकरणमा आफू सकारात्मक भएको मुख्यमन्त्री हुनुअघिदेखि नै बताएका हुन्। अब प्रदेश सभाको कार्यकाल धेरै छैन। उनले सरकार बचाउन सके भने यो कार्यकालमा नाम राख्नै पर्ने बाध्यता छ। यदि नाम राख्न नसकी प्रदेश सभा विघटन भयो भने राईलाई भन्दा ठूलो ‘कलंक’ आचार्यमाथि आउने छ। किनभने, प्रदेश सभा कायमै रहेकाले राईसँग जोगिने ‘थोरै धर्ती’ बाँकी छ।

त्यसैले आचार्यसँग अवसर र चुनौती दुवै छ। पहिचानसहितको नामकरण भए, यो पहिलो प्रदेश बन्नेछ। त्यसको जस आचार्यलाई नै जानेछ। इतिहासले उनको नाम सम्झिरहनेछ। पहिचानविना नाम मात्र राखे पनि उनी कलंकबाट भने जोगिने छन्। तर, भविष्यले सम्झिरहने योगदान भने हुने छैन। उल्टै ‘पहिचान मेट्ने मुख्यमन्त्री’को अपजस बोक्नु पर्नेछ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
म सडकको मालिक
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्