• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा टिक्न सकेनन् वेब सिरिज, लगानी नै उठ्दैन

युवराज भट्टराई सोमबार, भदौ १४, २०७८  ०८:१०
1140x725

नेपाली वेब सिरिज ‘डियर लभ’ सन् २०१९ मा ओभर–द–टप (ओटीटी) माध्यम ‘आइफ्लिक्स्’ मा पहिलो पटक प्रदर्शन भएको थियो। विवेक रसाइलीको निर्देशनमा बनेको वेब सिरिजलाई रुकमान लिम्बूले निर्माण गरेका थिए।

उक्त सिरिज १३ लाख रुपैयाँ लागतमा बनेको थियो। तर, कमाइ भयो जम्मा ९० हजार। ‘आइफ्लिक्स्मा रिलिज गरेपछि केही समय त्यहाँ मात्रै प्रदर्शन भएको थियो, पछि युट्युबमा पनि रिलिज गर्‍यौँ,’ निर्माता लिम्बू भन्छन्, ‘युट्युबबाट कमाइ त के हुनु, हेर्न चाहनेलाई सहज भयो।’

आइफ्लिक्स् बन्द भएपछि सिरिजलाई युट्युबमा रिलिज गरिएको थियो। आइफ्लिक्स् र युट्युब बाहेक उक्त सिरिज ‘फोपी’ नामक अर्को ओटीटीमा पनि प्रर्दशनमा आएको थियो। तर, त्यहाँबाट पनि आम्दानी नभएको लिम्बूको भनाइ छ।

उनको वेब सिरिजको कथा नयाँ थिएन। दृश्यको गुणस्तरलाई भने ध्यान दिइएको थियो। अष्ट्रेलियाबाट नेपाल फर्किएकी युवतीको यात्राको क्रममा भेटेको युवकसँगको प्रेम सम्बन्धमा कथा बुनिएको छ। लिम्बू भन्छन्, ‘सिरिज नचल्नुको कारण यसको कथा नयाँ नहुनु पनि हो। नेपाली दर्शकले विदेशी वेब सिरिज हेरेर नेपालीमा पनि त्यस्तै खोजेका छन्।’

‘डियर लभ’ पछाडि दर्जनौँ वेब सिरिज बनिसकेका छन्। तर, अधिकांश 'फ्लप' भएका छन्। कतिपय वेब सिरिज त घोषणा हुने, तर बन्दै नबन्ने अवस्थासम्म छ। निर्देशक सान थापा, केदार धिताललगायतले वेब सिरिज निर्माण गर्ने सार्वजनिक गरे पनि बनाउन सकेका छैनन्। 

टिक्न नसकेको सुरुआती साख
नेपालमा २०७३ सालमा वेब सिरिज निर्माण हुन थालेको हो। ‘नेटफ्लिक्स्’, ‘अमेजोन प्राइम’ लगायत ओटीटी माध्यम अन्तरराष्ट्रिय बजारमा आएपछि नेपालमा पनि वेब सिरिजका दर्शक बढे।

नेपालमा पहिलो वेब सिरिज ‘पिएस जिन्दगी’ २०७२ सालको भूकम्पपछिको कथामा आधारित छ। उक्त सिरिज भूकम्पको ठीक एक वर्षपछि १३ वैशाख २०७३ मा प्रदर्शनमा आएको थियो। उक्त वेब सिरिज युट्युबमा रिलिज भएको थियो। उत्पल झाले निर्देशन गरेको सिरिजले युट्युबमा औसत ‘भ्युज’ पायो। यसको पहिलो भागले २६ हजार दर्शक पाएको थियो।

‘पिएस जिन्दगी’ ले नेपालमा वेब सिरिजप्रति प्रोडक्सन हाउस र दर्शकको चासो बढायो। सरिन पोखरेल, नितिन चन्दजस्ता निर्देशकले बनाएका वेब सिरिजले युवा पुस्ताका दर्शकमाझ राम्रै चर्चा पाए। चन्दको निर्देशन रहेको ‘रङ टाइम्स’ र ‘हाम्रो हाइस्कुल’ तथा पोखरेलले निर्देशन गरेको ‘ट्वान्टी फस्ट लभ’ र ‘यु एन्ड आई’ जस्ता वेब सिरिजले राम्रो चर्चा पाए। ‘यु एन्ड आई’ कान्तिपुर टेलिभिजनमार्फत पनि प्रदर्शन भएको थियो। ‘ट्वान्टी फस्ट लभ’ युट्युबमा सबैभन्दा धेरै भ्युअर्स पाएको वेब सिरिज हो। यसको पहिलो भागले चार लाख १७ हजार भ्युज पाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘ट्वान्टी फस्ट लभ’ सिरिजको पहिलो सिजन सफल भएसँगै दोस्रो सिजन पनि निर्माण भयो, जसको प्रदर्शन अघिल्लो वर्ष मात्रै गरिएको थियो। पहिलो भागमा नृत्य–समूह ‘कार्टुन्ज क्रु’का सदस्यलाई लिएर बनेको सिरिजको दोस्रो भागमा नयाँ अनुहार देखा परे। तर, पहिलोले जस्तो भ्युज पाउन सकेन।

त्यसपछि नेपालमा बनेका अन्य वेब सिरिजले निकै कम मात्र दर्शक पाए। गत वर्ष भने अभिनेत्री प्रियंका कार्की र सृटि श्रेष्ठको अभिनय रहेको र कार्की आफैंले निर्माण गरेको वेब सिरिज ‘जस्ट अनदर लब स्टोरी’ले केही चर्चा पाएको थियो। त्यसपछि फेरि वेब सिरिज क्षेत्रको सुस्तता उस्तै रह्यो। 

‘पिएस जिन्दगी’का निर्देशक झा नेपालमा वेब सिरिज फिल्मकै अनुसरण गर्दै बनेको बताउँछन्। स्वतन्त्र रुपमा काम गरिरहेका सिनेकर्मीहरुले लगानीको अभावमा राम्रो वेब सिरिज बनाउन नसकेको उनको भनाइ छ। कतिपय वेब सिरिज त कलाकारलाई पारिश्रमिक दिन नसकेपछि बीचैमा रोकिएका छन्। नितिन चन्दले निर्देशन गरेको ‘हाम्रो हाइस्कुल’का कलाकारले पारिश्रमिक नपाउँदा वेब सिरिज नै बन्द भयो। सातौँ भागपछि कलाकारहरुले उक्त सिरिज छाडेका थिए। 

‘वेब सिरिज बनाउँदा आर्थिक पाटो मुख्य भएर आइदिन्छ,’ निर्देशक झा भन्छन्, ‘नेटफ्लिक्स् मा अहिले ब्रेकिङ ब्याडजस्ता वेब सिरिज छन्। नेपालमा हामी त्यो स्तरमा पुग्ने क्षमता राख्छौं। तर, हाम्रो आर्थिक पाटो कमजोर छ। हामीले लगानीको लागि समन्वय गर्न पनि नसकेका हुनसक्छौं।’

दर्शकको चाहनालाई सम्बोधन गर्न नसक्दा वेब सिरिज मौलाउन नसकेको बताउँछन्, ‘डियर लभ’ निर्देशक विवेक रसाइली। वेब सिरिजमा भएको लगानी उठ्ने गरी प्रदर्शन गर्ने ठाउँको पनि अभाव रहेको उनले महसुस गरेका छन्। ‘गतिलो सिरिज बनाएर देखाउन सकेमा नेपालमा पनि वेब सिरिज चल्छ,’ रसाइली भन्छन्, ‘तर, नेपालमा प्रदर्शन गर्ने ठाउँ छैन। अर्कातिर, हामीले दर्शकको चाहनाअनुसारको वेब सिरिजको निर्माण पनि गर्न सकेका छैनौं।’

अधिकांश सिरिजको कथावस्तु, प्रेम
नेपालमा हालसम्म जति वेब सिरिज बनेका छन्, प्रायःको विषयवस्तु प्रेम नै हो। नेपाली सिनेमामा जस्तै वेब सिरिजमा पनि कथामा विविधता छैन। पोखरेलका तीन वटै वेब सिरिज युवा पुस्ताकेन्द्रित र प्रेमको विषयमा बनाइएका छन्। चन्दले निर्देशन गरेको रङ टाइम्सको कथाको मुख्य विषय पनि प्रेम नै हो। अभिनेत्री कार्कीले निर्माण गरेको वेव सिरिजमा समलिंगीबीचको प्रेमलाई देखाइएको छ। गायक स्वप्न सुमनले अभिनय गरेको ‘लभ क्लोजअप’मा पनि केन्द्रीय कथा प्रेम नै छ। 

‘ओटीटीबाट होस वा युट्युबबाट, नेपाली दर्शकले विश्वभरका फिल्म तथा वेब सिरिज सहज रुपमा हेरेका छन्,’ निर्देशक रसाइली भन्छन्, ‘नेपालमा पनि दर्शकले सोही अनुसारको गुणस्तर र कथा खोज्छन्। तर, हाम्रोमा त्यो स्तरमा कुनै पनि वेब सिरिज निर्माण भएको छैन।’ भारतमा बन्ने वेब सिरिजसमेत नेपालमा लोकप्रिय छन्। तर, नेपालमै निर्माण भएका वेब सिरिजबारे कमैलाई थाहा हुन्छ।

प्रेमबाहेक सामाजिक विषयमा थोरै मात्र वेब सिरिज बनेका छन्। त्यसभन्दा बढी हास्यव्यंग्य र टेलिभिजन श्रृङखलाकै धङधङ्गीमा रहेर वेब सिरिज बनेका छन्। ‘घुमौरी’, ‘तिम्रो ल्याङ ल्याङ’ जस्ता वेब सिरिजमा प्रेमको विषय छैन। तर, टेलिभिजनको शैलीमा बनाइएको छ। ‘त्याग’, ‘गरिमा’ जस्ता युट्युबमार्फत् रिलिज भएका वेब सिरिज पनि टेलिभिजनका सिरिज जस्ता छन्।

नयाँ निर्देशकले पुरानैको अनुसरण गर्दा विषयवस्तुमा विविधता हुन नसकेको पोखरेल बताउँछन्। निर्माताले सिनेमामा जस्तै वेब सिरिजमा नयाँ कथा र नयाँ विषयवस्तुमाथि लगानी गर्न नचाहँदा एउटै शैलीमा वेब सिरिज बनेको उनको भनाइ छ। ‘निर्माताले नयाँ प्रकारका कथामा लगानी गर्ने रिस्क नलिँदा विविधता आएन,’ उनी भन्छन्। 

दीर्घकालीन माध्यमको अभाव
विश्वमा वेब सिरिजको विस्तार र यसमा भइरहेको लगानीको मुख्य कारण ओटीटी प्लेटफर्म पनि हो। ‘नेटफ्लिक्स्’, ‘अमेजोन प्राइम’, ‘डिज्नी प्लस हटस्टार’ जस्ता ओटीटी माध्यमको विस्तार भएपछि टेलिभिजनमा लामो समयदेखि चलिरहेका सिरियलले वेब सिरिजको रुप लिएका छन्। सन् १९९४ देखि चलिरहेको अमेरिकन सिरिज ‘फ्रेन्ड्स’को पछिल्लो श्रृङ्खला ‘नेटफ्लिक्स्’मार्फत् प्रदर्शनमा आएको थियो। 

भारतमा पनि अहिले वेब सिरिजको बजार विस्तार भइरहेको छ। अहिले भारतीय टेलिभिजनले आफ्नै ओटीटी माध्यम सुरु गरेका छन्। सोनीको ‘सोनी लिभ’, जी टीभीको ‘जी फाइभ’ लगायत ओटीटी छन्। प्लेटफर्मसँगै भारतमा वेब सिरिजको ‘मास प्रोडक्सन’ समेत भइरहेको छ। फिल्मभन्दा बढी पारिश्रमिक दिएर कलाकार अनुबन्ध गर्ने र ठूलो लगानी गरेर ‘मिर्जापुर’, ‘आश्रम’, ‘सिक्रेट गेम्स’, ‘द फेमिली मेन’ जस्ता वेब सिरिजको निर्माण भएको छ।

नेपालमा भने कुनै पनि ओटीटी टिक्न सकेका छैनन्। दक्षिण एसियाली देशमा फैलिएको ‘आइफ्लिक्स्’ अहिले नेपालमा सक्रिय छैन। नेपालभित्रैको ‘चलचित्र घर’ नामक प्लेटफर्म पनि बन्द भएको छ। हाल नेपालमा ‘सिनेमा घर’, ‘फोपी’, ‘भिडियो पसल’, ‘नेट टिभी’ लगायत ओटीटी प्लेटफर्म सक्रिय छन्।

स्थायी माध्यम नहुँदा नेपालमा बनेका वेब सिरिज प्रदर्शनको लागि संघर्ष गरिरहेका छन। जसकारण दर्शकसम्म पुग्नै संघर्ष गर्नुपर्ने अवस्था छ। निर्देशक रसाइली नेपालमा राम्रा वेब सिरिजको निर्माण भए पनि त्यसलाई प्रदर्शन गर्ने माध्यम नहुँदा चर्चा नभइरहेको बताउँछन्। उनी भन्छन्, ‘प्रोड्युसर आफैंले लगानी गरेको सिरिज पनि प्रदर्शन गर्न राम्रो माध्यम छैन। यसले निर्माण पक्ष घाटामा गएको छ, हाम्रो काम पनि दर्शकसम्म पुगेको छैन।’

ओटीटी प्लेटफर्म आफैं स्थापित हुन संघर्ष गरिरहँदा वेब सिरिजमा लगानी आउने आशा राख्न नहुने निर्देशक पोखरेल बताउँछन्। अहिले युट्युबमार्फत् नै प्रसारण गर्नुपर्ने वा अन्तरराष्ट्रिय ओटीटीसँग सहकार्य गर्नुपर्ने अवस्था भएको उनको भनाइ छ। ‘ओटीटीमा प्रदर्शन गर्दा पनि लगानी असुरक्षित हुने डर छ,’ पोखरेल भन्छन्, ‘नेपालका ओटीटीको प्रचारप्रसार भएको छैन। हामीले युट्युबमार्फत् नै प्रदर्शन गरेर काम गर्नुपर्छ।’

निर्माता रुकमान लिम्बू पनि नेपालमा ओटीटी माध्यम दीर्घकालीन नहुँदा समस्या भएको बताउँछन्। उनी भन्छन्, ‘हामीले निर्माण गरेका वेब सिरिज प्रदर्शन गर्न पनि आम्दानीको निश्चित प्रतिशत दिनुपर्छ। जबकी भारतमा यी माध्यमले आफैं निर्माता खोजेर बनाइरहेका छन्।’

राम्रो लगानीमा बनेको सिरिजलाई सोहीअनुसारको बजार व्यवस्थापन गरिए युट्युबबाटै पनि कमाइ हुन्छ। तर, त्यो मात्र पर्याप्त र दीर्घकालीन नहुने पोखरेल बताउँछन्। नेपालका वेब सिरिजले ओटीटी माध्यमको साथ पाए बजार विस्तार हुन सक्ने उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
व्यापार सन्धि सुधारदेखि भारतीय लगानीसम्म, वाग्लेले उठाए नेपाल–भारत सहकार्यका मुद्दा
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
व्यापार सन्धि सुधारदेखि भारतीय लगानीसम्म, वाग्लेले उठाए नेपाल–भारत सहकार्यका मुद्दा शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्