• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा टिक्न सकेनन् वेब सिरिज, लगानी नै उठ्दैन

युवराज भट्टराई सोमबार, भदौ १४, २०७८  ०८:१०
1140x725

नेपाली वेब सिरिज ‘डियर लभ’ सन् २०१९ मा ओभर–द–टप (ओटीटी) माध्यम ‘आइफ्लिक्स्’ मा पहिलो पटक प्रदर्शन भएको थियो। विवेक रसाइलीको निर्देशनमा बनेको वेब सिरिजलाई रुकमान लिम्बूले निर्माण गरेका थिए।

उक्त सिरिज १३ लाख रुपैयाँ लागतमा बनेको थियो। तर, कमाइ भयो जम्मा ९० हजार। ‘आइफ्लिक्स्मा रिलिज गरेपछि केही समय त्यहाँ मात्रै प्रदर्शन भएको थियो, पछि युट्युबमा पनि रिलिज गर्‍यौँ,’ निर्माता लिम्बू भन्छन्, ‘युट्युबबाट कमाइ त के हुनु, हेर्न चाहनेलाई सहज भयो।’

आइफ्लिक्स् बन्द भएपछि सिरिजलाई युट्युबमा रिलिज गरिएको थियो। आइफ्लिक्स् र युट्युब बाहेक उक्त सिरिज ‘फोपी’ नामक अर्को ओटीटीमा पनि प्रर्दशनमा आएको थियो। तर, त्यहाँबाट पनि आम्दानी नभएको लिम्बूको भनाइ छ।

उनको वेब सिरिजको कथा नयाँ थिएन। दृश्यको गुणस्तरलाई भने ध्यान दिइएको थियो। अष्ट्रेलियाबाट नेपाल फर्किएकी युवतीको यात्राको क्रममा भेटेको युवकसँगको प्रेम सम्बन्धमा कथा बुनिएको छ। लिम्बू भन्छन्, ‘सिरिज नचल्नुको कारण यसको कथा नयाँ नहुनु पनि हो। नेपाली दर्शकले विदेशी वेब सिरिज हेरेर नेपालीमा पनि त्यस्तै खोजेका छन्।’

‘डियर लभ’ पछाडि दर्जनौँ वेब सिरिज बनिसकेका छन्। तर, अधिकांश 'फ्लप' भएका छन्। कतिपय वेब सिरिज त घोषणा हुने, तर बन्दै नबन्ने अवस्थासम्म छ। निर्देशक सान थापा, केदार धिताललगायतले वेब सिरिज निर्माण गर्ने सार्वजनिक गरे पनि बनाउन सकेका छैनन्। 

टिक्न नसकेको सुरुआती साख
नेपालमा २०७३ सालमा वेब सिरिज निर्माण हुन थालेको हो। ‘नेटफ्लिक्स्’, ‘अमेजोन प्राइम’ लगायत ओटीटी माध्यम अन्तरराष्ट्रिय बजारमा आएपछि नेपालमा पनि वेब सिरिजका दर्शक बढे।

नेपालमा पहिलो वेब सिरिज ‘पिएस जिन्दगी’ २०७२ सालको भूकम्पपछिको कथामा आधारित छ। उक्त सिरिज भूकम्पको ठीक एक वर्षपछि १३ वैशाख २०७३ मा प्रदर्शनमा आएको थियो। उक्त वेब सिरिज युट्युबमा रिलिज भएको थियो। उत्पल झाले निर्देशन गरेको सिरिजले युट्युबमा औसत ‘भ्युज’ पायो। यसको पहिलो भागले २६ हजार दर्शक पाएको थियो।

‘पिएस जिन्दगी’ ले नेपालमा वेब सिरिजप्रति प्रोडक्सन हाउस र दर्शकको चासो बढायो। सरिन पोखरेल, नितिन चन्दजस्ता निर्देशकले बनाएका वेब सिरिजले युवा पुस्ताका दर्शकमाझ राम्रै चर्चा पाए। चन्दको निर्देशन रहेको ‘रङ टाइम्स’ र ‘हाम्रो हाइस्कुल’ तथा पोखरेलले निर्देशन गरेको ‘ट्वान्टी फस्ट लभ’ र ‘यु एन्ड आई’ जस्ता वेब सिरिजले राम्रो चर्चा पाए। ‘यु एन्ड आई’ कान्तिपुर टेलिभिजनमार्फत पनि प्रदर्शन भएको थियो। ‘ट्वान्टी फस्ट लभ’ युट्युबमा सबैभन्दा धेरै भ्युअर्स पाएको वेब सिरिज हो। यसको पहिलो भागले चार लाख १७ हजार भ्युज पाएको छ।

Ncell 2
Ncell 2

‘ट्वान्टी फस्ट लभ’ सिरिजको पहिलो सिजन सफल भएसँगै दोस्रो सिजन पनि निर्माण भयो, जसको प्रदर्शन अघिल्लो वर्ष मात्रै गरिएको थियो। पहिलो भागमा नृत्य–समूह ‘कार्टुन्ज क्रु’का सदस्यलाई लिएर बनेको सिरिजको दोस्रो भागमा नयाँ अनुहार देखा परे। तर, पहिलोले जस्तो भ्युज पाउन सकेन।

त्यसपछि नेपालमा बनेका अन्य वेब सिरिजले निकै कम मात्र दर्शक पाए। गत वर्ष भने अभिनेत्री प्रियंका कार्की र सृटि श्रेष्ठको अभिनय रहेको र कार्की आफैंले निर्माण गरेको वेब सिरिज ‘जस्ट अनदर लब स्टोरी’ले केही चर्चा पाएको थियो। त्यसपछि फेरि वेब सिरिज क्षेत्रको सुस्तता उस्तै रह्यो। 

‘पिएस जिन्दगी’का निर्देशक झा नेपालमा वेब सिरिज फिल्मकै अनुसरण गर्दै बनेको बताउँछन्। स्वतन्त्र रुपमा काम गरिरहेका सिनेकर्मीहरुले लगानीको अभावमा राम्रो वेब सिरिज बनाउन नसकेको उनको भनाइ छ। कतिपय वेब सिरिज त कलाकारलाई पारिश्रमिक दिन नसकेपछि बीचैमा रोकिएका छन्। नितिन चन्दले निर्देशन गरेको ‘हाम्रो हाइस्कुल’का कलाकारले पारिश्रमिक नपाउँदा वेब सिरिज नै बन्द भयो। सातौँ भागपछि कलाकारहरुले उक्त सिरिज छाडेका थिए। 

‘वेब सिरिज बनाउँदा आर्थिक पाटो मुख्य भएर आइदिन्छ,’ निर्देशक झा भन्छन्, ‘नेटफ्लिक्स् मा अहिले ब्रेकिङ ब्याडजस्ता वेब सिरिज छन्। नेपालमा हामी त्यो स्तरमा पुग्ने क्षमता राख्छौं। तर, हाम्रो आर्थिक पाटो कमजोर छ। हामीले लगानीको लागि समन्वय गर्न पनि नसकेका हुनसक्छौं।’

दर्शकको चाहनालाई सम्बोधन गर्न नसक्दा वेब सिरिज मौलाउन नसकेको बताउँछन्, ‘डियर लभ’ निर्देशक विवेक रसाइली। वेब सिरिजमा भएको लगानी उठ्ने गरी प्रदर्शन गर्ने ठाउँको पनि अभाव रहेको उनले महसुस गरेका छन्। ‘गतिलो सिरिज बनाएर देखाउन सकेमा नेपालमा पनि वेब सिरिज चल्छ,’ रसाइली भन्छन्, ‘तर, नेपालमा प्रदर्शन गर्ने ठाउँ छैन। अर्कातिर, हामीले दर्शकको चाहनाअनुसारको वेब सिरिजको निर्माण पनि गर्न सकेका छैनौं।’

अधिकांश सिरिजको कथावस्तु, प्रेम
नेपालमा हालसम्म जति वेब सिरिज बनेका छन्, प्रायःको विषयवस्तु प्रेम नै हो। नेपाली सिनेमामा जस्तै वेब सिरिजमा पनि कथामा विविधता छैन। पोखरेलका तीन वटै वेब सिरिज युवा पुस्ताकेन्द्रित र प्रेमको विषयमा बनाइएका छन्। चन्दले निर्देशन गरेको रङ टाइम्सको कथाको मुख्य विषय पनि प्रेम नै हो। अभिनेत्री कार्कीले निर्माण गरेको वेव सिरिजमा समलिंगीबीचको प्रेमलाई देखाइएको छ। गायक स्वप्न सुमनले अभिनय गरेको ‘लभ क्लोजअप’मा पनि केन्द्रीय कथा प्रेम नै छ। 

‘ओटीटीबाट होस वा युट्युबबाट, नेपाली दर्शकले विश्वभरका फिल्म तथा वेब सिरिज सहज रुपमा हेरेका छन्,’ निर्देशक रसाइली भन्छन्, ‘नेपालमा पनि दर्शकले सोही अनुसारको गुणस्तर र कथा खोज्छन्। तर, हाम्रोमा त्यो स्तरमा कुनै पनि वेब सिरिज निर्माण भएको छैन।’ भारतमा बन्ने वेब सिरिजसमेत नेपालमा लोकप्रिय छन्। तर, नेपालमै निर्माण भएका वेब सिरिजबारे कमैलाई थाहा हुन्छ।

प्रेमबाहेक सामाजिक विषयमा थोरै मात्र वेब सिरिज बनेका छन्। त्यसभन्दा बढी हास्यव्यंग्य र टेलिभिजन श्रृङखलाकै धङधङ्गीमा रहेर वेब सिरिज बनेका छन्। ‘घुमौरी’, ‘तिम्रो ल्याङ ल्याङ’ जस्ता वेब सिरिजमा प्रेमको विषय छैन। तर, टेलिभिजनको शैलीमा बनाइएको छ। ‘त्याग’, ‘गरिमा’ जस्ता युट्युबमार्फत् रिलिज भएका वेब सिरिज पनि टेलिभिजनका सिरिज जस्ता छन्।

नयाँ निर्देशकले पुरानैको अनुसरण गर्दा विषयवस्तुमा विविधता हुन नसकेको पोखरेल बताउँछन्। निर्माताले सिनेमामा जस्तै वेब सिरिजमा नयाँ कथा र नयाँ विषयवस्तुमाथि लगानी गर्न नचाहँदा एउटै शैलीमा वेब सिरिज बनेको उनको भनाइ छ। ‘निर्माताले नयाँ प्रकारका कथामा लगानी गर्ने रिस्क नलिँदा विविधता आएन,’ उनी भन्छन्। 

दीर्घकालीन माध्यमको अभाव
विश्वमा वेब सिरिजको विस्तार र यसमा भइरहेको लगानीको मुख्य कारण ओटीटी प्लेटफर्म पनि हो। ‘नेटफ्लिक्स्’, ‘अमेजोन प्राइम’, ‘डिज्नी प्लस हटस्टार’ जस्ता ओटीटी माध्यमको विस्तार भएपछि टेलिभिजनमा लामो समयदेखि चलिरहेका सिरियलले वेब सिरिजको रुप लिएका छन्। सन् १९९४ देखि चलिरहेको अमेरिकन सिरिज ‘फ्रेन्ड्स’को पछिल्लो श्रृङ्खला ‘नेटफ्लिक्स्’मार्फत् प्रदर्शनमा आएको थियो। 

भारतमा पनि अहिले वेब सिरिजको बजार विस्तार भइरहेको छ। अहिले भारतीय टेलिभिजनले आफ्नै ओटीटी माध्यम सुरु गरेका छन्। सोनीको ‘सोनी लिभ’, जी टीभीको ‘जी फाइभ’ लगायत ओटीटी छन्। प्लेटफर्मसँगै भारतमा वेब सिरिजको ‘मास प्रोडक्सन’ समेत भइरहेको छ। फिल्मभन्दा बढी पारिश्रमिक दिएर कलाकार अनुबन्ध गर्ने र ठूलो लगानी गरेर ‘मिर्जापुर’, ‘आश्रम’, ‘सिक्रेट गेम्स’, ‘द फेमिली मेन’ जस्ता वेब सिरिजको निर्माण भएको छ।

नेपालमा भने कुनै पनि ओटीटी टिक्न सकेका छैनन्। दक्षिण एसियाली देशमा फैलिएको ‘आइफ्लिक्स्’ अहिले नेपालमा सक्रिय छैन। नेपालभित्रैको ‘चलचित्र घर’ नामक प्लेटफर्म पनि बन्द भएको छ। हाल नेपालमा ‘सिनेमा घर’, ‘फोपी’, ‘भिडियो पसल’, ‘नेट टिभी’ लगायत ओटीटी प्लेटफर्म सक्रिय छन्।

स्थायी माध्यम नहुँदा नेपालमा बनेका वेब सिरिज प्रदर्शनको लागि संघर्ष गरिरहेका छन। जसकारण दर्शकसम्म पुग्नै संघर्ष गर्नुपर्ने अवस्था छ। निर्देशक रसाइली नेपालमा राम्रा वेब सिरिजको निर्माण भए पनि त्यसलाई प्रदर्शन गर्ने माध्यम नहुँदा चर्चा नभइरहेको बताउँछन्। उनी भन्छन्, ‘प्रोड्युसर आफैंले लगानी गरेको सिरिज पनि प्रदर्शन गर्न राम्रो माध्यम छैन। यसले निर्माण पक्ष घाटामा गएको छ, हाम्रो काम पनि दर्शकसम्म पुगेको छैन।’

ओटीटी प्लेटफर्म आफैं स्थापित हुन संघर्ष गरिरहँदा वेब सिरिजमा लगानी आउने आशा राख्न नहुने निर्देशक पोखरेल बताउँछन्। अहिले युट्युबमार्फत् नै प्रसारण गर्नुपर्ने वा अन्तरराष्ट्रिय ओटीटीसँग सहकार्य गर्नुपर्ने अवस्था भएको उनको भनाइ छ। ‘ओटीटीमा प्रदर्शन गर्दा पनि लगानी असुरक्षित हुने डर छ,’ पोखरेल भन्छन्, ‘नेपालका ओटीटीको प्रचारप्रसार भएको छैन। हामीले युट्युबमार्फत् नै प्रदर्शन गरेर काम गर्नुपर्छ।’

निर्माता रुकमान लिम्बू पनि नेपालमा ओटीटी माध्यम दीर्घकालीन नहुँदा समस्या भएको बताउँछन्। उनी भन्छन्, ‘हामीले निर्माण गरेका वेब सिरिज प्रदर्शन गर्न पनि आम्दानीको निश्चित प्रतिशत दिनुपर्छ। जबकी भारतमा यी माध्यमले आफैं निर्माता खोजेर बनाइरहेका छन्।’

राम्रो लगानीमा बनेको सिरिजलाई सोहीअनुसारको बजार व्यवस्थापन गरिए युट्युबबाटै पनि कमाइ हुन्छ। तर, त्यो मात्र पर्याप्त र दीर्घकालीन नहुने पोखरेल बताउँछन्। नेपालका वेब सिरिजले ओटीटी माध्यमको साथ पाए बजार विस्तार हुन सक्ने उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पाँच अंकले बढ्यो नेप्से
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक मंगलबार, पुस २९, २०८२
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ मंगलबार, पुस २९, २०८२
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्