फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले रिले अनसन जारी राखेका छन्।
पौडेलपक्षका नेता तथा जिल्ला सभापतिहरुको बिहान बसेको बैठकको निर्णयअनुसार अनसन तोड्ने सहमति बनेको थियो। क्रियाशील सदस्यताको विवाद टुंग्याएका तीन कार्यदल सदस्य अनसनस्थल पुगेर आन्दोलन रोक्ने बताइएको थियो। नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक अनसनस्थल केन्द्रीय कार्यालय पुगेका छैनन्।
'पूर्वी रुकुमको जिल्ला सभापतिको नाम नै क्रियाशील सदस्यमा छुटेको छ। त्यस्तैगरी अरु जिल्लाका सभापतिको पनि छुटेको होला,' नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले भने, 'हामी आश्वस्त हुने परिस्थिति नबनेकाले अनसन जारी राखेका छौं।'
भदौ ८ गते धर्ना दिएका जिल्ला सभापतिहरुले त्यसको अर्को दिनदेखि २८ घण्टे रिले अनसन जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।