• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

१० वर्ष लगाएर लेखिएको १२५ कलाकारको जीवनी 

64x64
ज्ञानेन्द्र विवश शनिबार, भदौ १२, २०७८  १२:३२
1140x725

नेपालका कलाकार सम्बन्धी पुस्तक आठ वर्षअघि नै प्रकाशन गर्ने जाँगर चलेको थियो। करिब ७०० पृष्ठको पुस्तक तयार पनि थियो। तर, त्यो कतै प्रेसमा पुगेर बेखबर र बेवारिसे भयो। लामै समय त्यसमा थप काम भएन।

२०७६ सालमा मुलुकमा कोरोना भाइरस पस्यो। त्यही सालको अन्तिमदेखि लकडाउन सुरु भयो। घरैमा थुनिन पुगेपछि उक्त पुस्तकलाई पुनर्लेखन गर्न थालेँ। २०७८ सालको सुरुमा बल्ल छापियो, ‘प्रतिनिधि नेपाली कलाकार’ पुस्तक। रङ्गीन चित्रहरुसहित यसका पृष्ठ घटेर ४६० वटा भएका छन्। पुस्तक लेखनमा मैले करिब एक दशक खर्चिएको छु।

पाण्डुलिपि तयारीपछि त्यसलाई प्रकाशन गर्नुको पीडा प्रत्येक लेखकले महसुस गरेका हुन्छन्। आफैँले छापेपछिको तनाव त भनिसाध्य हुँदैन। आफैँ प्रकाशक, वितरक, पाठक हुनुपर्छ। त्यसबाट प्राप्त हुने प्रतिफलको हिसाब नगरे हुन्छ। घाटाको घाउले घायलै बनाउँछ। तर, जब कसैको निगाहमा छापिन्छ वा कुनै प्रतिष्ठित संस्थाबाट छापिन्छ त्यसको कुरै अर्को हुन्छ। 

ज्ञानेन्द्र विवश

प्रसव पीडापछिको हर्षित मुस्कानले पोतिएको मुहार। बधाई र शुभकामनाका अनेक सौगात। यी सँगै कति कटु र मृदु अनुभवहरू। भनिसाध्य हुँदैन, सुखदुःखका बग्रेल्ती बयान। किताब लेख्नुको सकस। किताब निकाल्नु र निस्किनुको हर्ष! अनि किताब निस्किएपछिको प्रतिक्रियाको प्रभाव र प्रहार! 

प्रत्येक पटक एउटा ‘इमानदार लेखक’ भएर बाँच्नु र ‘विशुद्ध पाठक’ भएर पढ्नुको अलग अनुभूति छ। अत्यासलाग्दो र आफैँमा अपत्यारिलो पनि। लेखक भएर सोच्दा सामग्री जुटाउनु, लेख्नु, छापिएपछि अपार हर्षले गद्‍गद् भइरहनु नै आत्मसन्तुष्टिको प्रारम्भिक विन्दु रहेछ। तर, यसबीचका दु:ख भनिसाध्य छैनन्।

प्रकाशकको बजेटअनुसार पुस्तकमा लिखित सामग्रीहरूलाई आधा घटाउनुपर्‍यो। यसरी घटाउँदा कलाकारको मुख्य परिचयलाई प्राथमिकतामा राखेर पुनर्लेखनमा हिउँदको चिसो नभनी हिँडियो। चैतको हावाहुरी, वैशाखको गर्मी र झरीसमेत भनिएन। कति कलाकारको घर धाएर हैरान भइयो। कति कलाकारलाई फोन सम्पर्कबाट पनि भेट्न नसकेर हरेश खाइयो। कति कलाकारले भेट्नै नचाहेर आजित भइयो। छिटो सकिनुपर्ने कामले ढिलाइको अन्तराल तय गर्‍यो।

यसबीच कति अग्रज कलाकारहरू परलोक गमन भए। बाँचेकाहरूको लिखित परिचयात्मक विवरणलाई ‘अपडेट’ गर्नुको झमेला पनि झर्को लाग्दो थियो। कति कलाकारको आफूले जति काम गरे पनि चिनिएन भन्ने गुनासो। कति चाहिँ आफूलाई चिनाउनै नचाहने, आवश्यक जानकारी दिन आलटाल गर्ने। आफ्नो र आफूले बनाएको चित्रको तस्बिरसमेत खिच्न नदिने। कति कलाकारहरू भने आवश्यकताभन्दा बढी विवरण दिएर लेखाउन मरिहत्ते गर्ने। प्रशंसाका भोका, तर आलोचनाका शब्द देख्न नचाहने। 

पुस्तकमा ५० वर्ष उमेर पुगेका अर्थात् वि.सं. १९८४–२०२७ (इ.सं. १९२६–७०) अवधिमा जन्मेका १२५ नेपाली कलाकारहरूका कलागत शैली, विषयवस्तु, माध्यम, कलाप्रदर्शनी, पुरस्कार आदि विवरण र कलाप्रति उनीहरूका दृष्टिकोण समेटिएका छन्। ९५ वर्षका जेष्ठ कलाकार गोविन्दनारायण ज्यापू र ५० वर्ष उमेरका विजय सर्ग ज्यापूसमेतलाई समेटिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस पुस्तकमा समसामयिक चित्र तथा मूर्ति विधामा समर्पित कलाकारका अतिरिक्त पौभा, मिथिला र अवधीकलाका साथै छापाकला, ग्राफिककला आदि विधाका कलाकारको परिचयात्मक विवरण छ। काठमाडौँ उपत्यकामा सिर्जनारत् कलाकार मात्र होइन झापादेखि नेपालगञ्ज, धनगढीसम्मका कलाकारहरूको चिनारी चित्रण गरिएको छ। यसले प्रतिनिधि नेपाली कलाकारहरूको चिनारीलाई अरू बढी फराकिलो बनाइदिएको छ। कलागत शैली, विषयवस्तु, माध्यम र प्रविधिका दृष्टिले नेपाली कलामा देखापर्दै आएका विविध स्वरूप तथा परिवर्तनलाई यस पुस्तकले समेटेको छ।

यो कलाको विश्लेषणयुक्त पुस्तक होइन। नेपाली कलाकारबारे लिखित सङ्क्षिप्त चिनारी मात्र हो। यो चिनारी साना दुःखले बनेको भने होइन।

कलासंंसारको आफ्नै घर–कोठामा चुपचाप कलाकर्ममै तन्मय रहनु ठिकै हो। तर भेट्न आउने, भेट्न खोज्ने र लेखेर कलाको अभिलेख तयार पार्न खोज्नेहरूलाई निराश पार्दा नेपाली कलाको इतिहास निर्माण हुन सक्छ र? त्यसका लागि सन्दर्भ–सामगीहरू चाहिन्छ। त्यसै पनि ललितकला लेखनका लागि स्रोत–सामग्री जुटाउनै गाह्रो। 

दिवङ्गतको कुरा छाडौँ, कतिपय जीवित कलाकारकै जीवनी लेख्नुपर्दा ठूलै अभावको सामना गर्नुपर्छ। वास्तवमा कलालेखन सजिलो छैन। सहज सुविधा केही उपलब्ध छैन। लेखनको रुखो विधा यो स्वयम् कलाकारहरूकै चासोको विषय अन्तर्गत पर्दैन। अरूका लागि पनि खासै रुचिको विधा र विषय यो  होइन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हुनसम्मको सास्तीपछि बल्ल पुस्तकले अन्तिम आकार लिँदै गर्दा ‘रिजेलुसन’ कम भएका तस्बिरका लागि अर्को तनावको सामना गर्नुपर्‍यो। ‘लौ न छिटो गरिदिनुपर्‍यो। अझै आएन,’ भन्दै अनेकौँ पटक अनुनय–विनय गर्दागर्दै थाकेका ओठमुखहरू। सुस्केरा र सास्तीका कठिनतम् दिनहरू कति हो कति! 

केही कलाकारले खासै चासो दिएको हैन। टेरपुच्छर नलगाउनेहरूको पनि राख्नु त परिगयो। त्यसका लागि पनि कति दुःख पाइयो। पर्खाइ र दु:खाइहरूको अलग्गै पाटो छ। 

अन्ततः जब १२५ कलाकारहरूको जीवनी लिएर पुस्तक छापियो, अनि प्रतिक्रियाको प्रहार सुरु भयो। कसैले भने– ‘मेरो परिचय नै अधुरो रहेछ।’ कोही भन्छन्– ‘तस्बिरहरू त्यत्तिका दिएथेँ, तर एउटा मात्रै छापियो नि!’ कसैको प्रतिक्रिया ‘मेरो कामभन्दा फलानोको काम कमजोर छ। मभन्दा ऊ जुनियर हो। मैले जति काम अरूले गरेकै छैन। तर मलाई दुई पन्नामै टुङ्ग्याइएछ। मेरो लामो साधना र सिर्जनाको सही मूल्याङ्कन यो होइन। मेरो खास चिनारी नै आएन।’

तर, पुस्तक लेखिसकेपछि सन्तुष्टिका पाटा पनि छन्। पुस्तक प्रकाशक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति केके कर्माचार्यले शुभकामना मन्तव्यमा भनेका छन्– ‘प्रतिष्ठानले नेपाली ललितकलाको अभिलेखन कार्यको आवश्यकता र महत्वलाई मनन गर्दै सो कार्यको थालनी गरेको छ। यस किसिमका कार्यले नेपाली कला लेखनको इतिहासको अध्यायमा ठूलो टेवा पुर्‍याउने मैले विश्वास लिएको छु।’ नेपाली कलाकारका जीवन र कला पक्षमाथि प्रकाश पारिएका सामग्रीहरूको अभावलाई यस पुस्तकले निकै हदसम्म पूरा गर्ने कर्माचार्यले उल्लेख गरेका छन्। 

कुलपतिले भने झैँ पुस्तकले जीवित नेपाली कलाकारहरूबारे अभिलेखन गर्न मद्दत पुर्‍याउने छ। प्रतिनिधि नेपाली कलाकारको सचित्र चिनारी समेटिएको यस पुस्तकले वर्तमान र भावी पुस्तालाई समेत पर्याप्त जानकारी दिन मद्दत पुर्‍याउने छ। 

हुन त यो पुस्तक कुलपतिकै स्वीकृत परियोजनाअन्तर्गत अनुमोदन र सम्झौता भई प्रकाशित भएको हो। रु.१ हजार मूल्य रहेको पुस्तक ‘म्याटफिनिस आर्ट पेपर’ मा तयार छ।

वरिष्ठ कलाकार शशीविक्रम शाहले पुस्तकको भूमिकामा लेखेका छन्– ‘यो पुस्तक समकालीन नेपाली कलाकारहरूको इतिहास हो। यस पुस्तकमा पहिलेदेखि काम गर्दै आइरहेका तथा हाल काम गर्न छाडिसकेका, तर नेपाली कलामा उनीहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै तिनको बारेमा पनि चर्चा गरिएको छ। सम्भवतः एउटै पुस्तकभित्र यति धेरै कलाकारलाई समेटेर लेखिएको र आकारका दृष्टिले पनि यो नै पहिलो पुस्तक हो।’ 

जे होस्, धेरै सुख र दुःखका कुइनेटाहरू कटेपछि प्रतिनिधि नेपाली कलाकारहरूको जीवनी प्रकाशित भएको छ। कलाप्रति रुचि राख्ने पाठक तथा कलाका विद्यार्थीहरूका लागि यो पुस्तक सहयोगी रहने अपेक्षा राखेको छु।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्