काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले आसन्न साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने भएको छ।
नेपाली टिम आगामी भदौ २५ गते अभ्यासका लागि कतार जाने भएको हो।
कतारमा २५ सदस्यीय खेलाडीको टिमले अभ्यास गर्ने एन्फाले जनाएको छ। त्यहाँ १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जानेछ।
त्यसअघि नेपालले दशरथ रंगशालामा भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टिम कतार पुग्नेछ।
१३औं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।