• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शीर्ष नेतापिच्छे फरक धारणा : एकीकृत समाजवादीले जबजलाई बोक्छ कि छोड्छ?

64x64
नेपाल लाइभ बिहीबार, भदौ १०, २०७८  १९:२८
1140x725

काठमाडौं– एमालेको राजनीति गरेर आएका हरेक नेता र कार्यकर्ताका लागि प्रिय र अभिन्न छ– जनताको बहदलीय जनवाद (जबज)। २०४९ माघ १४-२० मा काठमाडौंमा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनले तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित 'नेपाली क्रान्तिको कार्यक्रम, जनताको बहुदलीय जनवाद' पारित गरेको थियो। सो महाधिवेशनमा सीपी मैनालीको परिमार्जित नौलो जनवाद, मोहनचन्द्र अधिकारीको नौलो जनवाद, रघु पन्तको सामाजिक जनवादजस्ता दस्तावेजलाई पराजित गर्दै भण्डारीको जबज मतदानमार्फत् विजयी भएको थियो।

त्यसबेला जबजले एमाले पंक्तिलाई जसरी तरंगित र उर्जाशील बनायो, त्यसैगरी एमालेभित्रैबाट आलोचना पनि ब्यहोर्‍यो। त्यसबेला जबजलाई झलनाथ खनानले 'दक्ष प्रजापतिको टाउको' भनेको प्रसंग अद्यापि चर्चामा छ। तैपनि यसलाई कुनै चुनौतीले पराजित गर्न सकेन। बरु, एमालेको ठूलो हिस्साले अनेक आवरणमा यसलाई महिनामण्डित गर्दै आएको छ। परिणामस्वरुप २०५४ माघमा नेपालगंजमा सम्पन्न छैटौं महाधिवेशन र २०५९ माघमा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनले जबजलाई सिद्धान्त घोषणा गरे। २०६५ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा अख्तियार गर्‍यो। २०७१ असारको नवौं महाधिवेशनले पनि त्यसैलाई निरन्तरता दियो।

एमालेको पछिल्लो विभाजनसँगै गठन भएको नयाँ पार्टी, नेकपा (एकीकृत समाजवादी)ले जबजलाई कुन रुपमा लिन्छ, यसलाई अँगाल्छ वा अँगाल्दैन भन्ने चर्चा चलिरहेकै छ। तर, नेताहरुको धारणा भने फरकफरक रुपमा सार्वजनिक भइरहेको छ। नयाँ पार्टी गठन गर्दा एमालेले अँगाल्दै आएको मार्गदर्शक सिद्धान्तलाई निरन्तरता दिएपछि नयाँ हुनुको अस्तित्व देखाउन पर्ने अप्ठ्यारो उनीहरुलाई परिरहेको छ। अर्कोतिर, जबज मान्दैनौं भन्ने हो भने आफ्नो पार्टी गठनको सांगठनिक आधारको रुपमा रहेका एमालेका कार्यकर्ता आकर्षित हुँदैनन् भन्ने चिन्ता पनि देखिन्छ। किनकि, अहिले एकीकृत समाजवादीमा आउने धेरैजसो कार्यकर्ता एमालेकै हुनेछन्।

जबजका पुराना आलोचक खनालले एकीकृत समाजवादी पार्टीको भदौ ८ गते चन्द्रागिरिमा बसेको बैठकलाई सम्बोधन गर्दै जबजको युग सकिएको घोषणा गरे। दिल्लीबाट गरेको भर्चुअल सम्बोधनमा उनले भनेका थिए- 'हामीले जनवादी क्रान्ति पूरा गरिसक्यौं। अब जबजको युग सिद्धियो। अबको अवस्थामा जबज पुँजीवादी सिद्धान्त हो। त्यसलाई अनुशरण गर्न सकिन्न।'

खनालले आफूहरुले समाजवाद चाहने भन्दै अबको युग अनुसार बोल्न सिक्नुपर्ने बताए। 'युग अनुसारको कार्यक्रम हामीले निर्धारण गरेर जानसक्नुपर्छ। त्यही अनुसार हाम्रा दस्तावेजलाई अपडेट गर्ने काममा तपाईं हामी लाग्नुपर्छ', उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

सोही दिन बिहान चन्द्रागिरिमै नेपाल लाइभसँग कुरा गर्दै सो पार्टीका नेता बेदुराम भुसालले जबजलाई आफूहरुले थप विकास र परिमार्जन गर्ने बताए। 'हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुन्छ। हाम्रो संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी संगठन हुन्छ। जनताको बहुदलीय जनवादको मूलभूत मान्यताहरुलाई अवलम्बन गर्दै त्यसलाई थप विकास र परिमार्जन गर्दै हामीहरु अगाडि बढ्छौं', नेपाल लाइभसँगको कुराकानीमा उनले भने। 

यो पनि पढ्नुहोस्

चन्द्रागिरिमा वेदुराम भुसाललाई प्रश्न- तपाईंहरुको पार्टी एमालेभन्दा कसरी फरक हुन्छ? [अन्तर्वार्ता]मंगलबार, भदौ ८, २०७८

उनले जबज समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था भएको बेलामा आएकाले त्यसलाई रुपान्तरण गर्नका लागि अगाडि सारिएको विचार भएको बताए। 'त्यसले समाजवादसम्म पुग्नको लागि मार्गदर्शन गर्दैन। जबजले जनवादी क्रान्तिको बेलाको मार्गदर्शन गर्ने हो। समाजवादी क्रान्तिको मार्गदर्शनका लागि त्यतिले मात्रै पुग्दैन। त्यसैले त्यसलाई उन्नत रुपमा विकसित गरेर अगाडि बढाउन चाहन्छौं। जबजमा रहेका सैद्धान्तिक र दार्शनिक मान्यतालाई हामी अंगाल्छौं। यसका कार्यक्रमिक मान्यताहरुमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ। त्यो परिवर्तन र परिमार्जनको आवश्यकता छ। त्यो गरेर जान्छौं', उनले भने।

चन्द्रागिरिमै बैठक बसिरहेको बेला सार्वजनिक भएको सो पार्टीको घोषणा-पत्रमा भने अग्रजहरुको विचारको सिर्जनात्मक प्रयोग गर्ने भन्दै मध्यमार्गी धारणा प्रस्तुत छ। 'नेपालमा मार्क्सवादको प्रयोगको प्रयासका प्रारम्भकर्ता कमरेड पुष्पलालले नै मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गर्नुभएको थियो र जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो', घोषणापत्रको नवौं बुँदामा भनिएको छ, 'यो पार्टी अग्रजहरुले प्रस्तुत गर्नुभएको मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारमा दृढ छ। वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले पनि त्यही निर्देश गरेको छ।'

बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने अध्यक्ष माधवकुमार नेपालले जबजको पक्षमा दृढता व्यक्त गरे। उनले भने- 'यो पार्टी मार्क्सवाद र लेनिनवादप्रति समर्पित हुनेछ। जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्नेछ। समाजवादको नेपाली मोडेल कस्तो हुनेछ भन्ने सोच अगाडि सार्ने छ। र, समाजवादको यात्रामा दृढताका साथ निरन्तर रुपमा अगाडि बढिरहनेछ।'

नेपालले एमालेबाट विद्रोह गर्नुपर्नाको कारणमा पनि जबजको मूल्य मान्यतालाई जोडे। उनले भने- 'हामी जुन हिसाबले नयाँ यात्रामा अगाडि बढेका थियौं। यो हाम्रो बाध्यता हुन पुग्यो। केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, पार्टीमा मार्क्सवादी मूल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि, व्यक्तिवादमा चुर्लुम्म डुबिसकेपछि, व्यक्तिवादी अहंकारको घोडामा सवार भइसकेपछि, पार्टीलाई निजी कम्पनीको रुपमा ठानिसकेपछि, जनताको बहुदलीय जनवादको सबै मूल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि र क्रान्तिकारी योद्धालाई पार्टीबाट निष्कासन गरिसकेपछि त्यसका विरुद्धमा विद्रोह गर्नेबाहेक हामीसँग अरु कुनै विकल्प भएन।'
 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको व... बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् । बिहीबार, वैशाख २४, २०८३
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यस... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी बिहीबार, वैशाख २४, २०८३
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्