• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

चन्द्रागिरिमा वेदुराम भुसाललाई प्रश्न- तपाईंहरुको पार्टी एमालेभन्दा कसरी फरक हुन्छ? [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  १५:१२
1140x725

काठमाडौं- प्रस्तावित नेकपा एकीकृत समाजवादीको भेला चन्द्रागिरिमा जारी छ। भेलामा पार्टीको घोषणापत्र, विधान र नियमावलीमाथि छलफल गरिएको छ। भेलामा झण्डै १०० जना उपस्थित भएको सो पक्षको दाबी छ। निर्वाचन आयोगले बुधबार बोलाएको सनाखतका लागि चन्द्रागिरिबाट सीधै निर्वाचन आयोग जाने कार्यक्रम छ। चन्द्रागिरिमै रहेका एकीकृत समाजवादीका नेता वेदुराम भुसालसँग नेपाल लाइभका वीरेन्द्र ओलीले नयाँ पार्टी गठनको सन्दर्भ र यसका आगामी परिदृश्यका बारेमा कुराकानी गरेका छन्:

बैठकमा कति सांसद र केन्द्रीय सदस्य हुनुहुन्छ?
अहिले हामी सबै गरेर १०० जनाको हाराहारीमा छौं।

घनश्याम भुसाल, रघुजी पन्तलगायत पहिले तपाईंहरुसँगै रहनुभएका नेताहरुले हतारमा पार्टी विभाजन गरियो, सल्लाह गरिएन भन्नुभएको छ। त्यस्तै हो?
सल्लाह व्यापक रुपमा गरिएको हो। सल्लाह गरिएन भन्ने ठाउँ नै छैन। उहाँहरुले आफू सहमत नभएपछि भन्नलाई एउटा बाटो खोज्नुभएको मात्रै हो। तपाईंहरुलाई नै थाहा छ नि हामी लामो समयदेखि यो प्रक्रियामा थियौं। चैत ४ र ५ गतेदेखि आजसम्म यति लामो समय लिएर हामीले छलफल गरेका छौं। त्यसैले छलफल भएन, सल्लाह भएन भन्ने कुरा सही होइन।

मध्यमार्गी भनिएका ५७ जनाको समूह पछि यतै आए भने स्वीकार गरिन्छ?
त्यहाँ ५७ जना त हुँदै होइन। त्यो गलत तथ्यांक प्रयोग गरिएको छ। दोस्रो त्यहाँ गएका आधाभन्दा धेरै साथीहरु अहिले उहाँहरुसँग हुनुहुन्न। उहाँहरु त वार्ता गर्दा गलत गर्नुभयो, १० बुँदे पनि बेठीक गर्नुभयो भन्ने साथीहरु धेरै जानुभएको थियो।

दोस्रो, आउने साथीहरु सबैलाई हामी स्वागत गर्छौं। हाम्रो केही आग्रह वा पूर्वाग्रह छैन। सबैलाई हामी स्वागत गर्छौं। हामी आह्वान पनि गर्छौं। आज यहाँको बैठक दस्तावेजमाथि छलफल मात्रै गरेका छौं। भोलि सनाखत भइसकेपछि हाम्रो पार्टी दर्ता हुन्छ र हामीले प्रमाणपत्र पाउँछौं, त्यसपछि हामी आह्वान गर्छौं।

तपाईंका कतिपय नेताहरुले नारायणमान बिजुक्छे र केपी ओलीबाहेक सबैसँग ध्रुवीकरण गर्छौं भन्नुभएको छ। त्यो दिशातिर अघि बढ्नुभएको हो र?
त्यस्तो हामीले भनेका छैनौं। हामीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने भनेर त पहिल्यैदेखि राखेको उद्देश्य हो। नयाँ कुरा होइन। त्यो उद्देश्य लिएर अघि बढ्दा हामी विभिन्न कम्युनिस्ट र वामपन्थी शक्तिसँग सहकार्य गर्छौं। मुद्दा मिल्ने अरुसँग पनि सहकार्य गर्छौं। त्यसमा हामी प्रस्ट छौं। तर पार्टी एकता गर्ने कुरामा अहिले हामी हतारिन्नौं। हतारमा गरिएको पार्टी एकता नटिकेकोबाट हामीले राम्रो शिक्षा लिएका छौं।

त्यसो भए तत्काल कसैसँग एकता नगरी आफ्नै पार्टी मजबुत गराउने दिशातिर लाग्नुहुन्छ?
हो।

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्दा निकै सकस भयो, निर्वाचन आयोगमा धेरै नाम दर्ता गरिएको रहेछ भन्ने कुरा आएको छ। त्यस्तो हो?
केही नामहरु दर्ता भएका रहेछन्। जस्तो हामीले नेपाल कम्युनिस्ट पार्टी समाजवादी नै राख्न चाहेका थियौं। नेपाल कम्युनिस्ट पार्टी एमाले समाजवादी पनि भनेका थियौं। त्योचाहिँ अदालतको फैसलाले गर्दा पनि मिल्दैन भनेर निर्वाचन आयोगले भन्यो। तर, ब्राकेटमा राख्ने नाम खोज्दै जाँदाखेरी नेकपा (एकीकृत), नेकपा (लोकतान्त्रिक), नेकपा (समाजवादी), नेकपा (मार्क्सवादी) जस्ता धेरै पार्टी भेटिए।

Ncell 2
Ncell 2
nimb
nimb

भर्खरै दर्ता भएका?
केही भर्खरै दर्ता भएका थिए। केही पहिल्यैदेखिका थिए। त्यसैले गर्दा हाम्रो पार्टीको नाम अलि लामो भयो। एक शब्द बढी भयो।

नयाँ पार्टी दर्ता भइसकेपछि सरकारमा जाने प्राथमिकता के छ? कहिले जानुहुन्छ?
पार्टी दर्ता भइसकेपछि हामी केन्द्रीय कमिटीको बैठक बस्छौं। त्यहाँ छलफल गर्छौं, सरकारमा जाने वा नजाने, कसरी जाने जस्ता विषयमा छलफल गरेर निर्णय गर्छौं। अहिले त्यो विषयमा टुंगो नलागेको मात्रै होइन, छलफल नै गरेका छैनौं।

केपी ओली नेतृत्वको नेकपा एमालेभन्दा यो पार्टी के कारणले फरक हुन्छ?
एमालेभन्दा हाम्रो पार्टी तीन हिसाबले फरक हुनेछ। पहिलो, विचारमा यो पार्टी फरक हुनेछ। हामीले केपी ओलीले नेतृत्व लिनुभन्दा पहिलाको एमाले पार्टी जुन थियो, जुन विचार बोकेको थियो, नवौं महाधिवेशनबाट पारित विचार भन्छौं हामी, यो पार्टीले त्यो विचार बोक्नेछ।

दोस्रो, यो पार्टी विधि र पद्धतिमा चल्ने पार्टी हुनेछ। स्वेच्छाचारी र व्यक्तिवादी ढंगले चल्ने छैन।

Xtrem

Xtrem

तेस्रो, यो जनपक्षीय चरित्रको हुनेछ। यसको आचरण, यसको चरित्र जनपक्षीय हुनेछ। जुन २०५१ सालतिरको नेकपा एमालेमा थियो। त्यसमा हामी फर्काउन चाहन्छौं। त्यसैले हामीले भनेका छौं, एमालेको पुनर्गठन। त्यो भनेको संगठनको रुपमा होइन। संगठन त अहिले केपी ओलीकै नाममा भयो। हामीले एमालेको विचार, विधि पद्धति र आचरणलाई पुनर्गठन गर्न चाहन्छौं। त्यसलाई पुनःस्थापित गर्न चाहन्छौं।

हाम्रो पार्टी राष्ट्रवादी चरित्रको हुनेछ। लोकतान्त्रिक चरित्रको हुनेछ। जनपक्षीय चरित्रको हुनेछ। यो हिसाबले ओलीले नेतृत्व गरेको पार्टीभन्दा यो पार्टी फरक हुनेछ।

नेपालमा फुटेर जानेहरुको कल्याण भएको छैन। तपाईंहरुको पनि हुँदैन भन्नेहरु छन् नि?
फुटेर विकास गरेको दुई वटा उदाहरण दिन सकिन्छ। एउटा, पुष्पलाल समूहबाट विभाजित भएका सानासाना समूहहरु पुनर्गठित भएर नेकपा एमाले बनेको हो। एमाले सबैभन्दा ठूलो पार्टी भयो नि नेपालमा। त्यो फुटपछि नै निर्माण भएको हो। सुरुको सग्लो त होइन नि। दोस्रो, माओवादी आन्दोलन। शान्तिपूर्ण रुपमा एमालेले सबैभन्दा ठूलो शक्ति निर्माण गर्‍यो। सशस्त्र संघर्षको हिसाबले माओवादीले शक्ति निर्माण गर्‍यो। यो दुवै विभाजनपछि बनेका हुन्। त्यसैले विभाजनका नकारात्मक असर मात्रै छैनन्। सकारात्मक पक्ष पनि छन्।

विभाजनपछिका मुद्दा के हुन्छन्। कसरी पार्टी निर्माण गरिन्छ। कस्तो नीति, कस्तो सिद्धान्त लिएर पार्टी अगाडि बढ्छ। जनताले त्यसलाई समर्थन गर्छन् कि गर्दैनन्। त्यसमा भर पर्छ। त्यसैले विभाजन हुने र एकता हुने कुराले मात्रै भर गर्दैन। एकता भएर पनि विकास हुन नसकेका उदाहरण पनि छन्। त्यसैले यसलाई दुवै हिसाबले हेर्नुपर्ने हुन्छ।

तपाईंहरुले जबज छोड्ने कुरा पनि आइरहेको छ नि?
हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुन्छ। हाम्रो संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी संगठन हुन्छ। जनताको बहुदलीय जनवादको मूलभूत मान्यताहरुलाई अवलम्बन गर्दै त्यसलाई थप विकास र परिमार्जन गर्दै हामीहरु अगाडि बढ्छौं।

किनकि, जबज मुलुकमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा जुन समाज थियो। त्यो समाजलाई रुपान्तरण गर्नका लागि अगाडि सारिएको विचार हो। त्यसले समाजवादसम्म पुग्नको लागि मार्गदर्शन गर्दैन। जबजले जनवादी क्रान्तिको बेलाको मार्गदर्शन गर्ने हो। समाजवादी क्रान्तिको मार्गदर्शनका लागि त्यतिले मात्रै पुग्दैन। त्यसैले त्यसलाई उन्नत रुपमा विकसित गरेर अगाडि बढाउन चाहन्छौं। जबजमा रहेका सैद्धान्तिक र दार्शनिक मान्यतालाई हामी अँगाल्छौं। यसका कार्यक्रमिक मान्यताहरुमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ। त्यो परिवर्तन र परिमार्जनको आवश्यकता छ। त्यो गरेर जान्छौं।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्