काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीच हुन लागेको एलिमिनेटर खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुुरु हुने तालिका छ । आजको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतिस्पर्धाबाट बाहिरिनेछ ।
बिजेताले दोस्रो क्वालिफायरमा बुधबार धनगढी एफसीसँग खेल्ने छ । शनिबार भएको पहिलो क्वालिफायर खेलमा विजयी हुँदै ललितपुर सिटी एफसी लिगको फाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता ललितपुर सिटीले साविक उपविजेता धनगढीलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एनएसएलको उपाधि भिडन्त आगामी शनिबार हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।