• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बबरमहलको १२ रोपनी सरकारी जग्गा विवाद :  ४ वर्षपछि सुनुवाइ गर्दै सर्वोच्चले झिकायो मिसिल

64x64
नेपाल लाइभ बिहीबार, भदौ १०, २०७८  १८:३८
1140x725

काठमाडौं– बबरमहलको कुरियागाउँको १२ रोपनी सरकारी जग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश गरेको छ। 

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको बिहीबारको इजलासले ६ वर्षदेखि विचाराधीन मुद्दामा ४ वर्षपछि दोस्रो सुनुवाई गर्दै यस्तो आदेश गरेको हो। 

२०७१ साल असोज २८ गते भरत शमशेरले कुरियागाउँको १२ रोपनी  १२ आना २ पैसा जग्गा आफ्नो भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।  यो जग्गा व्यक्तिको हुने कि सरकारको भन्ने विवाद भने २०१७ सालदेखिको हो। 

२०१७ सालमा सरकारले गरेको जफतविरुद्ध २०७१ असोज २८ मा दायर भएको मुद्दा २०७८ सालमा सर्वोच्च अदालतमा फैसलाको मिति कुरेर बसिरहेको थियो। मुद्दा विचाराधीन रहेको लामो समयपछि सर्वोच्चले फैसलाका लागि आवश्यक मिसिलहरु उपलव्ध गराउन सरकारको नाममा आदेश गरेको हो। सर्वोच्चले तत्कालीन समयमा सरकारका नाममा ल्याउदाँको निर्णयदेखि अन्य निर्णयको फाइल पेस गर्न भनेको छ। 

भरतशमशेर राणाका तर्फबाट दायर भएको यो मुद्दा उनको मृत्यु भएको २ वर्ष भइसक्दा पनि किनारा लाग्न सकेको छैन। भरत शमशेरको मृत्युपछि उनका परिवार अदालतमा मुद्दा धाइरहेका छन् । 

जग्गा विवाद: २०१७ सालदेखि २०७७ सम्म  
२०१७ सालमा सरकारले जफत गर्दादेखि नै यो मुद्दा सरकारको हुने कि व्यक्तिको भन्ने विषयमा विववाद सुरु भएको थियो। पछिल्लो पटक २०७१ असोज २८ गते यो जग्गासम्बन्धी विवाद सर्वोच्च अदालतमा प्रवेस भएको थियो। यो विवाद मालपोत कार्यालय, जिल्ला अदालत र उच्च हुँदै सर्वोच्च पुगेको हो। 

२०५८ सालमा टुङ्गो लागेको उक्त मुद्दा फेरि २०७१ सालमा सर्वोच्चमा सुरु भएको हो। २०५१ सालमा राणा परिवारले उक्त जग्गाको क्षतिपूर्ति नलिने भन्दै जग्गा नै पाउनुपर्ने दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए। 

रिटमा सर्वोच्चले मालपोत कार्यालयले निर्णय गर्नुपर्ने फैसला सुनाएको थियो। तर, मालपोत कार्यालयले निर्णय नगरेपछि पटक–पटक मन्त्रिपरिषद्‌मा निर्णयका लागि पेस भएर क्षतिपूर्तिको निर्णय भएको थियो। २०५८ सालमा घर जग्गाको भाउ आकासियो। अनि, राणा परिवारले यो मुद्दालाई जोडदार रुपमा सर्वोच्चमा उठाए।

nimb
nimb
Ncell 2
Ncell 2

तत्कालीन सरकारले २०१७ सालमा प्रजातन्त्रका पक्षमा सक्रिय सहभागी भएको कारण देखाउँदै २०१८ चैत १० गते राजपत्रमा सूचना प्रकाशित गरेर आफ्नो सम्पत्ति जफत भएको राणा परिवारको दाबी छ।

प्रजातन्त्र पुनःस्थापनापछि २०४७ सालमा तीन पटक उक्त जग्गाका बारेमा सरकारले निर्णय गरेको थियो। हाल सरकारी कार्यालय रहेको उक्त जग्गाको बारेमा २०४७ जेठ १४, २०४७ साउन ७ र २०४७ भदौ ३ मा सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

सवोच्च अदालतले २०५३ र २०५८ सालमा सम्पत्ति फिर्ता वा जग्गाधनीलाई क्षतिपूर्ति दिनू भन्ने आदेश गरेको थियो। तर, राणा परिवारले जग्गाको साटो अरु नलिने भनेपछि विवाद कायमै रहेको राणा पक्षले सर्वोच्चमा दायर गरेको रिटमा उल्लेख गरिएको छ।  

कुरियागाउँको २५३ रोपनी जग्गामध्ये भरत शमशेरको भागको घर र जग्गा (१२ रोपनी १२ आना २ पैसा)मा अरनिको राजमार्गसमेत जोडिएको छ। उक्त जग्गाको मूल्य प्रतिरोपनी आठ लाख रुपैयाँ कायम गरी राणा सहमत भए उपलब्ध गराउनू भनि तत्कालीन गृहमन्त्री वामदेव गौतमले २०६२ असार २१ गते गृह मन्त्रालयमा निर्णय गराएका थिए।

नेपाल बैंक लिमिटेडको ४३ कित्ता शेयर  र विराटनगर जुट मिलको १८१ कित्ता शेयर उनको नाममा नामसारी गर्ने र जफत भएको जग्गा बापतको क्षतिपूर्ति दिने भनि २०६६ वैशाख ३ गते अर्को निर्णय गृह मन्त्रालयले गरेको थियो। 

सरकारको निर्णयपछि तत्कालीन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री वामदेव गौतमविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो। उक्त मुद्दा २०६६ फागुन १३ गते फैसला हुँदै तामेलीमा पठाइएको थियो। 

सरकारले उनलाई क्षतिपूर्ति लिन बोलाएको भन्दै सर्वोच्चले मुद्दा तामेलीमा राखेको थियो। तर, भरतशमशेरका तर्फबाट सर्वोच्चमा जग्गा पाउनुपर्ने भन्दै २०७१ सालमा नयाँ मुद्दा दायर भएपछि सोही मुद्दा पछिल्ला दिनहरूमा पेसी चढिरहेको थियो।

यो पनि पढ्नुहोस्

बबरमहलको १२ रोपनी जग्गामा व्यक्तिको दाबी, पेशी चढ्न थालेपछि ‘इजलास सेटिङ’को दाउमा विचौलिया बुधबार, चैत ११, २०७७

 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपसभामुख ठाकुरले लिइन् शपथ
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने
सम्बन्धित सामग्री
उपसभामुख ठाकुरले लिइन् शपथ शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच ठाकुरले शपथ लिएकी हुन् । शुक्रबार, चैत २७, २०८२
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला कुल १६ सदस्यीय मन्त्रिपरिषदमा छ जना महिला मन्त्री नियुक्त भएका हुन्। यसले ३७ दशमलव पाँच अर्थात करिब ४०० प्रतिशत प्रतिनिधित्व कायम गर... शुक्रबार, चैत २७, २०८२
संसदीय सुनुवाइ समिति गठन शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सदनले अनुमोदन गरेको हो। शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित ः राष्ट्रसङ्घ शुक्रबार, चैत २७, २०८२
उपसभामुख ठाकुरले लिइन् शपथ शुक्रबार, चैत २७, २०८२
सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला शुक्रबार, चैत २७, २०८२
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने शुक्रबार, चैत २७, २०८२
संसदीय सुनुवाइ समिति गठन शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न सांसदलाई रवि लामिछानेको आग्रह शुक्रबार, चैत २७, २०८२
रास्वपा संसदीय दलको बैठक : उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय पारित शुक्रबार, चैत २७, २०८२
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्