• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बबरमहलको १२ रोपनी जग्गामा व्यक्तिको दाबी, पेशी चढ्न थालेपछि ‘इजलास सेटिङ’को दाउमा विचौलिया 

जग्गा भरत शमशेरको कि सरकारको?
64x64
दुर्गा दुलाल बुधबार, चैत ११, २०७७  ०८:५५
1140x725

काठमाडाैं- काठमाडौंको सार्वजनिक जग्गा विवादमा सबैभन्दा धेरै चर्चित नाम हो, ललिता निवास जग्गा घोटाला प्रकरण। प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीशको निवास रहेको र नेपाल राष्ट्र बैंक जस्ता महत्वपूर्ण सरकारी निकाय रहेको छेउको सरकारी जग्गा विचौलियाहरूसँगको मिलेमतोमा व्यक्तिको नाममा पारेको सार्वजनिक भएपछि यसले धेरै चर्चा पायो। 

अहिले यो विवाद विशेष अदालतमा विचाराधीन छ। एक पूर्वउपप्रधानमन्त्री, चार पूर्वमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो। ११३ रोपनी जग्गा व्यक्तिको बनाएको अभियोगमा अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, छविराज पन्त र अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

तीमध्ये ११० जनालाई भ्रष्टाचारको कसूर र ६५ जनालाई जग्गा जफत गर्ने भन्दै प्रतिवादी बनाइएको थियो। यो प्रसंग सेलाउन नपाउँदै सर्वोच्च अदालतमा विचाराधीन जग्गा सम्बन्धी अर्को मुद्दामा ‘सेटिङ’ हुन लागेको चर्चा चलेको छ। यो जग्गा हो, सिंहदरबारसँगै जोडिएको बबरमहलको कुरियागाउँको। जहाँ १२ रोपनी १२ आना २ पैसा जग्गा छ। यो जग्गा व्यक्तिको हुने कि सरकारको भन्ने रिट निवेदन ६ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। 

सोही मुद्दा आइतबार सुनुवाइका लागि पेशी चढेपनि अदालतका तर्फबाट स्थगितको सूचीमा प्रकाशित गरियो। २०१७ सालमा सरकारले गरेको जफतविरुद्ध २०७१ असोज २८ मा दायर भएको मुद्दा २०७७ सालमा सर्वोच्च अदालतमा फैसलाको मिति कुरेर बसेको छ। भरतशमशेर राणाका तर्फबाट दायर भएको यो मुद्दा उनी बितेको २ वर्ष भइसक्दा पनि फैसला हुन सकेको छैन। २ वर्षपछि फैसलाका लागि उनका परिवार अदालत धाइरहेका छन् भने विचौलियाहरू पनि ‘सेटिङ’मा लागेको चर्चा न्यायिकवृत्तमा सुरु भएको छ। मुद्दा फैसलाका लागि सबै विवरण पुगेकाले यस्तो चर्चा सुरु भएको देखिन्छ। 

जग्गा विवाद : २०१७ सालदेखि २०७७ सम्म  
यो जग्गाको विवाद ५९ वर्षअघि सुरु भएको हो। यो मुद्दा पछिल्लो पटक २०७१ असोज २८ गते सर्वोच्च अदालतमा प्रवेश भएको थियो। यो विवाद मालपोत कार्यालय, जिल्ला अदालत र उच्च हुदै सर्वोच्च पुगेको हो। २०५८ सालमा टुङ्गो लागेको उक्त मुद्दा फेरि २०७१ सालमा सर्वोच्चमा सुरु भएको हो। २०५१ सालमा राणा परिवारले उक्त जग्गाको क्षतिपुर्ति नलिने भन्दै जग्गा नै पाउनुपर्ने दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा सर्वोच्चले मालपोत कार्यालयले निर्णय गर्नुपर्ने फैसला सुनाएको थियो। तर, मालपोत कार्यालयले निर्णय नगरेपछि पटक–पटक मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएर क्षतिपुर्तिको निर्णय भएको थियो। २०५८ सालमा घर जग्गाको भाउ आकाशियो। अनि, राणा परिवारले यो मुद्दालाई जोडदार रुपमा सर्वोच्चमा उठाए।

तत्कालीन सरकारले २०१७ सालमा प्रजातन्त्रका पक्षमा सक्रिय सहभागी भएको कारण देखाउँदै २०१८ चैत १० गते राजपत्रमा सूचना प्रकाशित गरेर आफ्नो सम्पत्ति जफत भएको राणा परिवारको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रजातन्त्र पुनःस्थापनापछि २०४७ सालमा तीन पटक उक्त जग्गाका बारेमा सरकारले निर्णय गरेको थियो। हाल सरकारी कार्यालय रहेको उक्त जग्गाको बारेमा २०४७ जेठ १४, २०४७ साउन ७ र २०४७ भदौ ३ मा सरकारले क्षतिपुर्ति दिने निर्णय गरेको थियो।

सर्वाेच्च अदालतले २०५३ र २०५८ सालमा सम्पत्ति फिर्ता वा जग्गाधनीलाई क्षतिपुर्ति दिनू भने आदेश गरेको थियो। तर, राणा परिवारले जग्गाको साटो अरु नलिने भनेपछि विवाद कायमै रहेको राणा पक्षले सर्वोच्चमा दायर गरेको रिटमा दाबी गरिएको  छ।  

कुरियागाउँको २५३ रोपनी जग्गामध्ये भरत शमशेरको भागको घर र जग्गा (१२ रोपनी १२ आना २ पैसा)मा अरनिको राजमार्गसमेत जोडिएको छ। उक्त जग्गाको मूल्य प्रतिरोपनी आठ लाख रुपैयाँ कायम गरी राणा सहमत भए उपलब्ध गराउनू भनि तत्कालीन गृहमन्त्री वामदेव गौतमले २०६२ असार २१ गते गृह मन्त्रालयमा निर्णय गराएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल बैंक लिमिटेडको ४३ कित्ता शेयर  र विराटनगर जुट मिलको १८१ कित्ता शेयर उनको नाममा नामसारी गर्ने र जफत भएको जग्गा बापतको क्षतिपुर्ति दिने भनि २०६६ वैशाख ३ गते अर्को निर्णय गृह मन्त्रालयले गरेको थियो। सरकारको निर्णयपछि तत्कालीन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री वामदेव गौतमविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो। उक्त मुद्दा २०६६ फागुन १३ गते फैसला हुँदै तामेलीमा पठाइएको थियो। 

सरकारले उनलाई क्षतिपुर्ति लिन बोलाएको भन्दै सर्वोच्चले तामेलीमा राखेको थियो। तर, भरतशमशेरका तर्फबाट सर्वोच्चमा जग्गा पाउनुपर्ने भन्दै २०७१ सालमा नयाँ मुद्दा दायर भएपछि सोही मुद्दा पछिल्ला दिनहरूमा पेशी चढिरहेको छ। 

२२ पटक पेशीमा, एक पकटमात्र  सुनुवाइ 
यो मुद्दा हालसम्म २२औं पटक पेशी चढेको छ। आइतबारको पेशी अदालतले नै स्थगित गरेपछि यसको अर्को सुनुवाइ कम्तिमा १५ दिन धकेलिएको छ। फैसलामा लागि अंग पुगेको यो मुद्दा हालसम्म एक पटकमात्र सुनुवाइ भएको छ। २०७४ असार ५ गते न्यायाधीशद्वय केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको इजलासले प्रत्यार्थी झिकाउने आदेश गरेको थियो। त्यसपछि सातपटक तोकिएको पेशीमा हेर्न नमिल्ने र नभ्याउने हुँदै सुनुवाइ सर्दै आएको छ। 

न्यायाधीशद्वय हरिकृष्ण कार्की र हरि फुयालको इजलासमा परेको पेशी हेर्न नमिल्ने हुँदै स्थगित भएको थियो। फुयाल यो विवादको कानुन व्यवसायी समेत भएर वकालत गरेका कारण यो विवाद हेर्न नमिल्ने भएको थियो। पछिल्लो पटक २०७७ मंसिर १० गते मुद्दाको पेशी तोकिएको थियो। न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासमा परेको पेशी हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो। यो मुद्दाले हालसम्म १८ न्यायाधीशको इजलास पार गरेको  छ। 

विचौलियाको चलखेल 
यो जग्गा विवादमा सरकारको विपक्षमा फैसला गराउन विचौलियाहरूले चलखेल गरिरहेको सरकारी वकिल कार्यालय स्रोतको दाबी छ। सिंहदरबार अगाडिको १२ रोपनी जग्गा नै दिनुपर्ने फैसला गराउन सकेमा अर्बौंको आम्दानी हुने खेलका साथ ‘सेटिङ’को प्रयास भइरहेको दाबी उनीहरूको छ। 

यदि, सर्वोच्चले जग्गा नै दिनु भनि फैसला सुनाएमा पुरानो जिल्ला अदालतदेखि सडक विभाग हुँदै मौसम विभागसम्मको स्थानको भवन र जग्गा व्यक्तिको भोगाधिकारमा जाने भएकाले यसमा चलखेल भइरहेको एक सरकारी वकिलले बताए। आफू अनुकुल इजलासमा पेशी पारेर राणाको पक्षमा फैसला गराउने उनीहरूको प्रयास रहेको बताइन्छ। सर्वोच्चमा चढेको हरेक पेशीमा पालो नआउँदा अनुकुल इजलासको पर्खाइमा विचौलिया रहेको सरकारी पक्षको दाबी छ। 

को हुन् भरतशमशेर?
भरतशमशेर २०१७ सालमा आन्दोलनमा हिँडेका थिए। २०१५ सालको आमनिर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टी बन्यो। गोर्खा परिषद् सदनमा प्रतिपक्षी दलको रुपमा थियो। राणा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पहिलो संसद्मा सहभागी भएका  थिए। 

उनी राणा प्रधानमन्त्री चन्द्र शमशेरका पनाति र मृगेन्द्र शमशेर राणाका छोरा हुन्। सुरुवाती चरणमा गोर्खा परिषद् नेपाली कांग्रेसका विरुद्धमा प्रयोग भएपनि राजा महेन्द्रको 'कू' पछि कांग्रेसमा पार्टीलाई विलय गराएर संघर्ष गरेको थियो।

राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाल्दै 'कू' गरेपछि भरतशमशेरले कांग्रेससँग विनाशर्त एकता गरेका थिए। नेपाली कांग्रेसमा राजालाई सहयोग गर्ने आवाज उठ्दा उनले त्यसको विरोध गरेका थिए। उनले पञ्चायतकालमा राजद्रोहको मुद्दा खेपेका थिए। 

नेपाली कांग्रेस र गोरखा दलबीच सन् १९५३ मा भएको झडपपछि सरकारले भरतशमशेरलाई गिरफ्तार गरेको थियो। सन् १९५१ मा बीपी कोइरालामाथि आक्रमणको घटनापछि सरकारले गोर्खा दलमाथि प्रतिबन्ध लगाएको थियो। 

प्रतिबन्धित गोर्खा दल सन् १९५२ मा गोर्खा परिषद्का नामबाट पुनर्गठन भएको थियो। पुनर्गठित दलले २०१५ सालको आम निर्वाचनमा भाग लिएर दोस्रो दल बन्दै प्रमुख प्रतिपक्षी दल भएको थियो। भरतशमशेर आफैं धादिङबाट निर्वाचन लडेर विजयी हुदै संसद प्रवेश गरेका थिए। 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्