जनकपुर– प्रदेश २ को सरकारले घरेलु हिंसा, छेडखानी एवं बलात्कारजस्ता अपराधलाई दुरुत्साहित गर्न कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्ने भएको छ।
'यसका लागि हेलो सिएम टोल फ्री नम्बर उपल्बध गराइनेछ', प्रदेशसभामा बिहीबार प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रस्तुत गरेको २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले एकल महिलालाई आवश्यक व्यवसाय सत्र्चालन गर्न एकल महिला सुरक्षा कोषको स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
'महिलाको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सुरक्षित मातृत्व कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ', नीति तथा कार्यक्रममा भनिएको छ, 'साथैं गुणस्तरीय प्रसूति सेवा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गरी प्रत्येक गाउँमा बर्थिङ सेन्टर स्थापना गरिनेछ।'
'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ' अभियानलाई अझ सशक्त ढंगले अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। निम्न आय भएका परिवारमा जन्मिने छोरीको पढाइमा निरन्तरतालाई कायम राख्न शिक्षा बीमा गरिने नीति तथा कार्यक्रममा बताइएको छ।
'डोम, मुसहर, चमार, दुसाध र हलखोर जातिका बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने दरलाई अभिवृद्धि गर्न दलित शिक्षा अभियान सञ्चालन गरिनेछ', नीति तथा कार्यक्रममा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।