काठमाडौं– आसन्न महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोल्न लागेका छन्।
महाधिवेशनको तयारीका लागि निधिले शुक्रबारदेखि कार्यालय सञ्चालनमा ल्याउन लागेका हुन्। उनले बानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय सञ्चालन गर्दै छन्।
यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्भने सभापतिमा दाबी गर्ने कृष्णप्रसाद सिटौलाले बत्तिसपुतली र शेखर कोइरालाले बालुवाटारमा कार्यालय सञ्चालन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।